भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरी बढुवा
१४ फागुन २०७७
•
३ मिनेट पाठ
भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरी बढुवा
रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ वर्षीया किशोरी भागरथीको बलत्कारपछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए। 




सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका पहरी सहायक निरीक्षक पदम थापालाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ। भने इलाका प्रहरी कार्यालय राजापुर बर्दियामा दरबन्दी भएर हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान नरबहादुर थापालाई हलल्दार पदमा बढुवा गरिएको उनले बताए। ‘रहस्यमय र जटिल रहेको भागरथीको हत्याको समग्र अनुसन्धानमा उत्कृष्ट भूमिका निर्वाह गरेर दोषी पत्ता लगाउन उल्लेखनीय भूमिका खेलेकाले उनीहरूलाई बढुवा गरिएको हो,’ उनले भने। बढुवा भएका दुवै जनालाई बिहीबार सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले दज्र्यानी चिह्न लगाइदिएका छन्।

प्रहरी नायब महानिरीक्षकसहित ५ पुरस्कृत

यसैगरी, प्रहरी प्रधान कार्यालयले भागरथीको बलत्कार र हत्या प्रकरणमा सफल अनुसन्धान गर्न महत्वपूर्ण भूमिका खेलेकोमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीसहित ५ जनालाई अभिलेखमा रहनेगरी नगदसहित पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रमुख प्रहरी नायब उपरीक्षक नरायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरिय प्रहरी कार्यालय रानीपोखरी परिचाालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योन्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन्।

माघ २१ गते सनातन धर्म मावि वाट पौने २ बजे घर फर्कदा वेपत्ता भएकी भागरथी माघ २२ गते साँझ विद्यालय र घरको बिचमा पर्ने लवलेक सामुदायिक बनमा बाटोबाट करिब ५० मिटर तल मृत अवस्थामा भेटिएकी थिइन्।  

शरीरको तल्लो भाग निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरीरभरि निलडाम भएको र यौनांगमा रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो। पोष्टमार्टमको रिपोटमा बलत्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो।  

अढाई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाक जस्तै रहस्यकै गर्भमा रहन्छ कि भनेर भागरथीको न्यायका लागि सुदूरपश्चिमका सबै जिल्लामा दिनहुँ प्रदर्शन भइरहँदा प्रहरीलाई दबाब परेको थियो।

प्रहरीले पनि निर्मलाको घटनामा देखिएका कुनै पनि कमजोरी भागरथीको घटनामा नदोहोरिन दिन सुरुदेखि नै गम्भीरतापूर्वक महत्व दिएर अनुसन्धान सुरु गरेको थियो। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक सुवेदी आफैं दोगडाकेदारमा गएर वसे। दुईसाता लामो अनुसन्धानपछि प्रहरीले भागरथीकै भाइ नाता पर्ने गाउँकै १७ वषीय दिनेश भट्टले भागरथीको हत्या गरेको निष्कर्षसहित पक्राउ गरेको थियो। अदालतबाट म्याद थप गरेर दिनेशलाई अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएको छ।

दिनेशलाई घटनास्थलनजिक प्रत्यक्षदर्शीले देखेको, उसको लोकेसन घटनास्थलनजिक देखाएको र दिनेशले साविती बयानमा स्वीकारेको आधारमा दिनेशले नै भागरथीको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो। दिनेशले सरकारी वकिलसमक्ष आफ्ना बावुकैअघि बलत्कारपछि भागरथीको हत्या गरेको बयान दिएपछि अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका भागरथीका आफन्तले १७ दिनमा शव बुझेर अन्त्येष्टि गरेका थिए।
अर्को समाचार
भागरथी हत्याको सफल अनुसन्धान गर्ने दुई प्रहरीको बढुवा
१३ फागुन २०७७
•
३ मिनेट पाठ
भागरथी हत्याको सफल अनुसन्धान गर्ने दुई प्रहरीको बढुवा
रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ बर्षिय किशोरी भागरथीको बलत्कार पछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनिय भुमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका पहरी सहायक निरिक्षक पदम थापालाई प्रहरी नायव निरिक्षकमा बढुवा गरिएको छ । भने ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा दरवन्दी भएर हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान नरबहादुर थापालाई हलल्दार पदमा बढुवा गरिएको उनले बताए ।‘रहस्यमय र जटिल रहेको भागरथीको हत्याको समग्र अनुसन्धानमा उत्कृष्ट भुमिका निर्वाह गरेर दोषी पत्ता लगाउन उल्लेखनिय भुमिका खेलेकाले उनीहरुलाई बढुवा गरिएको हो’उनले भने । बढुवा भएका दुवै जनालाई बिहिवार सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले दज्र्यानी चिन्ह लगाईदिएका छन ।




प्रहरी नायव महानिरिक्षक सहित ५ पुरुस्कृत

यसैगरी प्रहरी प्रधान कार्यालयले भागरथीको बलत्कार र हत्या प्रकरणमा सफल अनुसन्धान गर्न महत्वपुर्ण भुमिका खेलेकोमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुवेदी सहित ५ जनालाई अभिलेखमा रहने गरि नगद सहित पुरुस्कृत गरिएको छ । अन्य पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रमुख प्रहरी नायव उपरिक्षक नरायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय अनुसन्धान व्युरोका प्रहरी नायव उपरिक्षक पन्च कुमार बाखु, महानगरिय प्रहरी कार्यालय रानीपोखरी परिचाालन कक्ष दरबन्दी भएका प्रहरी नायव निरिक्षक दुर्गाकुमार योन्जन र प्रहरी चौकी  हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन ।

माघ २१ गते सनातन धर्म मावि वाट पौने २ बजे घर फर्कदा वेपत्ता भएकी भागरथी माघ २२ गते साँझ बिद्यालय र घरको बिचमा पर्ने लवलेक सामुदायिक बनमा वाटोवाट करिव ५० मिटर तल मृत अवस्थामा भेट्टिएकी थिइन् ।  तल्लो शरिर निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरिरभरी निलडाम भएको र यौनांगमा रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो । पोष्टमार्टमको रिपोटमा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो ।  

अढाई बर्ष अघि कंचनपुरकी १३ बर्षिय वालिका निर्मलाको बलत्कार र हत्याको घटना जस्तै रहस्यकै गर्भमा रहन्छ कि भनेर भागरथीको न्यायका लागी सुदूरपश्चिमका सवै जिल्लामा दिनहुँ प्रदर्शन भैरहदाँ प्रहरीलाई दवाव परेको थियो । प्रहरीले पनि निर्मलाको घटनामा देखिएका कुनै पनि कमजोरी भागरथीको घटनामा नदोहोरिन दिन शुरु देखि नै गंभिरता पुर्वक महत्व दिएर अनुसन्धान शुरु गरेको थियो । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक सुवेदी आफै दोगडाकेदारमा गएर वसे । दुईसाता लामो अनुसन्धान पछि प्रहरीले भागरथीकै भाई नाता पर्ने गाउँकै १७ बर्षिय दिनेश भट्टले भागरथीको हत्या गरेको निष्कर्ष सहित पक्राउ  गरेको थियो । अदालतवाट म्याद थप गरेर दिनेशलाई अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएको छ ।

दिनेशलाई घटनास्थल नजिक करिव ३.२५ प्रत्यक्षदर्शीले देखेको, उसको लोकेसन घटनास्थल नजिक देखाएको र दिनेशले साविती बयानमा स्विकारेको आधारमा दिनेशले नै भागरथीको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो । दिनेशले सरकारी वकिल समक्ष आफ्ना बावुकै अघि बलत्कार पछि भागरथीको हत्या गरेको बयान दिएपछि अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका भागरथीका आफन्तले १७ दिनमा शव बुझेर अन्त्यष्टि गरेका थिए ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस