मोरङको रतुवामाईमा मोटरसाइकलको ठक्करबाट बुधबार साँझ एक महिला पैदलयात्रीको मृत्यु भएको छ। मे ११ प ५४५५ नम्बरको मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा रतुवामाई नगरपालिका–३ स्थित भित्री सडक खण्डमा महिलालाई ठक्कर दिएको थियो। रतुवामाई–३ का १८ वर्षीय अक्षयकुमार ताजपुरीयाले चलाएको मोटरसाइकलको ठक्करबाट रतुवामाई–३ की ६० वर्षीया चिन्तीदेवी ताजपुरीयाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी ताजपुरियालाई तत्काल उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि रंगेली अस्पताल ल्याइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। ताजपुरियालाई रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डिएसपी राईले जानकारी दिए।
दुर्घटनापछि चालक र सावरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।