कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै ताप्लेजुङमा यहिँ संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । शुक्रवार फुङ्लिङ नगरपालिका वडा नं ४ की ८५ वर्षीया एक महिलाको मृत्यु भएसंगै कोरोना संक्रमणको दोस्रो लहर सुरुभएयता ताप्लेजुङमा मृत्यु हुनेको संख्या २ पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पहिलेदेखि नै मुटुरोगबाट ग्रसित वृद्धा महिलालाई उपचारपछि घर ल्याइ पुर्याउँदा मृत्यु भएको जानकारी मृतकका परिवारजनले दिएको बताए । प्रजिअ पाण्डेका अनुसार ८५ वर्षीया ति वृद्धाको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । यसअघि फुङ्लिङ नगरपालिका वडा नं ६ का ५२ वर्षीय एक पुरुषको समेत कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।
परिवारले नै अन्त्येष्टी गर्ने
कोरोना संक्रमण देखिएको केही समयपछि मृत्यु भएकी ८५ वर्षीय मृतकलाई परिवारजनले नै अन्त्येष्टी गर्ने भएका छन् । संक्रमण पुष्टी भइसकेपछि पनि एउटै सवारीमा संगै बसेर झापाबाट ताप्लेजुङम्म आएका मृतकका ४ जना आफन्तहरु संक्रमितसंग नजिक रहेको अवस्थामा उनीहरुमार्फत नै अन्त्येष्टी गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । ‘हामी संगै आएका सदस्य मात्रै भेला भएर अन्त्येष्टी गर्ने भनेर ४ थान पीपीइ माग्न आउनु भएको थियो, माग अनुसार उहाँहरुलाई उपलब्ध गराइएको छ’, प्रजिअ पाण्डेले भने । उनले अन्य मलामी जान नपाउने शर्तमा पीपीइ उपलब्ध गराइएको र पीपीइ लगाएर शव अन्त्येष्टी गरिने जानकारी दिए ।
संक्रमित मृतक परिवारका सदस्यले शव बुझ्न चाहेमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर अन्त्येष्टी गर्न सकिने गरी आफन्तलाई शव बुझाउन सकिने मान्यता रहेकोले आफूहरुले पनि त्यहिँ बिधि अपनाएको उनले जानकारी दिए । तर, शव व्यवस्थापन कार्यमा स्वास्थ्य सुरक्षाका सबै उपायहरु अवलम्बन भएको हुनुपर्ने र त्यसको निगरानी कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले गर्ने उनले जानकारी दिए । यसअघि संक्रमण पुष्टी भएका ५२ वर्षीय पुरुषको शव भने नेपाली सेनाको शव व्यवस्थापन टोलीले गरेको थियो ।