नुभिव उप्रेतीको आत्महत्या नभई हत्याः प्रहरी
०५ जेष्ठ २०७८
•
४ मिनेट पाठ
नुभिव उप्रेतीको आत्महत्या नभई हत्याः प्रहरी
गत वैशाख ४ गते विहान एक किशोरको शव फेवातालमा तैरिरहेको अवस्थामा फेला प¥यो । नेपाली सेनाको टोलीले भेट्टाएको सो शव बारा निजगढ स्थायी घर भई ललितपुर खुमलटार बस्ने १८ वर्षीय नुभिव उप्रेतीको थियो ।  




तालमा तैरिएको अवस्थामा फेला शव परेकाले प्रहरीले त्यसलाई मसिनो गरी अनुसन्धान गरेन । परिवारसँग सम्पर्क गरेपछि किशोरले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकाल्यो । सोहि निष्कर्षका आधारमा प्रहरीले पत्रकारलाई ती युवाको आत्महत्याको सुचना सम्प्रेषण ग¥यो ।

तर प्रहरीले अहिले भने त्यो घटनाको फरक निष्कर्ष निकालेको छ । एकमहिना अघि युवाले आत्महत्या गरेको भनेको प्रहरी अहिले आएर त्यो आत्महत्या नभई हत्या भएको निष्कर्षमा पुगेको हो । सुरुमा आत्महत्या भनेको प्रहरी अहिले आएर कसरी हत्या भएको निष्कर्षमा पुग्यो ? त्यो थाहा पाउन एकमहिना अघिको घटनातर्फ फर्कनुपर्छ ।

सेन्ट जेभियर्स स्कुलबाट प्लस टु गरेका नुभिव सिटिजन कलेज कुमारीपाटीमा आईटीको बिसिए कोर्ष गरिरहेका थिए । बैशाख ३ गते विहान उनलाई बुबाले कलेज छाडेका थिए । कलेज गएका नुभिव बेलुका घरमा फर्केनन् । उनको खोजीका लागि परिवार भौतारियो । मोवाइल स्वीचअफ थियो । उनकी आमा भीमा मैनालीले छोरालाई कहाँ छौ तिमी ? हामी तिमीलाई खोजी गरिरहेका छौं भनेर म्यासेज गरिन् । त्यसको दुईघण्टापछि छोराले भीमालाई म्यासेज गरे, ‘म अहिले बोल्न नमिल्ने ठाउँमा छु, मेरो मोवाइलको पासवर्ड..... हो भनेर’ पठाए । त्यसको भोलिपल्ट नुभिवको शव फेवातालमा भेटियो ।

छोराको शव भेटिएको भनेर प्रहरीले खबर गरेपछि भीमा र उनको परिवार पोखरा आयो । पोखरामा आएर छोराको अनुहार हेरेर मात्र शव बुझ्न खोज्दा प्रहरीले पहिले शव बुझ्ने कागजमा हस्ताक्षर गर्न भन्यो । परिवारले पनि कुनै अब्जेक्सन नगरी हस्ताक्षर ग¥यो । तर जब शव बुझे उनीहरु झसंग भए । किनकी छोराको अनुहारदेखि शरिरका विभिन्न भाग र गुप्ताङ्गमासमेत चोटैचोट थियो । भीमाले त्यतिबेलै जाहेरी दिन खोजिन् तर आफन्तले शव व्यवस्थापन गर्न अत्याउँदा त्यसै काठमाडौं फर्किइन । यो बीचमा प्रहरीले खासै अनुसन्धान अगाडि बढाएन ।

तर छोराको मृत्युको पीडामा रहेकी भीमाको मन कहाँ मान्थ्यो र ? उनले घटनाको सोधखोज गरिरहेकी थिईन् । यहि बीचमा उनले पोखरा आएर लिखित जाहेरी दिन खोजिन् । तर बैदाम प्रहरीले उनको किटानी जाहेरी लिन मानेन । भीमाको मन के मान्थ्यो र ? उनले जिल्ला प्रहरी कार्यालय कास्की कार्यालयमा आएर प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठलाई हारगुहार गरिन् । प्रहरीले उनको जाहेरी लियो । त्यसलगत्तै प्रहरीले अनुसन्धान अगाडि बढाईरहेको थियो ।  

त्यहीबीचमा भीमाले आफ्नो छोरालाई ३ युवा मिलेर कुटपीट गरिरहेको भिडियो रहेको पत्ता लगाइन् । लगत्तै प्रहरीलाई जानकारी गराईन् । नभन्दै प्रहरीले लेकसाईडको १३ नम्बर स्ट्रिटमा मृतक किशोर नुभिवलाई कुटपिट गर्दै गरेको भिडियो भेटियो । त्यसपछि मात्र प्रहरीले घट्नालाई शुक्ष्म अनुसन्धान गर्दै हत्यामा संलग्नलाई नियन्त्रणमा लियो ।  

पक्राउ पर्नेमा खोटाङ, ऐंसेलुखर्क गाउँपालिका–२ घर भई कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने १८ वर्षीय आशिष राई, स्याङ्जा फेदीखोला–२ घर भई घारीपाटन नै बस्ने १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी ६ घर भई घारीपाटन बस्ने १९ वर्षका बासुदेव गुरुङ रहेका छन । लेकसाइडको स्ट्रिट नं. १३ चोकमा यी ३ जना मिलेर नुभिवलाई मरणासन्न हुने गरी कुटपिट गरिएको सिसिटिभी फुटेजमा देखिएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका तीनैजनाले कुटपीट गरेको स्वीकारिसकेका छन् । प्रहरीले पक्राउ गरेका ३ जना हत्यामा संलग्न रहेको निष्कर्ष निकालेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए । आरोपितले घट्ना स्वीकारिसकेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले सबै खोल्न मिल्दैन, तर प्रहरी अनुसन्धानको निष्कर्ष उनीहरुले नै हत्या गरेको हो भन्ने छ ।’

तर उनले शुरुमा घट्नाको अनुसन्धानमा प्रहरी चुक्यो भन्ने कुरा सहि नभएको बताए । मृतककी आमा स्वयंले छोराले आत्महत्या गर्छु भन्दै म्यासेज पठाएको भनेर जानकारी गराउनुका साथै शव बुझ्दा दिएको निवेदनमा समेत उल्लेख भएकाले शुक्ष्म अनुसन्धान नगरिएको बताए ।  हत्या अभियोग लगाइएका ३ जनालाई सोमबार अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि पठाउने तयारी भएपनि अन्तिम समयमा आएर रोकिएको छ । ‘अनुसन्धान पूरा भएको छ, अब १÷२ दिनमा अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि पठाउँछौं,’ डिएसपी हमालले भने ।

प्रहरीका अनुसार मिसिल तयार गरी आइतबार सरकारी वकिलको कार्यालयमा पेश भएको र त्यसपछि अदालती प्रक्रियामा गएको छ । दुईतीन दिनभित्रै बहस सुरु हुने जनाइएको छ । मृतककी आमा भिमा पोखरा आएर वैशाख २४ गते नै तीन जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । र, कानुननुसार कारबाही प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ । 
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस