सुदूरमा कोरोना कहरः दीर्घरोगले मृत्यु नजिक, २७ दिनमा २२७ को मृत्यु
२७ वैशाख २०७८
•
३ मिनेट पाठ
सुदूरमा कोरोना कहरः दीर्घरोगले मृत्यु नजिक, २७ दिनमा २२७ को मृत्यु
नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा हालसम्म २ सय २७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश दीर्घरोगी रहेका छन् । कोरोना संक्रमित भएपछि श्वास प्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका मध्ये अधिकांशलाई दीर्घ रोग देखिएको बताइएको छ ।




वैशाख ४ गते यता अछाममा मृत्यु भएका ७ जना कोरोना संक्रमित मध्ये अधिकांशलाई दीर्घरोग थियो । दीर्घ रोगीको कोरोना संक्रमणका कारण मृत्यु भएको अछामका कोभिड फोकल पर्सन मीनबहादुर कुँवरले बताए । उनले भने,‘कोरोना संक्रमणका कारण मृत्यु भएका अधिकांश विरामीलाई दीर्घ रोग थियो ।’ केहीलाई प्रेसर र केहीलाई सुगरको बिरामी अगाडिदेखि नै रहेको बताउँदै उनले भने,‘मृत्यु भएका मध्ये केही बिरामी दीर्घ रोगका प्यासेन्ट रहेको उनीहरुको हिष्ट्रीबाट पत्ता लागेको छ ।’ 

यस्तै बैतडीमा पनि कोरोनाका कारण मृत्यु भएका ६ जना मध्ये केहीलाई दम, सुगर तथा प्रेसरको बिरामी रहेको बताइएको छ । ‘मृत्यु भएका एक जना ३२ वर्षीय युवालाई भने सुगरको बिरामी थियो,’ वैतडीका कोभिड फोकल पर्सन भुवन जोशीले भने,‘उनको हिष्ट्री हेर्दा पहिलेदेखि नै सुगरको औषधि सेवन गर्दै आएका थिए ।’ बझाङमा मृत्यु भएका ७ जना मध्ये केदारस्यु गाउँपालिकाका एक जना ७० वर्षीय पुरुषलाई प्यारालाइसिसको बिरामी थियो भने एक जना दमका बिरामी रहेको बताइएको छ । त्यस्तै एक जनालाई भने क्षयरोगको औषधि सेवनकर्ता रहेको बताइएको छ । बाजुरामा मृत्यु भएका ४ जना मध्ये प्रायः सबै जनालाई दीर्घरोगको हिष्ट्री देखिएको बताइएको छ । एकजनालाई भने डाइलासिस गरिएको अवस्थामै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । दार्चुलामा मृत्यु भएका तीन जना मध्ये तीनै जना दीर्घ रोगी रहेका थिए । 

मृत्यु भएका मार्माका ५१ वर्षीय पुरुषलाई प्रेसरको बिरामी रहेको थियो भने नौगाड गाउँपालिकाका ७२ वर्षीय पुरुष सुगरका बिरामी थिए । यस्तै श्वासप्रश्वासका बिरामी रहेका शैल्यशिखर नगरपालिकाका ६५ वर्षीय पुरुष  विगत एक वर्षदेखि श्वासप्रश्वास नियमित औषधि सेवन गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयले बतायो । डोटीमा मृत्यु भएका तीन जना मध्ये एक दिपायल सिलगढी नगरपालिकाका ३२ वर्षीय पुरुष फोक्सोको बिरामी रहेको बताइएको छ । उनको फोक्सोको अवस्था कमजोर रहेका कारण कोरोना संक्रमणपश्चात् मृत्यु भएको बताइएको छ । त्यस्तै एक जना ४५ वर्षीय पुरुष सुगरका बिरामी रहेको बताइएको छ । उनी सुगरका बिरामी रहेकै अवस्थामा कोरोना संक्रमण भएको बताइएको छ ।  

नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सबैभन्दा बढी जोखिम दीर्घ रोगीलाई हुने गरेको डाक्टर देबेन्द्र आचार्य बताउँछन् । उनले भने,‘कोरोनाको संक्रमणले जोखिम त सबैलाई छ, त्यसमा पनि सबैभन्दा बढी दीर्घरोगीलाई छ ।’ दम, श्वासप्रश्वासका बिरामी, प्रेसर, सुगर, क्षयरोग जस्ता दीर्घरोगीलाई सबैभन्दा बढी जोखिम रहेको उनले बताए ।  

सुदूरमा २२७ को मृत्यु  

नयाँ भेरियन्टसहितको कोरोना देखिएसँगै सुदूरपश्चिममा सोमबार बेलुकीसम्म दुई सय २७ जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिमको ९ वटा जिल्ला मध्ये सबैभन्दा बढी कैलालीमा कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कैलालीमा हालसम्म १ सय ३६ जनाको मृत्यु भएको छ । सोमबार मात्रै कैलालीमा ८ जनाकाृ मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । यस्तै कैलालीपछि कञ्चनपुरमा ५८ जनाको मृत्यु भएको छ । कैलाली र कञ्चनपुरपछि अछाममा ७ जना, बझाङमा ७ जना, बैतडीमा ६ जना, बाजुरामा ४ जना डडेल्धुरा, दार्चुला र डोटीमा ३/३ जनाको मृत्यु भइसकेको छ ।  

सक्रिय संक्रमित ८ हजार नाघे  

सुदूरपश्चिममा सोमबार बेलुकीसम्म ८ हजार ७६ जना सक्रिय संक्रमित पुगेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ । सुदूरपश्चिमका ९ जिल्ला मध्ये सबैभन्दा बढी सक्रिय संक्रमित कैलालीमा रहेका छन् । कैलालीमा हाल ३ हजार ८ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै कैलालीपछि कञ्चनपुरमा १ हजार ३ सय ९८ जना रहेका छन् । कैलाली र कञ्चनपुरपछि अछाममा ६ सय ५८ जना, बैतडीमा ५ सय ४५ जना, बझाङमा ५ सय १८ जना, डोटीमा ३ सय ७१ जना, डडेल्धुरामा ३ सय ५३ जना, दार्चुलामा २ सय ४ जना र बाजुरामा १ सय ९४ जना रहेका छन् ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस