पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु
२४ चैत्र २०७७
•
१ मिनेट पाठ
पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु
बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।  




प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो। परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो। पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो। मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए।  

अमिसा अस्पतालको लापर्बाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। सुन्दरीको खुट्टामा चोट लागेको थियो। थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापर्वाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले बताए। उनले भने,“डाक्टरले आफ्नो श्रीमतीलाई सुई र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृत्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लापर्वाहीले श्रीमतीको मृत्यु भएको बताए।  

अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुई र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर पल्सर जाँच गर्दा पल्सर मेन्टेन भएको थियो। पछि बिरामीको मृत्यु भएको जानकारी दिएका छन्। साथै बिरामीका आफन्तले डाक्टरलाई कार्बाहीको माग गर्दै अस्पताल क्षेत्र घेराउ गरेका छन्।
अर्को समाचार
मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन
३० फागुन २०८०
•
२ मिनेट पाठ
मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन
बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ।




मलेसियास्थित नेपाली राजदूतावासको सहयोगबाट सबै प्रक्रिया मिलाएर विमानस्थल जादा नेपाल एयरलाइन्सका कर्मचारीहरुले पीडित धामीलाई यो वा त्यो बाहानामा तीन पटकसम्म नेपाल ल्याउन नमानेको खुलेको हो।

नेपाल रिटर्नी एशोसियसनका अध्यक्ष प्रविन पौडेलका अनुसार बिरामी कुरुवा र बिरामीको टिकट किनेर विमानस्थल पुगेका बिरामी र उनको सहयोगीलाई मलेसियाको विमानस्थलबाट तीन पटक फिर्ता गरेपछि उनलाई आज हिमालयन एयरलाइन्सबाट नेपाल ल्याउन लागिएको हो।

वैदेशिक रोजगारीका लागि १९ महिना पहिले मलेसिया पुगेका बझाङ केदारस्यूँ गाउँपालिका वडा नं. ७ घर भएका ३२ वर्षीय धामी केही समय अघिदेखि मानसिक समस्याका कारण अस्वस्थ भएकाले नेपाल फर्किन लागेका थिए। तर, उनलाई बिरामी ल्याउने प्रक्रिया नपुगेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीले तीन पटक फिर्ता गरेका थिए।

‘टिकट काटेर बोर्डिङ पास भईसकेको अबस्थामा मलेसिया विमान स्थलमा खटिएका नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिरामी भएकोले नेपाल लैजान नसक्ने भनेर मेडिकल रिपोर्ट फिट टु फ्लाई चाहिने भनेर विमानस्थलबाट फर्काएका रहेछन् अर्को दिन मेडिकल रिपोर्ट फिट टू फ्लाई बनाएर विमानस्थल पुगेका उनीहरूलाई फेरि पनि थप कागज आवश्यक पर्ने भनेर फर्काएर दुःखदिइएको रहेछ’, अध्यक्ष पौडेलले भने।

त्यसैगरी तेस्रो पटक टिकट किनेर विमानस्थल पुग्दा कर्मचारीहरुले कसरी बिरामी भएको सुरुदेखिको मेडिकल रिपोर्ट आवश्यक पर्ने तत्पश्चात विशेष व्यवस्था गरेर मात्र लान सकिने जवाफ दिएर फर्काएका थिए।

सबै प्रक्रिया पुरा गरेर बोर्डिङ पास भइसकेको बिरामीलाई स्वदेश फर्काउन राजदूत डिल्लीराम पौडेल स्वयंले लिखित र मौखिकरूपमा विशेष आग्रह गर्दा समेत नेपाल वायुसेवा निगमका कर्मचारीहरुले वेवास्था गरेर अमानवीय व्यवहार गरेको अध्यक्ष पौडेलले बताए।

तर नेपाल एयरलाइन्सका क्याप्टेन सञ्जय वैद्यले मेडिकल व्यकराउण्ड नभएको कारण ल्याउन नसकेको बताए। 'बिरामीसँग कुनै पनि प्रकारको मेडिकल व्याकराउण्ड थिएन। उहाँको साथमा धेरै औषधी मात्रै थियो। फिट टु प्लाई को मात्रै कागजात थियो। त्यसले मेडिकल व्याकराउण्ड बुझाउँदैन र नेपाल  एयरलाइन्स उडानको प्रोटोकलले ल्याउन मिल्दैन थियो,'  क्याप्टेन वैद्यले भने।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स भएकोले पहिलो प्राथमिकतामा राखेर अनेकौं पटक अनुरोध गर्दा मलेसिया विमानस्थलमा खटिएका कर्मचारी नै आफै चिकित्सकको जस्तो व्यवहार गरेकाले उनीहरूले अन्तिममा माग बमोजिमको कागजपत्र पुरा गर्न असम्भव जस्तै भइसकेपछि हिमालयन एयरलाइन्सका कर्मचारीसँग समन्वयमा उपलब्ध कागजपत्रको आधारमा सोही एयरलाइन्सबाट बिरामी दीपक र उनको सहयोगी काठमाडौँ आउँदै गरेको एशोसिएनका अध्यक्ष पौडेलले जानकारी दिए।

मलेसियामा रहेका नेपाल वायुसेवा निगका कर्मचारीहरु कै कारणले तीन तीन पटक मलेसियाबाट नेपाल आउन काटेको टिकटको पैसा खेर गएको बिरामीका परीवारले गुनासो गरेका छन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस