कर्णाली उत्सव आजदेखि
२६ फागुन २०७७
•
३ मिनेट पाठ
कर्णाली उत्सव आजदेखि
‘कर्णाली उत्सव, कुडा कर्णाली’का भन्ने नाराका साथ यही फागुन २६ देखि २९ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको छ।




ऋति फाउण्डेशनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा वृहत् बहस गर्ने उद्देश्यले उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको हो। गत वर्ष यही समयमा कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न भएको थियो।  

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने उत्सवको प्रारम्भमै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले ‘कर्णाली किन घुम्ने ’ भन्ने विषयमा बताउने छन्। आयोजक फाउण्डेशनका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार उद्घाटनसत्रमा नेपाल –प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. डा. जगत्प्रसाद उपाध्यायले ‘कर्णाली चिनाउने योगी’, प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले ‘सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्व’ र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले ‘वीरेन्द्रनगरका वैभव’ विषयमा प्रवचन दिनेछन्।  

उत्सवमा सामाज, अर्थ र नेतृत्व तीन मूल शीर्षक समेटिनेछन्। पहिलो दिन ‘हाम्मो मान्नवी’, दोस्रो दिन ‘सुर्के थैली’ तथा तेस्रो दिन ‘कैथा नेता’ र ‘कैथो नेतृत्व’ मा बहस हुनेछ। यी तीनै मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस हुनेछ। उत्सवका संयोजक कमल लम्सालले कर्णालीका आर्थिक अवसरको खोजी गर्ने यहाँको जनजीवन, इलम र सीपको चर्चा गर्ने र कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्ने उद्देश्यले उत्सवलाई निरन्तरता दिइएको जानकारी दिए।  

बहसका अधिकांश विषय खस भाषामै आधारित छन्। बहसमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसमेत वक्ताका रुपमा आउने कार्यक्रम छ। ‘कैथा नेता कैथा नेतृत्व’ मूल शीर्षकअन्तर्गत ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश नं २ का मुख्यमन्त्री राउतसँग पत्रकार दिलभूषण पाठकले बहस गर्नेछन्।  

उक्त सत्रमा दुई प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट सङ्घीयताबारे आफ्ना भोगाइ एवं अनुभव साटासाट गर्नेछन्। सङ्घीय सरकारसँग अधिकार बाँडफाँटका विषयमा असन्तुष्टि राख्ने यी दुई प्रदेशका मुख्यमन्त्रीले आफूले गरेका काम र देखेका चुनौती प्रस्तुत गर्नेछन्।  

‘कैथा नेता कैथो नेतृत्व’ मूल शीर्षकमा ‘पश्चिममा प्रशासक: पश्चिमका प्रशासक, सरकारी गैरसरकारी, लोकतन्त्रको लयलगायत  छन्। सुर्के थैली मूल शीर्षकमा ‘कर्णाली घुमाउँटो पड्यो’ सत्रमा योजनाविद् डा दिनेशचन्द्र देवकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुुष्पराज कँडेल, डा रेणुराज अधिकारी र प्रदेश योजना आयोगका सदस्य योगन्द्र शाहीले बहस गर्नेछन्। ।  

‘पढ्नु पड्डोछ: साक्षर शिक्षित र प्राज्ञिक कर्णाली’ सत्रमा सञ्चारकर्मी राजेन्द्र बानियाँले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह, युवा राजनीतिज्ञ मिलन पाण्डे र वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालसँग बहस  गर्नेछन्।

‘हाम्रो मान्नमी’ मूल शीर्षकअन्तर्गत छाउ र भाउ सत्रमा लेखक राधा पौडेल, राजनीतिकर्मी डा. विन्दा पाण्डे, प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा नवराज केसी, ‘आफ्नै कथा, आफ्नै बान्की’ सत्रमा साहित्यकार बुद्धिसागर, रङ्गकर्मी हीराबिजुली नेपाली, देउडा गायक नेत्रराज शाही र लेखक सरला गौतमसँग सञ्चारकर्मी भूपेन्द्र खड्काले बहस गर्दै छन्।

त्यस्तै ‘कहरी शुकालो होला कइले जाला कैठ’ शीर्षकको सत्रमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, सङ्क्रमणरोग विशेषज्ञ डा. अनुप सुवेदी, जनस्वास्थ्यविज्ञ डा सुरेश तिवारी र डा दुर्गा थापा, ‘हाट जान्या, भोट जान्या’ सत्रमा समाजशात्री जनक राईसँग कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले हाट तथा डोल्पाका समाजसेवी धनराम बुढाथोकीले भोट गएका आफ्ना अनुभवबारे पत्रकार नगेन्द्र उपाध्यायसँग बहस गर्नेछन्।
अर्को समाचार
‘कर्णाली उत्सव’आजदेखि
०५ फागुन २०७९
•
२ मिनेट पाठ
‘कर्णाली उत्सव’आजदेखि
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ।




आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा लिइएको छ। उनले भने, ‘कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौं।’

विचारको बहसबाट साझा विवेक र चेतनाको विकास भएको उनको भनाइ छ। कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको लम्सालले बताए।

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उदघाटन तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आमन्त्रितलाई स्वागत गर्नेछन्। पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौं भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम छ।

तातोपानी निवासी नारायणी चौलागाईले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा प्रवचन दिने कार्यक्रम छ।

‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह वक्ता रहेका छन्। दोस्रो, तेस्रो, चौथो र पाँचौं सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो शहर-त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित दश वक्ताले भाग लिनेछन्। पहिलो दिन कर्णालीको पैकेलो (नायक)का रुपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ। साँझमा सांगीतिक साँझ कार्यक्रम गरिने आयोजकले जनाएको छ। रासस
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस