बलात्कारीलाई सात वर्ष कैद फैसला
२६ चैत्र २०७७
•
१ मिनेट पाठ
बलात्कारीलाई सात वर्ष कैद फैसला
उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ। बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो। 




कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो। 

प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो। वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए। रासस
अर्को समाचार
बागलुङमा ‘भ्यूटावर’ को भएन संरक्षण
०२ भदौ २०७९
•
३ मिनेट पाठ
बागलुङमा ‘भ्यूटावर’ को भएन संरक्षण
बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको ‘भ्यूटावर’को संरक्षण नहुँदा क्षति पुगेको छ। बागलुङ नगरपालिका–१० स्थित भ्यूटावर विसं २०७६ मा निर्माण सम्पन्न भएको थियो।




करिब  एक करोड बराबरको लागतमा निर्माण गरिएको भ्यूटावरको संरक्षण नहुँदा कुरुप देखिँदै गएको छ। भ्यूटावरको चौथो तलामा प्रयोग गरिएको सिसाको केही भाग फुटाइएको छ भने विद्युतीय सामग्रीसमेत तोडफोड गरिएको पाइएको छ।

भ्यूटावर संरक्षणमा सरोकारवालाले चासो नदिँदा त्यसका संरचना विस्तारै बिग्रँदै गएका हुन्। भ्यूटावरमा प्रयोग गरिएको विद्युत्का केही सामग्री चोरी भएको, विद्युत्का तार छुटाइएको छ। भने सिसा र आल्मुनियमको झ्याल फुटाइएको पाइएको दृश्यावलोकनका लागि पुगेका सङ्गम घर्तीले बताए।

निर्माण सुरु गरिएको सात वर्षमा सम्पन्न भएको भ्यूटावर सौन्र्दयीकरणका लागि दुई वर्ष अगाडि चौथो तलामा बागलुङ नगरपालिकाले रु १० लाखको लागतमा लगाइएको सिसाको पूर्वपट्टीको भाग पूरै फुटाइएको अन्य भागको सिसामा प्वाल परेको र चर्केको छ।

पछिल्लो समय बागलुङ–१० भकुण्डेस्थित मूलाबारी भ्यूटावर पर्यटकका लागि रोजाइमा पर्न थाले पनि भ्यूटावरको संरचनामा क्षति भएको र यो विषयमा नगरपालिकालाई जानकारी गराएको बागलुङ–१० का वडाध्यक्ष तीलबहादुर थापाले जानकारी दिए।

'भ्यूटावर गाउँभन्दा माथि  जंगलको बीचमा छ, सुरक्षाको लागि तारबारसमेत गरेर बलेवा र भकुण्डे क्षेत्रमा गेटसमेत निर्माण गरिएको थियो, भने भ्यूटावरमा हेरालुसमेत राखिएको थियो', उनले भने, 'अहिले हेरालुले प्रवेश शुल्कद्वारा  संकलन गरिएको रकम कोरोनाका कारण कमी आएको भन्दै छोडेर गएछन्, अहिले सुरक्षा गर्ने कोही छैन, दुई स्वागत बोर्डसमेत पल्टिएको छ, नगरपालिकामा मर्मतका लागि भनेको छु भने सुरक्षाका लागि प्रहरी खटाउन पहल गरिरहेको छु।'

पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यूटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको भए पनि भ्यूटावरको पर्खालमा जथाभावी शब्द लेख्ने कार्यले त्यहाँ पुगेका पर्यटकलाई समस्या भएको गुनासो छ।

विषेशगरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह ताल, मगर संस्कृति, सङ्ग्रहालय, मनोरम दृश्य तथा घरबासको आतिथ्यताका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् भने बिहानै उठेर दृश्य अवलोकनका लागि गाउँमाथिको डाँडामा रहेको भ्यूटावर पुग्ने गरेका छन्।

भ्यूटावर छेउमै बनेको खरको कटेज अहिले भग्नावशेष अवस्थामा छन् भने रेष्टुराँ खोल्नलाई बनाइएको जस्ताको छाप्रोसमेत भत्किएको छ। अहिले जेसिज बागलुङले बनाएको स्वागत बोर्डसमेत भुइँमा ढलेको छ।

भकुण्डे भ्यूटावरको संरचनामा क्षति पुगेका विषयमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अनुगमनसमेत गरेकाे बागलुङ नगरपालिकाले जनाएको छ। भ्यूटावर संरक्षणमा स्थानीयको सक्रियता हुँन आवश्यक देखिए पनि नगरपालिकाले भ्यूटारको मर्मतसम्भार गर्ने नगरउपप्रमुख राजु खड्काले बताए।

'हामीले संरचना बनाउने हो संरक्षणको जिम्मा स्थानीयकै हुन्छ, संरचनामा क्षति पुगेको अनुगमनका क्रममा पाइयो, हामीले मर्मतसम्भार गरेर पुनःस्थानीयलाई सुरक्षा गर्न भन्नेकका छौँ', उनले भने, 'राज्यले करोड खर्चेर बनाएको संरचना विग्रँन हुँदैन, त्यहाँ पुग्ने केही पदमार्गसमेत मर्मत गर्न आवश्यक देखिएको छ, हामीले त्यो काम गर्ने र पुनःभ्यूटावरलाई पुरानै अवस्थामा फर्काइनेछौँ।'

भकुण्डेमा पर्यटकको आगमन बढ्न थालेपछि तत्कालीन संविधानसभा सदस्य नरबहादुर थापाको पहलमा भ्यूटावर निर्माण थालिएको थियो। तत्कालीन जिल्ला विकास समिति, संसद् विकास कोषमा बनेको भ्यूटावरको अन्तिम रुप बागलुङ नगरपालिकाले तयार गरेको थियो।  भ्यूटावरमा पुग्नका लागि रेलिङसहितको पदमार्ग, खानेपानी, शौचालयलगायतका पूर्वाधार निर्माण भए पनि पानीको अभावमा खानेपानीको ट्याङ्की र धारोसमेत प्रयोगविहीन बनेको छ।

भारतको दाजर्लिङ तथा पोखराको सराङ्कोटबाट देखिने सूर्योदयको विकल्प भकुण्डेको भ्यूटावरबाट देखिने सूर्योदय हुनसक्ने भकुण्डे पुग्ने पर्यटकले बताएका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको पैदल तथा समुन्द्री सतहदेखि दुई हजार एकसय ५० मिटरको उचाइमा चारतले पक्की भ्यूटावर रहेको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस