बाल्यकालमै बेपत्ता भएका छोरा जीवितै रहेको खबर चार दशकपछि पाउँदा ८५ वर्षीया धनमाया तिम्सिना हर्षले गद्गद् छिन्। माई नगरपालिकाको चिसापानी गाउँकी वृद्धा धनमाया छोरो घर फर्केर आउने खबरले जति खुसी छिन्, त्यति नै दुःख परिबन्धमा परेर छोराले पाीडा भोग्नुपरेकोमा लागेको छ।
२०३७ साल माघमा पुरानो घर तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८ खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) बाट मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न गएको छोरो जिउँदै आउला भन्ने धनमायाको मनमा छँदै थिएन। जब आफ्नो जेठो छोरो जिउँदै छ भन्ने उनलाई यकिन भइसकेको छ। त्यसयता धनमायाका हर्षका आँसु अडिएका छैनन्। भन्छिन्, ‘कतिबेला छोरो घर आएर आमा भन्ला, त्यतिबेला मलाई कस्तो लाग्छ होला, अहिले कुनै कल्पना गर्न सक्दिनँ।’
तोरी बेच्न बजार गएका दीपक शर्मा तिम्सिना चार दशक कहाँ, कुन अवस्थामा थिए भन्ने कसैले सुइँको पाएन। २०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ ले पठाएको पत्र घरमा आयो। पत्रमा आफू संगम जेलमा रहेको उल्लेख थियो तर त्यो चिठी दीपकले नै पठाएका हुन् भन्ने परिवारलाई विश्वास भएन। तैपनि आएको चिठीको व्यहोराअनुसार खोजतलास गर्दा केही सूचना मिल्यो कि उनी पक्कै भारतको कुनै स्थानमा जेलमै छन्। तर कसरी, किन, कहिलेदेखि उनी जेल परे, अहिले उनी कहाँ छन् भन्ने यकिन गर्न चाहिँ उनको परिवारलाई करिब आठ वर्ष लाग्यो।
अहिले भारत कोलकाताको दमदम जेलमा रहेका दीपक करिब ४० वर्षअघि नै जेल परेको उनका काकाका छोरा प्रकाश शर्मा तिम्सिनाले बताए। ‘दाजु दीपकलाई खोजी गर्न सके र भ्याएसम्मका व्यक्ति र संस्था चहारियो,’ प्रकाशले भने, ‘परिवारको वर्षाैंको प्रयास र विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा दाजुसम्म पुग्न सफल भएका छौं।’ प्रकाश झापाको काकरभित्ता स्थित विश्व सेवा विस्तार संस्थाका इन्द्र बस्नेतका साथमा फागुन ७ गते कोलकातास्थित दमदम जेल पुगे। उनले फागुन ११ गते दाजु दीपकलाई जेलमा रहेको भेट्टाएपछि मात्र जिउँदै रहेको यकिन भएको हो। ‘अदालतको कागजपत्र हेर्दा दाजु सन् १९८१ देखि नै जेल पर्नुभएको हो भन्ने देखिन्छ,’ प्रकाशले भने।
२०१७ साल साउनमा जन्मिएका दीपक शर्मा तिम्सिनाका बुबाको २०२४ सालमा निधन भयो। बुबाको निधनपछि दुई भाइ र एक बहिनीको पालनपोषणको जिम्मा उनको काँधमा आयो। २०२९/३० सालतिर आमा धनमायाको समेत दाहिने हात छिनेपछि दीपकको परिवारमा अर्काे बज्रपात आइपर्यो। घरपरिवारको गर्जाे टार्न बालक दीपकले गाउँघरमै खेतीपाती गरे, मेलापर्म गरे। तर साँझ–बिहानको छाक टार्न निकै धौधो भयो। यही क्रममा आफूले उत्पादन गरेको तोरी बेच्न भनी बजार गएयता उनी बेपत्ता थिए।
भारतमा दीपक करिब चार दशकदेखि किन जेलमा छन् भन्ने स्पष्ट जानकारी परिवारलाई छैन। तर उनी घरबाट हिँडेपछि दार्जिलिङको चिया कमानमा काम गरेको, त्यहाँ काम गर्दा उनलाई एक महिलाको हत्या अभियोग लागेकोसम्म प्रकाशले थाहा पाए। ‘हत्याको अभियोग थियो भन्ने त थाहा भयो तर हत्या उनले गरे वा अरू कसैले गरेको हत्यामा उनी फसेका हुन् भन्ने यकिन भएन,’ प्रकाशले सुनाए, ‘दाजु पक्राउ परेको पहिलो वर्षभित्र अदालतमा केही सुनुवाइ भएछ, त्यसयता ३९ वर्ष कसैले यो मुद्दामा सुनुवाइ नै नगरेपछि जेलमै कोचिनुपरेको रहेछ।’
आउँदो सोमबार उनको मुद्दामा कोलकाता हाइकोर्टले सुनुवाइ गर्ने र दीपक छुटेर आउने आशा गरेको उनका परिवारजनले बताएका छन्। कोलकातास्थित नेपाली वाणिज्य दूतावास, दीपकको मुद्दाबारे जानकारी भएका भारतीय कानुन व्यवसायी, स्थानीय सञ्चार संस्था, पत्रकार र नागरिक अगुवाहरूको भनाइअनुसार दीपक छुटेर घर फर्किन्छन् भन्नेमा आफूहरू ढुक्क रहेको प्रकाशले बताए। ‘३९ वर्षसम्म मुद्दामा सुनुवाइ नै नगरी व्यक्तिलाई जेलमा राख्नुचाहिँ निकै आश्चर्यजनक छ,’ चुलाचुलीस्थित भानु माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापकसमेत रहेका प्रकाशले भने, ‘दाजु दीपकको जस्तो बाल्यकालदेखि अहिलेसम्मको कथा बिरलै मात्र सुन्न पाइन्छ होला।’