म्याग्दीमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो
०९ जेष्ठ २०७८
•
२ मिनेट पाठ
म्याग्दीमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो
म्याग्दीमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञाको अवधि तेस्रो पटक थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आइतबार बसेको बैठकले जिल्लाभित्र लागु हुने गरी जेठ १७ गतेसम्मलाई लम्बाइएको छ। 




गएको वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म जारी गरिएकोमा जिल्लामा कोरोना संक्रमतिको संख्या दैनिकजसो ह्वात्तै बढेपछि कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) थपिएको प्रजिअ गणेशबहादुर अधिकारीले बताए। ‘संक्रमणको जोखिम टरेको छैन्, यो अवस्थामा हामी  पुरानै मोडेललाई निरन्तरता दिएका छौ’, प्रजिअ अधिकारीले भने।

आइतबार स्थानीय तहका प्रमुख सहित सुरक्षा समितिका प्रतिनिधि सहितको बैठकमा स्थानीय तहमा परीक्षणलाई तीव्रता दिइएको अवस्थामा तत्काल खुकुलो बनाउने अवस्था नभएको प्रजिअ अधिकारीको भनाई छ। ‘खाद्यान्न ढुवानीमा केही समस्या भएको बुझिएको छ, निजी क्षेत्रसँग समन्वय गरी सहज वातावरण बनाउँछौ, कुनै आपत्कालिन समस्या भएमा प्रशासनमा सम्पर्क गर्नुहोला’ प्रजिअ अधिकारीले भने। भाइरसको चेन ब्रेकका लागि अहिलै नै खुकुलो बनाउँदा अवस्था झन भयावह हुने समेत प्रजिअ अधिकारीको तर्क छ। गाउँगाउँमा संक्रमित थपिदै गरेको अवस्थामा अहिले नै खुल्ला गर्दा अवस्था नियन्त्रण भन्दा बाहिर पनि जानसक्ने भएकाले म्याग्देली  नागरिकलाई खुकुलो नहुदाँसम्म नियमको पालना गर्न समेत प्रशासनले अपिल गरेको छ।  

निषेधाज्ञामा निश्चित समयका लागि खोल्न दिईएका अत्यावश्यक बाहेकका पसलहरु समेत खोल्न रोक लगाईने भएको छ। बिरामी बोक्ने बाहेकको अन्य कार्यमा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाउने, पूर्व निर्धारित विवाहमा घरपरिवार मात्रै सहभागी हुन पाउने, मृत्यु संस्कारका कार्यहरुमा जनस्वास्थ्यका मापदण्डको पालना गरि न्यूनतम मानिसहरु मात्रै सहभागी भएर सम्पन्न गर्न आग्रह गर्ने निर्णय गरिएको छ। 

निषेधाज्ञा अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधि उपचार, लगायतका अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन र हिँडडुल नगर्न अपिल गरेको छ।
अर्को समाचार
म्याग्दीमा एक साताका लागि थपियो निषेधाज्ञा
३१ जेष्ठ २०७८
•
१ मिनेट पाठ
म्याग्दीमा एक साताका लागि थपियो निषेधाज्ञा
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै म्याग्दीमा निषेधाज्ञा एकसाताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकमा सहभागीले कोरोना संक्रमणको जोखिम कायमै रहेपनि विभिन्न क्षेत्र सर्तसहित खुला रहने गरि निषेधाज्ञा लम्ब्याइएको हो ।  




प्रमु्ख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको डिसिसिएमसीको भर्चुअल बैठकबाट बैक तथा वित्तीय संस्थालाई १० देखि २ बजेसम्म मात्र सञ्चालन हुने, विकास निर्माणका गतिविधि समेत ठप्प भएकाले हार्डवेयर पसल र विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

नयाँ शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो विद्यालयले गर्न थालेपछि पुस्तक ढुवानीलाई समेत सहज हुने गरी पुस्तक पसललाई खोल्न दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिमा तरकारी, खाद्यान्न, बिउबिजन, कृषि औजार, निर्माण सामाग्रीका पसलहरु बिहान ५ बजे देखि ११ बजेसम्म खुल्ला रहने छ ।  

अत्यावश्यक सेवाका लागी यसपटक एकघण्टा थप गरिएको छ । डिसिसिएमसीको बैठकले निर्णय गरेका बाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गरिएको छ । शैक्षिक संस्था, सार्वजनिक सवारी साधन सञ्चालनमा अर्को निर्णय नभएसम्मका लागि रोक लगाइएको छ । बैठकमा सहभागीले जनप्रतिनिधि सहितको सरोकारवाला  निकायका प्रतिनिधिले यसअगाडी लागु भएको नियमलाई केही खुकुलो बनाएर निषेधाज्ञा थप्न सुझाव दिएका थिए । वित्तीय संस्था र भिडभाड हुने क्षेत्र खुलेसँगै बजारमा चहलपहल बढ्ने भएकोले सतर्क भने हुनुपर्ने प्रजिअ अधिकारीले बताए । म्याग्दीस्मा बैशाख २३ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस