चैनपुरमा खानेपानीको हाहाकार
१६ फागुन २०७७
•
१ मिनेट पाठ
चैनपुरमा खानेपानीको हाहाकार
सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ। खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो। सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ।  




लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन्। धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य छन्। धारामा पानी नआउँदा सास्ती भएको होटल व्यवसायी हर्क बोहराले बताए। उनका अनुसार होटलमा आएका ग्राहकलाई हातमुख धुन र चर्पीमा प्रयोग गर्नका लागि बिहानै उठेर पानी बोक्नुपर्छ। धारामा पानी नआउँदा होटल व्यवसायी मात्र नभई सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका र अध्ययनका लागि आएका विद्यार्थीलाई पनि निकै सास्ती भएको छ।  

सेती नदी र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा सदरमुकामवासी बिरामी हुन थालेका छन्। फोहर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य सङ्क्रमणका बिरामीको सङ्ख्या बढदै गएको अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले बताए। उनले सदरमुकाम क्षेत्रका मानिसमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आउँ, ज्वरो, रुघाखोकी जस्ता समस्या बढदै गएको बताए।  

चैनपुर कुचा सडक निर्माणका क्रममा खानेपानीको पाइप काटिँदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए। खानेपानीको पाइप जडान भइरहेकाले अब केही दिनभित्रै समस्या समाधान हुने उनको भनाइ थियो। रासस
अर्को समाचार
मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन
३० फागुन २०८०
•
२ मिनेट पाठ
मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन
बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ।




मलेसियास्थित नेपाली राजदूतावासको सहयोगबाट सबै प्रक्रिया मिलाएर विमानस्थल जादा नेपाल एयरलाइन्सका कर्मचारीहरुले पीडित धामीलाई यो वा त्यो बाहानामा तीन पटकसम्म नेपाल ल्याउन नमानेको खुलेको हो।

नेपाल रिटर्नी एशोसियसनका अध्यक्ष प्रविन पौडेलका अनुसार बिरामी कुरुवा र बिरामीको टिकट किनेर विमानस्थल पुगेका बिरामी र उनको सहयोगीलाई मलेसियाको विमानस्थलबाट तीन पटक फिर्ता गरेपछि उनलाई आज हिमालयन एयरलाइन्सबाट नेपाल ल्याउन लागिएको हो।

वैदेशिक रोजगारीका लागि १९ महिना पहिले मलेसिया पुगेका बझाङ केदारस्यूँ गाउँपालिका वडा नं. ७ घर भएका ३२ वर्षीय धामी केही समय अघिदेखि मानसिक समस्याका कारण अस्वस्थ भएकाले नेपाल फर्किन लागेका थिए। तर, उनलाई बिरामी ल्याउने प्रक्रिया नपुगेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीले तीन पटक फिर्ता गरेका थिए।

‘टिकट काटेर बोर्डिङ पास भईसकेको अबस्थामा मलेसिया विमान स्थलमा खटिएका नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिरामी भएकोले नेपाल लैजान नसक्ने भनेर मेडिकल रिपोर्ट फिट टु फ्लाई चाहिने भनेर विमानस्थलबाट फर्काएका रहेछन् अर्को दिन मेडिकल रिपोर्ट फिट टू फ्लाई बनाएर विमानस्थल पुगेका उनीहरूलाई फेरि पनि थप कागज आवश्यक पर्ने भनेर फर्काएर दुःखदिइएको रहेछ’, अध्यक्ष पौडेलले भने।

त्यसैगरी तेस्रो पटक टिकट किनेर विमानस्थल पुग्दा कर्मचारीहरुले कसरी बिरामी भएको सुरुदेखिको मेडिकल रिपोर्ट आवश्यक पर्ने तत्पश्चात विशेष व्यवस्था गरेर मात्र लान सकिने जवाफ दिएर फर्काएका थिए।

सबै प्रक्रिया पुरा गरेर बोर्डिङ पास भइसकेको बिरामीलाई स्वदेश फर्काउन राजदूत डिल्लीराम पौडेल स्वयंले लिखित र मौखिकरूपमा विशेष आग्रह गर्दा समेत नेपाल वायुसेवा निगमका कर्मचारीहरुले वेवास्था गरेर अमानवीय व्यवहार गरेको अध्यक्ष पौडेलले बताए।

तर नेपाल एयरलाइन्सका क्याप्टेन सञ्जय वैद्यले मेडिकल व्यकराउण्ड नभएको कारण ल्याउन नसकेको बताए। 'बिरामीसँग कुनै पनि प्रकारको मेडिकल व्याकराउण्ड थिएन। उहाँको साथमा धेरै औषधी मात्रै थियो। फिट टु प्लाई को मात्रै कागजात थियो। त्यसले मेडिकल व्याकराउण्ड बुझाउँदैन र नेपाल  एयरलाइन्स उडानको प्रोटोकलले ल्याउन मिल्दैन थियो,'  क्याप्टेन वैद्यले भने।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स भएकोले पहिलो प्राथमिकतामा राखेर अनेकौं पटक अनुरोध गर्दा मलेसिया विमानस्थलमा खटिएका कर्मचारी नै आफै चिकित्सकको जस्तो व्यवहार गरेकाले उनीहरूले अन्तिममा माग बमोजिमको कागजपत्र पुरा गर्न असम्भव जस्तै भइसकेपछि हिमालयन एयरलाइन्सका कर्मचारीसँग समन्वयमा उपलब्ध कागजपत्रको आधारमा सोही एयरलाइन्सबाट बिरामी दीपक र उनको सहयोगी काठमाडौँ आउँदै गरेको एशोसिएनका अध्यक्ष पौडेलले जानकारी दिए।

मलेसियामा रहेका नेपाल वायुसेवा निगका कर्मचारीहरु कै कारणले तीन तीन पटक मलेसियाबाट नेपाल आउन काटेको टिकटको पैसा खेर गएको बिरामीका परीवारले गुनासो गरेका छन्।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस