तौलिहवा–जितपुर सडक खण्ड अन्तर्गत चाउ चाउ उद्योग नजिक माओवादी केन्द्र जिल्ला नेता दीपक पाण्डेसहित २ जनामाथि गोली प्रहार गरिएको घटनाका दुई अभियुक्त पक्राउ परेका छन्। तीन जना सवार भई मोटरसाईकलमा आएका अज्ञात समूहले गत जेठ ५ गते ११ बजे राति उनीहरुमाथि गोली प्रहार गरी फरार भएका थिए।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय ओमप्रकाश यादव, नगरपालिका वडा नम्बर २ सागरटोलका ३३ वर्षीय साकिर अलि पखिया रहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। घटनामा संलग्न रहेका एक अभियुक्त भने फरार भएको उनले बताए। जलैहिया खोलाबाट तौलिहवा तर्फ लु ९ प ८५२१ नम्बरको एउटै मोटरसाईकलमा घाइते दिपक पाण्डे, भारतीय नागरिक ईयाज अख्तर मुसलमान र मोहोम्द ईसाद खा आउँदै गर्दा उनीहरुमाथि गोली प्रहार भएको हो। पेटमा २ वटा गोली लागेको दिपक पाण्डेय गंभीर घाइते भएका छन्।
उनको युनिभर्सल मेडिकल कलेज भैरहवा स्थित सघन कक्षमा उपचार भईरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। घाइते पाण्डेय अचेत छन्। एउटा गोली लागेका अर्का घाइते साकिर अलि पखिया भने खतरामुक्त छन्। अभियुक्त ओमप्रकाश यादव र घाइते दिपक पाण्डेबीच लामो समयदेखि ब्यक्तिगत रिसिइवी रहँदै आएको थियो। अभियुक्त यादवको योजना अनुसार नै घटना भएको प्रहरी उपरीक्षक अधिकारीले बताए। लु १६ प ३४९७ नंवरको आफ्नै मोटरसाईकलमा ओमप्रकाश यादव, सकीर अली र अर्का एक अभियुक्तले दिपक पाण्डेको पिछा गर्दै गोली प्रहार गरेका थिए।
घटनामा ७.६५ एमएम लेखिएको जंगी राउण्ड थान–१ र खोका थान–१, मोबाईल थान २ र लु १६ प ३४९७ नंवरको २२० सिसीको पल्सर मोटरसाईल बरामद गरिएको छ। पेस्तोलबाट ३ वटा गोली प्रहार भएको थियो। पेस्तोल भने बरामद भएको छैन। पक्राउ गरिएको ओम प्रकाश नै घटनको मुख्य अभियुक्त भएको प्रहरी उपरीक्षक अधिकारीले बताए। ६ घन्टा लामो सोधपुछपछि ओम प्रकाशले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको उनले बताए।
‘घटना भएको २४ घन्टाभित्रै हामीले घटनाका अभियुक्त पक्राउ गर्न सफल भयौ,’ उनले भने। घटनाको थप अनुसन्धान तथा पक्राउ गरिएको अभियुक्तलाई अदालतबाट म्याद थपि कारबाही प्रकृया अघि बढाइएको प्रहरी उपरीक्ष अधिकारीले बताए।