सरकारी कार्यालयमा कर्मचारी एकचौथाइ मात्रै
२४ वैशाख २०७८
•
३ मिनेट पाठ
सरकारी कार्यालयमा कर्मचारी एकचौथाइ मात्रै
निषेधाज्ञा घोषणापछि सरकारी कार्यालयहरू सुनसान भएका छन्। केन्द्रमा एकचौथाइ कर्मचारीलाई मात्र कार्यालय बोलाइएको छ। संघीय मन्त्रालय तथा अन्य कार्यालयमा एकचौथाइ कर्मचारीलाई मात्र कार्यालय बोलाइएको संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए। कार्यालयमा आउनुनपर्ने कर्मचारीलाई घरबाटै काम गराइएको उनको भनाइ छ । घरमै बसेर काम गर्ने कर्मचारीलाई सरकारले कोभिड काजको सुविधा दिएको छ।  




संघीयले कार्यालयमा आउने कर्मचारीका हकमा पनि आलोपालो प्रणाली लागु गरेको छ। सम्बन्धित कार्यालयका कार्यालय प्रमुखको सिफारिसमा आलो पालो प्रणाली लागु गरिएको मन्त्रालयले जनाएको छ। कार्यालयमा आउनुपर्ने कर्मचारीको हकमा घरबाट कार्यालयसम्म आवतजातका लागि सवारीसाधनको व्यवस्था सम्बन्धित कार्यालयका कार्यालय प्रमुखले व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ।  

निषेधाज्ञाको प्रभाव प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि देखिएको छ। निषेधाज्ञा घोषणापछि सिंहदरबार सुनसान झैं भएको छ। कर्मचारी बस्ने कोठा सुनसान देखिन्छन्। महाशाखासमेत कर्मचारीविहीन भएका छन्। कुनै महाशाखमा एकजना मात्र कर्मचारी देखिन्छन्। सरकारी कार्यालय मान्छेको भीड सकेसम्म कम गर्न निकै कम कर्मचारीलाई मात्र कार्यालय आउने व्यवस्था मिलाइएको संघीय मामिला मन्त्रालयले जनाएको छ।

निषेधाज्ञापछि सिंहदरबारभित्र प्रवेश गर्ने आगन्तुक पासमा पनि कडाइ गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार सबै मन्त्रालयमा सहसचिव र सचिवलाई अनिवार्य बोलाइएको छ। बाँकी कर्मचारीलाई आवश्यकता अनुसार बोलाइएको छ । कार्यालय दर्ता चलानी गर्ने, ढोका खोल्ने, सरसफाइ गर्ने जस्ता कर्मचारीलाई कार्यालय बोलाइएको मन्त्रालयले जनाएको छ।  

निषेधाज्ञा लगाइएका जिल्लामा अत्यावश्यकीयबाहेक सबै सेवा स्थगित गरिएको छ। संघीय मन्त्रालयले जारी गरेको परिपत्रमा निषेधाज्ञा लगाइएका जिल्लामा अत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालयमा मान्छेको भिडभाड कम गर्न आलोपालो प्रणाली लागु गर्न निर्देशन दिएको छ।  

यसैगरी, भूमि व्यवस्थापन विभाग तथा नापी विभागले पनि निषेधाज्ञा लगाइएका जिल्लामा जग्गा प्रशासन र नाप नक्सासम्बन्धी सबै सेवा स्थगित गरेको जनाएको छ। भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले निषेधाज्ञा लगाइएका जिल्लामा जग्गा बेचविखन, नामसारीलगायत जग्गा प्रशासनसम्बन्धी सबै सेवा स्थगन गरिएको बताए । निषेधाज्ञा नलगाइएका जिल्लामा पनि सम्बन्धित कार्यालय प्रमुखले स्थानीय तहसँग समन्वय गरी सेवा प्रवाहसम्बन्धी निर्णय गर्नसक्ने पौडेलले बताए। 

तर, आन्तरिक प्रशासनको काम भने निषेधाज्ञा लगाए पनि नरोकिने विभागले जनाएको छ। यसैगरी, नापी विभागले पनि निषेधाज्ञा लगाइएका जिल्लामा सेवा प्रवाह स्थगन गरेको छ। आन्तरिक प्रशासनको काम भने नरोएिको विभागका महानिर्देशक प्रकाश जोशीले जनाए । सरकारले यसअघि नै कोरना संक्रमण देखिएका कर्मचारी तथा आइसोलेसनमा बस्नुपर्ने कर्मचारीलाई ३ हप्ता बिदा सुविधा दिने निर्णय गरेको थियो।  

केन्द्रमा एकचौथाइ कर्मचारीलाई बोलाइए पनि स्थानीय तहमा आधा कर्मचारीहरूलाई कार्यालयमा बोलाइएको संघीयले जनाएको छ। कोरना संक्रमणको नियन्त्रण र रोकथाममा स्थानीय तहका भूमिका महत्वपूर्ण हुने भएकोले स्थानीय तहमा आधा कर्मचारीलाई कार्यालयमा बोलाइएको मन्त्रालयले जनाएको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस