बिना धितो किसानलाई ४८ करोड कर्जा
०३ साउन २०८३
•
४ मिनेट पाठ
बिना धितो किसानलाई ४८ करोड कर्जा
जुम्लाको तातोपानी गाउँपालिका १ का खड्कबहादुर रोकायाको खेती पेशा मात्रै होइन, भविष्य बदल्ने सपना पनि हो। वर्षौंदेखि उनले स्याउ बगैंचा विस्तार गर्ने, आलु र सिमीको व्यावसायिक खेती बढाउने तथा मौरीपालनलाई व्यवसायका रूपमा अघि बढाउने योजना बुन्दै आएका थिए।




तर, ती सबै योजनाको बीचमा एउटा ठूलो बाधा सधैं उभिन्थ्यो,लगानी। सपना थियो, योजना थियो, मेहनत गर्ने आँट पनि थियो। थिएन त केवल पूँजी।त्यसैले बेला–बेला बैंकको ढोका ढकढक्याउँथे। कृषि ऋणको आशामा पुगेका उनी धितो माग्ने बैंकको सर्त सुनेपछि हरेक पटक निराश भएर घर फर्किन्थे। गाउँघरमा चर्को ब्याजमा ऋण खोजेर खेती गर्नु झन् जोखिमपूर्ण लाग्थ्यो। 

अन्ततः उनका योजना कागजमै सीमित भए। खेत उही थियो, मिहिनेत उस्तै थियो, तर लगानी नहुँदा सम्भावनाले कहिल्यै गति लिन सकेन।अहिले भने उनीभित्र फेरि आशा पलाएको छ।गाउँपालिकाले बिना धितो सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने निर्णय गरेपछि रोकाया आफ्नो पुरानो सपना फेरि ब्युँताउन थालेका छन्। 

‘गाउँपालिकाले सहुलियत रूपमा कृषि कर्जा दिने भएको छ,’ उनले भने, ‘यसले हामीजस्ता साना किसानलाई ठूलो भरोसा दिएको छ। समयमै कर्जा पाए स्याउ बगैंचा बढाउँछु, आलु खेती विस्तार गर्छु। ’रोकाया मात्रै होइन, जुम्लाका सयौं किसान अहिले यही आशाले उत्साहित छन्।जुम्लाका तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाले किसानलाई बिना धितो सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउने निर्णय गरेपछि जिल्लामा कृषि क्षेत्रप्रति नयाँ आशा जागेको छ।

स्थानीय सरकार, निक्षेप तथा कर्जा सुरक्षा कोष, बैंकिङ क्षेत्र र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० को साझेदारीमा सुरु हुन लागेको यो कार्यक्रमले कृषिलाई जीविकोपार्जनको परम्परागत अभ्यासबाट व्यावसायिक उद्यममा रूपान्तरण गर्ने विश्वास गरिएको छ।पहिलो चरणमै तीनवटा स्थानीय तहमा ४८ करोड रुपैयाँ परिचालन गरिनेछ। प्रत्येक पालिकामा १६ करोड रुपैयाँका दरले लगानी हुनेछ।  

तातोपानी गाउँपालिकाले आगामी सात वर्षभित्र ३० करोड रुपैयाँ कृषि कर्जा परिचालन गर्ने सम्झौता गरिसकेको छ। आवश्यकता अनुसार यो रकम ५० करोड रुपैयाँसम्म विस्तार गर्ने योजना पनि बनाइएको छ।तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार समस्या किसानमा होइन, लगानीको पहुँचमा थियो।‘जिल्लामा कृषि गर्ने इच्छाशक्ति भएका किसानको कमी छैन,’ उनले भने, ‘धेरै किसानसँग सीप छ, अनुभव छ, मेहनत गर्ने आँट छ। तर व्यवसाय विस्तार गर्न आवश्यक पूँजी छैन। 

यही अभावलाई सम्बोधन गर्न सहुलियतपूर्ण कृषि कर्जा ल्याएका हौं।’उनका अनुसार कार्यक्रमले विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवा, स्वरोजगारको खोजीमा रहेका बेरोजगार तथा कृषि व्यवसाय विस्तार गर्न चाहने किसानलाई गाउँमै अवसर दिनेछ।जुम्लाको अर्थतन्त्रको मेरुदण्ड अझै कृषि नै हो।

स्याउ, मार्सी धान, आलु, सिमी, ओखर, तरकारी, फलफूल, पशुपालन, मौरीपालन र माछापालन अधिकांश परिवारको आयआर्जनको आधार बनेका छन्। तर आधुनिक प्रविधिको अभाव, सिँचाइको समस्या, बजारको अनिश्चितता र वित्तीय पहुँच कमजोर हुँदा कृषिको सम्भावनाले अपेक्षित उचाइ लिन सकेको छैन। 

यही अवस्थालाई बदल्ने प्रयासका रूपमा पातारासी गाउँपालिकाले पनि कार्यक्रमलाई रोजगारीसँग जोडेको छ।‘हाम्रो उद्देश्य युवालाई विदेश पठाउने होइन, गाउँमै उद्यमी बनाउने हो,’ पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले भने, ‘किसानलाई लगानीको अवसर दिए गाउँमै समृद्धि सम्भव छ। 

’उनका अनुसार कर्जा ठूला किसानका लागि मात्र सीमित रहने छैन। साना किसान, कृषि उद्यमी तथा कृषि उद्योग सञ्चालन गर्न चाहने सबैले यसबाट लाभ लिन सक्नेछन्। स्याउदेखि आलु, सिमी, मार्सी धान, तरकारी, फलफूल, मौरीपालन, पशुपालन, माछापालन तथा कृषि प्रशोधन उद्योगसम्म सहुलियतपूर्ण ब्याजदरमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ।यसअघि कृषि अनुदानका कार्यक्रम वास्तविक किसानसम्म नपुगेको गुनासो बारम्बार उठ्ने गरेको थियो।  

त्यसैले यसपटक लाभग्राही छनोटलाई पारदर्शी बनाउने, नियमित अनुगमन गर्ने र उत्पादनमुखी व्यवसायलाई प्राथमिकता दिने प्रतिबद्धता स्थानीय तहले जनाएको छ।उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढा यसलाई कृषि क्षेत्रमा निजी लगानी आकर्षित गर्ने अवसरका रूपमा हेर्छन्।‘कृषिलाई सम्भावनाको क्षेत्र बनाउने हो,’ उनले भने, ‘यस्ता वित्तीय कार्यक्रम निरन्तर हुनुपर्छ। 

’यूएनडीपी जुम्लाका प्रतिनिधि ऋषिराज ओलीका अनुसार अधिकतम तीन करोड रुपैयाँसम्मको कृषि कर्जाको जोखिम निक्षेप तथा कर्जा सुरक्षा कोष र सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्नेछन्। 

यसले बैंकको जोखिम कम गर्ने र किसानलाई सहज रूपमा कर्जा उपलब्ध गराउने वातावरण बनाउने अपेक्षा गरिएको छ।जुम्लामा पहिलो पटक धितोभन्दा किसानको योजना, मिहिनेत र सम्भावनालाई आधार बनाएर कृषि क्षेत्रमा ठूलो लगानी भित्रिन लागेको छ। यदि कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भयो भने यसले केवल केही किसानको व्यवसाय मात्र विस्तार गर्ने छैन, गाउँबाट पलायन रोक्ने, युवालाई स्वदेशमै उद्यमतर्फ फर्काउने र कर्णालीको कृषिलाई नयाँ आर्थिक आधार दिने विश्वास गरिएको छ।

खड्कबहादुर रोकायाका लागि भने यो केवल ऋणको कार्यक्रम होइन। वर्षौंदेखि रोकिएको सपनाले फेरि हिँड्न थालेको यात्रा हो।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२९ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस