कर्णालीको पीडा बन्दै प्राकृतिक विपत
०३ माघ २०७७
•
५ मिनेट पाठ
कर्णालीको पीडा बन्दै प्राकृतिक विपत
प्राकृतिक विपत्तीबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ। बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्बाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको पाइएको हो।




कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा बाढी, पहिरो, हावाहुरी र आगलागीबाट गरी १८ करोड २५ लाख बराबर धनजनको क्षति भएको छ। विपतबाट साउन महिनामा आठ करोड ४९ लाख तीन हजार ६८४ रुपैयाँ बराबरका धनजनको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।  

त्यसैगरी भदौमा छ करोड ७१ लाख ६२ हजार ३० रुपैयाँ, असोजमा दुई करोड ५१ लाख ९१ हजार ३ सय रुपैयाँ र कात्तिकमा ११ लाख ९० हजार ३ सय रुपैयाँ बराबरको धनजनको क्षति भएको सहप्रवक्ता श्रेष्ठले बताए। 'गत साउन र भदौमा पहिरो र बाढीबाट धनजनको ठूलो क्षति भयो', उनले भने,'यद्यपि थप क्षति हुनबाट कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको भूमिका राम्रो रह्यो।'

प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार कर्णालीमा सबैभन्दा बढी क्षति क्रमशः पहिरो, आगलागी र बाढीबाट भएको पाइएको छ। चालू आवको चार महिनाको अवधिमा पहिरोबाट  १० करोड ६० लाख ५१ हजार २८४ रुपैयाँ, आगलागीबाट चार करोड ३७ लाख ९१ हजार ६३९ रुपैयाँ र बाढीबाट एक करोड ८२ लाख ९१ हजार ९३१ रुपैयाँ बराबर जनधनको क्षति भएको छ।

हावाहुरीले भने यस प्रदेशमा आठ लाख रुपैयाँ र चट्याङले सबैभन्दा कम एक लाख दुई हजार ६ सय रुपैयाँ बराबर जनधनको क्षति भएको प्रदेश प्रहरी कार्यालयको अभिलेखमा छ। त्यस्तै प्राकृतिक विपत्तीले कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी हुम्ला जिल्लामा क्षति पुर्‍याएको छ। पहिरो र आगलागीका कारण हुम्लामा पाँच करोड ४४ लाख ९४ हजार १६० रुपैयाँ बराबर धनजनको क्षति भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

उनले अगाडि भने, 'पहिराको जोखिमका हिसाबले दोस्रोमा दैलेख रहेको छ। यो वर्षको पहिलो चौमासिकमा दैलेखमा पहिराकै कारण चार करोड १२ लाख १६ हजार ९ सय रुपैयाँको जनधन क्षति भएको छ। सुर्खेत भने बाढी र आगलागीको चपेटामा परेको छ। ती दुवै विपत्तीबाट सुर्खेतले तीन करोड ४८ लाख दुई हजार ५ सय रुपैयाँ बराबरको जनधनको क्षति व्यहोर्नु परेको छ।'  

बाढी, पहिरो, आगलागी हावाहुरी, चट्याङजस्ता विपत्तीबाट जाजरकोटले एक करोड ९३ लाख सात हजार २५०, जुम्लाले एक करोड ४० लाख ५८ हजार १ सय रुपैयाँ, कालीकोटले ७८ लाख ३६ हजार ४३४ रुपैयाँ, सल्यानले ३२ लाख ८२ हजार १३१ रुपैयाँ, मुगुले २९ लाख ४२ हजार २ सय रुपैयाँ र सबैभन्दा कम डोल्पाले १७ लाख ४२ हजार २ सय बराबरको जनधनको क्षति व्यहोरेको छन्।

साउनमा २२ वटा विपत्तीका घटना हुँदा ३७६ घर क्षति भएका छन्। त्यसबाट १९ महिला र १८ पुरुष गरी ३७ जनाको मृत्यु, पाँच जना बेपत्ता, ३१ घाइते, एक हजार ४१३ परिवार विस्थापित र २१२ पशुचौपायाको मृत्यु भएको छ। भदौमा २१ विपत्तीका घटनाबाट ३४३ घर क्षति, १४ पुरुष र छ महिला गरी २० जनाको मृत्यु, चार बेपत्ता, १७ घाइते, ५८८ परिवार विस्थापित र ३०३ पशुचौपायाको मृत्यु भएको जनाइएको छ।

त्यस्तै असोजमा १३ विपत्तीका घटना घट्दा एक जना घाइते, ४५ परिवार विस्थापित तथा कात्तिकमा छ विपत्तीका घटनाबाट १६ घर क्षति, दुई महिला एक पुरुष गरी तीन जना मान्छे र तीन पशु चौपायाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पहिरो, बाढी र आगलागीका कारण कालीकोटले सबैभन्दा बढी मानवीय क्षति भोग्नुपर्‍यो।

यो चार महिनाको अवधिमा विपत्तीका कारण कालीकोट जिल्लामा २३ महिला र २१ पुरुष गरी ४४ जनाले ज्यान गुमाए भने सात जना अझै बेपत्ता रहेका छन्। बाँकी मृत्यु हुनेमा अन्य जिल्लाका नागरिक रहेको प्रहरीले जनाएको छ। भूगर्भविद्हरुले यसअघिदेखि नै कर्णाली तथा तिला नदी किनारमा रहेका बस्ती उठाएर सहजमा ठाउँमा व्यवस्थापन गर्नुपर्ने अन्यथा ठूला घटना घट्ने चेतावनी दिँदै आएका छन्।

प्रदेश प्रहरी कार्यालयको यस वर्षको तथ्याङ्कले जुम्ला कर्णाली प्रदेशमै हावाहुरी, हिमपहिरो, बाढी र पहिराको जोखिममुक्त जिल्लाका रुपमा देखिएका छ। आगलागीका घटना भने जुम्लामा पटकपटक हुँदै आएका छन्। डोल्पा जिल्ला पहिरोबाहेक अन्य जोखिममुक्त नै रहेको पाइएको छ।

सहप्रवक्ता श्रेष्ठका अनुसार कर्णालीका सबै जिल्ला सदरमुकाम र स्थानीय तहमा आगलागी हुँदा घटनास्थलमा न सजिलै दमकल जाने बाटो छ न त प्राकृतिक विपत्तीमा आवश्यक तालीम प्राप्त जनशक्ति नै। कठिन भूगोल, आवश्यक उपकरण र जनशक्ति अभावले पनि बेलैमा उद्धार तथा राहतका कार्य हुन नसकेको उनको भनाइ छ। उनले जोखिम क्षेत्रको पहिचान गरी त्यहाँको समस्याको समाधान गर्न सम्बन्धित निकायले समयमै पहल गर्नुपर्ने कुरा सुनाए।

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले कर्णालीमा विपद्का विषयमा नागरिक सचेत नुहुनु र भिरालो जमीनका कारण पहिरो एवं बाढी जाँदा धनजनको ठूलो क्षतिको भएको बताउँछन्। क्षति बढ्नुका कारण यातायातको सहज पहुँच र विपत्का विषयमा नागरिकमा सचेतीकरण नभएको प्रहरी नायब महानिरीक्षक पन्तको भनाइ छ। 'भौगोलिक विकटताले बाढी र पहिरो जाँदा, आगलागी हुँदा या चट्याङ पर्दा न बेलैमा घटनास्थलमा जान सकिन्छ न त जानकारी लिन नै पाइन्छ', उनले भने, 'मौसम र सूचनाको प्रभावकारिता हुन नसक्नुले पनि कर्णालीमा धनजनको बढी क्षति भएको हो।' मानवीय सावधानीको कमीका कारण पनि विपत् जोखिमको सामना गर्नु परेको उनको भनाइ थियो।

प्रहरी नायब महानिरीक्षक पन्त भन्छन्, 'कर्णाली प्रदेशका अधिकांश बस्ती भिरोलो जमीनमा अवस्थित छन्। त्यसमा धेरै बस्ती निकै जोखिमपूर्ण अवस्थामा पनि छन्। तिनलाई व्यवस्थापन गर्न र भावी दिनमा आइलाग्ने सम्भावित जोखिमबाट जोगाउन सङ्घ, प्रदेश तथा स्थानीय तहका सरकारहरुले ध्यान दिनुपर्दछ।'

कर्णालीमा पहिलो पहिरो, दोस्रो आगलागी र तेस्रोमा बाढीको विपत्ती बढी भएको तथ्याङ्कले देखाएको छ। तीलगायत तीनै विपत्तीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारको विपत् व्यवस्थापन केन्द्र र सम्बन्धित जिल्लामा रहेका जिल्ला विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरणका दूरगामी प्रभाव पार्ने रणनीतिक योजना तयार गर्नुपर्ने कुरा जानकारहरुले सुझाएका छन्।रासस
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस