जंगलमा डढेलो: विनाश हुँदै पक्षी वंश
३० चैत्र २०७७
•
३ मिनेट पाठ
जंगलमा डढेलो: विनाश हुँदै पक्षी वंश
कैलालीकाे चुरे क्षेत्रमा लागेकाे डढेलाे। तस्बिर: पुष्पराज/नागरिक
वसन्त र ग्रिष्म ऋतु विशेषतः विरुवाले पालुवा फेर्ने कीटपतंगले फूल पार्ने र विरुवाले फल दिने समय हो। वन्य जीवहरू आफ्नो वंश विस्तारका लागि यही मौसमको पर्खाइमा रहेका हुन्छन्। पन्छीहरूले जंगलमा गुँड लगाउने, बच्चा कोरल्ने, बच्चालाई उडाउन सिकाउने, चर्न सिकाउने समय यही हो। हो, यही समयमा अहिले सुदूरपश्चिमको जंगलमा डढेलो सल्केको छ। दिन दुई गुणा रात चार गुणाका हिसाबले यहाँको वन सखाप हुँदैछ। डढेलोमा परेर बंश विस्तारका लागि गुँड लगाएका चरा चुरुङ्गी नासिन थालेका छन्।  




जंगलमा डढेलो लाग्दा गुँड लगाएका तथा आफ्नो बासस्थानमा बसेका पन्छीहरू अहिले खुला आकाशमा कराउन थालेको दृश्य देखिन थालेको चरा संरक्षणमा क्रियाशील कैलालीकी संरक्षणकर्मी जमुना न्युरे बताउँछिन्। सुदूरपश्चिममा मात्रै ६ सय बढी प्रजातिका चरा चुरुङ्गीहरू रहेको बताउँदै उनले भनिन्, ‘यो समयमा पन्छीहरूले गुँड लगाउने, बच्चा कोरल्ने, बचेरालाई उड्न तथा आहार गर्न सिकाउने हो, यही बेला जंगलमा डढेलो लाग्दा उनीहरू मासिन थालेका छन्।’  

वंश उत्पादन गर्ने समयमा पन्छीहरूको वंश विनाश हुन थालेको भन्दै उनले चिन्ता गरिन्। ‘हामीले समयमै डढेलो नियन्त्रणको प्रयास नगरेका कारण यसवर्ष अत्याधिक मात्रामा जंगल विनाश भयो, त्यसमा परेर जंगली पन्छीहरू पनि विनाश भएका छन्,’ उनले भनिन्, ‘यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउनु पर्ने थियो, त्यसो हुन सकेन।’

वनजंगलमा आगलागी हुँदा आगोमा परेर तथा धुवाँले निसास्सिएर पन्छीहरू मर्ने गरेको बताउँदै उनले भनिन्, ‘जंगलभरि डढेलो लाग्दा पन्छीको वंश विनाश हुने चिन्ता पनि उत्तिकै थपिएको छ।’ अहिलेको समयमा डढेलोले गर्दा जंगलमा बसोबास गर्ने पन्छीको वंश नासिने चिन्ता थपिएको वरिष्ठ पन्छी विशेषज्ञ तथा चराविद् डा. हेमसागर बराल बताउँछन्। ‘यो समय चराले फुल पार्ने तथा बच्चा कोरल्ने हो,’ उनले भने, ‘यही समयमा जंगलमा डढेलो लाग्दा उनीहरूको गुँड डढ्नुका साथै वंश विनाश पनि भएको छ।’  

वंश विनाश हुँदा कुनै प्रजातिका चरा लोपोन्मुख हुने स्थिति आउन सक्ने उनको चिन्ता छ। विशेषगरी डढेलोका कारण भुइँ तथा बुट्यानमा गुँड लगाउने भ्याकुर प्रजातिका पन्छी डढेलोको चपेटामा परेको उनी बताउँछन्। ‘भुइँ तथा झाडीमा गुँड लगाउने पन्छीमध्ये मयुर, लुइँच, श्यामा, तित्रा प्रजातिका चरा बढी खतरामा छन्,’ उनले भने, ‘यही प्रकारले बर्सेनी जंगलमा डढेलो लाग्ने हो भने उनीहरूको वंश विनाश हुन बेरै छैन।’  

अर्को अर्जुनक प्रजातिका चरा जो आगोको लप्का पुग्ने ठाउँसम्म अर्थात् भुइँ भन्दामाथि र रुखको टुप्पोभन्दा तल बीच भागमा गुँड लगाउने चरा पनि खतरामा रहेको बताउँदै उनले भने, ‘रूखको बीच भागमा गुँड लगाउने बचेरा हुर्काउने पन्छी पनि डढेलोका कारण खतरामा छन्।’ अर्जुनक प्रजातिका चरामध्ये स्वर्ग चरी, राज चरीलगायतका चराचुरुङ्गीहरू डढेलोका कारण वंश विनाशको खतरामा रहेको उनको भनाइ छ।  

रुखको टुप्पोमा जहाँ आगोको लप्का पुग्न सक्दैन त्यस्तो ठाउँमा गुँड लगाउने चराहरू धुवाँले निसास्सिएर मर्ने खतरा पनि उत्तिकै रहेको बताउँदै उनले भने, ‘जंगलमा डढेलो लाग्नै नदिनु नै पन्छीको वंश बढाउने उत्तम उपाय हो।’ डढेलोका कारण एक त वनजंगल मासिँदै छ भने अर्कोतर्फ पन्छी, सरिसृप र उपयचरको वंश विनासिँदै गएकोप्रति उनले चिन्ता गरे।

चरा प्रकृतिको अभिन्न अंग रहेको बताउँदै उनले भने, ‘पन्छीले विभिन्न विषालु कीटपतंगलाई खाएर मानव प्रजातिको सुरक्षा गरिरहेको छ, त्यसैले पनि पन्छीलाई बचाउनु र उनीहरूको वंश विनाश हुन नदिनु हाम्रो कर्तव्य हो।’ कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै ४ सय ५० प्रजातिका चरा पाउने गरेको बताउँदै उनले भने, ‘सुदूरपश्चिमका तराई तथा पहाडी जंगलमा ६ सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीको बसोबास रहेको छ।’ डढेलोका कारण यी प्रजातिका पन्छीको वंश विनासिँदो छ।  

जंगल तथा पन्छी बचाउन समयमै वन सुरक्षा व्यवस्थापन, फायर लाइन बनाउने, कुनै निश्चित स्थलमा पात पतिंगर थुपारेर आफै आगो लगाई निभाउने तथा जंगलमा डढेलो लगाउनु हुँदैन भनेर जनचेतना फैलाउनु पर्ने उनी बताउँछन्। ‘यसो गरिएमा मात्रै जंगलका साथै पन्छी जोगाउन सकिन्छ,’ उनले भने।
अर्को समाचार
डढेलोले पन्छीको विनासिंदै वंश
२९ चैत्र २०७७
•
३ मिनेट पाठ
डढेलोले पन्छीको विनासिंदै वंश
कैलालीको चुरे क्षेत्रमा लागेको डढेलो । तस्बिरः पुष्पराज/नागरिक
वसन्त र ग्रिष्म ऋतु विशेषतः विरुवाले पालुवा फेर्ने कीटपतंगले फुल पार्ने र विरुवाले फल दिने समय हो । वन्य जीवहरू आफ्नो वंश विस्तारका लागि यही मौसमको पर्खाइमा रहेका हुन्छन् । पन्छीहरूले जंगलमा गुँड लगाउने, बच्चा कोरल्ने, बच्चालाई उडाउन सिकाउने, चर्न सिकाउने समय यही हो । हो, यही समयमा अहिले सुदूरको जंगलमा डढेलो सल्केको छ । दिन दुई गुणा रात चार गुणाका हिसाबले यहाँको वन सखाप हुँदैछ । त्यही डढेलोमा परेर वंश विस्तारका लागि गुँड लगाएका चरा चुरुङ्गी नासिन थालेका छन् ।  




जंगलमा डढेलो लाग्दा गुँड लगाएका तथा आफ्नो बासस्थानमा बसेका पन्छीहरू अहिले खुला आकाशमा कराउन थालेको दृश्य देखिन थालेको चरा संरक्षणमा क्रियाशील कैलालीकी संरक्षणकर्मी जमुना न्युरे बताउँछिन् । सुदूरपश्चिममा मात्रै ६ सय बढी प्रजातिका चरा चुरुङ्गीहरु रहेको बताउँदै उनले भनिन्,‘यो समयमा पन्छीहरुले गुँड लगाउने, बच्चा कोरल्ने, बचेरालाई उड्न तथा आहार गर्न सिकाउने हो, यही बेला जंगलमा डढेलो लाग्दा उनीहरु नासिन थालेका छन् ।’ वंश उत्पादन गर्ने समयमा पन्छीहरूको वंश विनाश हुन थालेको भन्दै उनले चिन्ता गरिन् । ‘हामीले समयमै डढेलो नियन्त्रणको प्रयास नगरेका कारण यसवर्ष अत्याधिक मात्रामा जंगल विनाश भयो, त्यसमा परेर जंगली पन्छीहरु पनि विनाश भएका छन्,’ उनले भनिन्,‘यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान पुगाउनु पर्ने थियो, त्यसो हुन सकेन ।’

वनजंगलमा आगलागी हुँदा आगोमा परेर तथा धुवाँले निसास्सिएर पन्छीहरू मर्ने गरेको बताउँदै उनले भनिन्,‘जंगलभरि डढेलो लाग्दा पन्छीको वंश विनाश हुने चिन्ता पनि उत्तिकै थपिएको छ ।’  

अहिलेको समयमा डढेलोले गर्दा जंगलमा बसोबास गर्ने पन्छीको वंश नासिने चिन्ता थपिएको वरिष्ठ पन्छी विशेषज्ञ तथा चराविद् डा. हेमसागर बराल बताउँछन् । ‘यो समय चराले फुल पार्ने तथा बच्चा कोरल्ने हो,’ उनले भने,‘यही समयमा जंगलमा डढेलो लाग्दा उनीहरुको गुँड डढ्नुका साथै वंश विनाश पनि भएको छ ।’ वंश विनाश हुँदा कुनै प्रजातिका चरा लोपोन्मुख हुने स्थिति आउन सक्ने उनले बताए । विशेषगरि डढेलोका कारण भुइँ तथा बुट्यानमा गुँड लगाउने भ्याकुर प्रजातिका पन्छी डढेलोको चपेटामा परेको उनी बताउँछन् । ‘भुइँ तथा झाडीमा गुँड लगाउने पन्छीमध्ये मयूर, लुइँच, श्यामा, तित्रा प्रजातिका चरा बढी खतरामा छन्,’ उनले भने, ‘यही प्रकारले बर्सेनि जंगलमा डढेलो लाग्ने हो भने उनीहरुको वंश विनाश हुन बेरै छैन ।’ 

अर्को अर्जुनक प्रजातिका चरा जो आगोको लप्का पुग्ने ठाउँसम्म अर्थात् भुइँ भन्दा माथि र रुखको टुप्पो भन्दा तल बीच भागमा गुँड लगाउने चरा पनि खतरामा रहेको बताउँदै उनले भने,‘रूखको बीच भागमा गुँड लगाउने बचेरा हुर्काउने पन्छी पनि डढेलोका कारण खतरामा छन् ।’ अर्जुनक प्रजातिका चरामध्ये स्वर्ग चरी, राज चरीलगायतका चराचुरुङ्गीहरु डढेलोका कारण वंश विनाशको खतरामा रहेको उनको भनाइ छ । रूखको टुप्पोमा जहाँ आगोको लप्का पुग्न सक्दैन त्यस्तो ठाउँमा गुँड लगाउने चराहरु धुवाँले निसास्सिएर मर्ने खतरा पनि उत्तिकै रहेको बताउँदै उनले भने,‘जंगलमा डढेलो लाग्नै नदिनु नै पन्छीको वंश बढाउने उत्तम उपाय हो ।’ डढेलोका कारण एक त वनजंगल मासिँदै छ भने अर्कोतर्फ पन्छी, सरिसृप र उपयचरको वंश विनासिँदै गएकोप्रति उनले चिन्ता गरे । 

चरा प्रकृतिको अभिन्न अंग रहेको बताउँदै उनले भने,‘पन्छीले विभिन्न विषालु कीटपतंगलाई खाएर मानव प्रजातिको सुरक्षा गरिरहेको छ, त्यसैले पनि पन्छीलाई बचाउनु र उनीहरुको वंश विनाश हुन नदिनु हाम्रो कर्तव्य हो ।’ कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै ४ सय ५० प्रजातिका चरा पाउने गरेको बताउँदै उनले भने,‘सुदूरपश्चिमका तराई तथा पहाडी जंगलमा ६ सय भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बसोबास रहेको छ ।’ 

डढेलोका कारण यी प्रजातिका पन्छीको वंश विनासिँदो छ । जंगल तथा पन्छी बचाउन समयमै वन सुरक्षा व्यवस्थापन, फायर लाइन बनाउने, कुनै निश्चित स्थलमा पात पतिंगर थुपारेर आफै आगो लगाई निभाउने तथा जंगलमा डढेलो लगाउनु हुँदैन भनेर जनचेतना फैलाउनु पर्ने उनी बताउँछन् । ‘यसो गरिएमा मात्रै जंगलका साथै पन्छी जोगाउन सकिन्छ,’ उनले भने ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस