प्रहरीकै भरमा निषेधाज्ञा, अटेरी गर्नेको संख्या बढ्दै
२१ वैशाख २०७८
•
३ मिनेट पाठ
प्रहरीकै भरमा निषेधाज्ञा, अटेरी गर्नेको संख्या बढ्दै
नेपाल प्रहरी सँगसँगै ससस्त्र प्रहरीले पनि कोरोना संक्रमण नियन्त्रणको लागि सहयोग गर्दै आएको छ। देशभर नेपाल प्रहरीतर्फका १५ हजार भन्दा बढी सुरक्षाकर्मी छन् भने ससस्त्र प्रहरीले पनि ८ हजार भन्दा बढी सुरक्षाकर्मीलाई कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्।




उपत्यका तथा देशका विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञाको कार्यान्वयन गर्ने/गराउने प्रमुख जिम्मा नेपाल प्रहरी कै हो। यतिबेला प्रहरीको मुख्य ड्युटी निषेधाज्ञा केन्द्रित छ। नेपाल प्रहरीका अनुसार १५ हजार भन्दा बढी प्रहरी सुरक्षाकर्मी निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्। कोरोना संक्रमण बढिरहेको बेला ओहोरदोहोर गर्नेको संख्या बढेपछि आइतबारदेखि प्रहरीले उपत्यकासँगै देशभरका विभिन्न जिल्ला भइरहेका प्रहरी चेकिङ थप कडाइ गरेको छ। सामान्य परिचयपत्रका आधारमा निषेधाज्ञाको अवज्ञा गर्नेको संख्या बढेपछि प्रहरीले कडाइ गरेको हो।

प्रहरीले सडकमा चेकिङ कडाइ सँगसँगै कोरोना नियन्त्रणको लागि आफ्ना क्रियाकलाप पनि सक्रिय राखेको छ। सचेतनामूलक तथा मास्कसमेत विवरण गरेको छ। आइतबार देशभर २ सय ३४ वटा सचेतनामूलक कार्यक्रम भएका छन्। ती कार्यक्रमा ३२ हजार जना सहभागी थिए। त्यस्तै, ९ हजार ९ सय मास्क वितरण, होल्डिङ सेन्टरमा ४ सय ४४ जनालाई राखिएको थियो भने ६ सय सवारीसाधनमाथि जरिबानासहितको कारबाही गरिएको थियो। 

जरिवानामा पर्ने संख्या ५ सय १५ जना रहेको छ। जरिवानाबाट एक दिनमा मात्रै ६० हजार ५ सय राजस्व संकलन भएको छ। नेपाल प्रहरीका प्रवक्ता बसन्त कुवँरले आइतबार प्रहरीले उपत्यकाका मुख्यमुख्य चोकहरूमा बढी कडाइ गरिएको जानकारी दिए। उनले सबैजसो सवारीसाधन रोकेर चेकजाँच गरिएको बताए। उनका अनुसार अनावश्यक र अनुमतिबिना ओहोर दोहोर गरेको संख्या बढेपछि प्रहरीले कारबाही बढाएको हो। कारबाहीमा परेकालाई जरिबाना तथा होल्डिङ सेन्टरमा उभ्याएको थियो। ‘सामान्य तरीकाले कडाइ गर्दा उल्लंघन बढ्यो,’ प्रवक्ता कुवँरले भने, ‘त्यसकारण प्रहरीले कडाइ गर्नुपर्ने अवस्था आएको हो।’  

उनका अनुसार अत्यावश्यक काम परेर बाहिर निस्किएकाहरूलाई प्रहरीले छाडेको थियो। सरकारले देशका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाको बेला जथाभाबी ओहोरदोहोर गर्नेमाथि प्रहरीले थप कडाई गर्न थालेपछि संक्रमण नियन्त्रण हुन सक्ने अनुमान गरिएको छ। तर, अधिकांशले मापदण्ड उल्लंघन गरेकोले प्रहरीले थप सतर्क गराएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार प्रहरीले चेकजाँच गरेको बताए। 

उनले प्रहरी चेकजाँचका क्रममा अनावश्यक काम कारबाहीमा हिडेकाहरूको संख्या बढी पाइएको जानकारी दिए। उनीहरूलाई प्रहरीले रोकेर सम्झाई बुझाई छाडेको थियो। नियम उल्लंघन गर्नेहरूको सवारीसाधन नम्बर समेत प्रहरीले टिप्ने गरेको छ। ‘प्रहरीले धेरैजसो ठाउँमा कडाइ गरेको छ,’ एसपी बस्नेतले भने, ‘सक्रमण बढ्दै गइरहेको बेला मास्कसमेत नलगाएको पाइएको छ।’ उनका अनुसार आइतबार उपत्यका लगायत देशका मुख्य सहरमा हजारौंलाई कारबाही गरेको हो।  

नेपाल प्रहरी सँगसँगै ससस्त्र प्रहरीले पनि कोरोना संक्रमण नियन्त्रणको लागि सहयोग गर्दै आएको छ। देशभर नेपाल प्रहरीतर्फका १५ हजार भन्दा बढी सुरक्षाकर्मी छन् भने ससस्त्र प्रहरीले पनि ८ हजार भन्दा बढी सुरक्षाकर्मीलाई कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्। यसबाहेक अन्य प्रहरीलाई नियमित कामका खटाइएको छ। समुदायस्तरमा संक्रमण फैलिएपछि प्रहरीमा पनि संक्रमण बढ्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले देशभरमा प्रहरी कार्यालयहरूलाई पत्राचार गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ। संक्रमण बढेपछि प्रहरीले सामूहिक खानाखाने (मेस) कार्यक्रम पनि रोकेको छ। अधिकांश कार्यालयहरूमा सचेतना अपनाएर शान्ति सुरक्षा प्रदान गर्ने वातावरण मिलाइएको नेपाल प्रहरीले जनाएको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ सेकेन्ड अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस