पर्यटकीय लेक जोड्दै सडक
१९ पौष २०७७
•
३ मिनेट पाठ
पर्यटकीय लेक जोड्दै सडक
पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ। गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्‍याउन तीन वर्षअघि काम थालिएको थियो। करिब तीन किमी सडक बनेको र दुई किमीमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ। पहिलो वर्ष गलकोट नगरपालिकाको आठ लाख रुपैयाँ बजेटबाट एक हजार ७०० मिटर सडक खनिएको थियो।  




गत वर्ष सङ्घको पर्यटन मन्त्रालयबाट आएको १३ लाख रुपैयाँबजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए। चालु आवमा पनि सोही मन्त्रालयकै सात लाख रुपैयाँ बजेटबाट काम भइरहेको उनको भनाइ छ। 'अहिले कडा चट्टानयुक्त पहरा परेकाले मार्ग खोल्न ढिलाइ हुने र बजेट पनि अपुग हुने देखिएको छ', अध्यक्ष बस्नेतले भने, 'स्थानीयदेखि प्रदेश र सङ्घ सरकारको थप सहयोग चाहिएको छ, बजेट भए सडक चाँडै बन्छ।'

टेउवासम्म विसं २०६४ मै सडक पुगे पनि घुम्टे जोड्ने सडक योजना धेरैपछि बनेको हो। एकै वर्षमा सकिने काम भए पनि बजेटको सीमितताका कारण निर्माण अवधि लम्बिरहेको छ। दुई वर्ष लगाएर टेउवास्थित नेटाको पोखरीबाट तल्लो देउरालीसम्म मार्ग खोलिएको थियो। त्यहाँदेखि अघि पहरा परेकाले बजेट पनि बढी लाग्ने भएको छ। उपल्लो देउरालीसम्म सडक जोडिँदा घुम्टे चढ्ने पर्यटकको यात्रा छोटिने छ। देउरालीभन्दा माथि भने झण्डै एक घण्टाको पदयात्रामा घुम्टे पुग्न सकिन्छ।

धुरीमै सडक लैजाँदा घुम्टेको प्राकृतिक सौन्दर्य पनि नासिने र मौलिकता पनि गुम्ने हुँदा देउरालीसम्म मात्रै सडक पुर्याउने योजना छ। “पर्यटकलाई त यसै सुविधा हुन्छ, माथि धेरै संरचना बनाउनुपर्ने छ, गाडी पुग्यो भने सामग्री पुर्याउन पनि सहज हुन्छ”, अध्यक्ष बस्नेतले भने। यसअघि खच्चडलाई निर्माण सामग्री बोकाएर घुम्टेको शीरमा रहेका मन्दिर, पदमार्गलगायतका संरचना बनाइएको थियो। नजिकमा बस्ती नभएका कारण मजदुरले वनमै बास बसेर काम गरेका थिए।

सडक सुविधा पुग्नासाथ घुम्टे चढ्ने पर्यटक/भक्तजनको सङ्ख्या ह्वात्तै बढ्ने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए। उनका अनुसार घुम्टे पुग्न पदमार्ग र सडक दुवै विकल्प प्रयोग गर्न सकिने छ। 'हिँड्न रुचाउनेका लागि व्यवस्थित पदमार्ग बनेको छ, गाडीमा जानेले पनि केहीबेर पदयात्राको अनुभव सँगाल्न पाउँछन्', वरिष्ठ उपाध्यक्ष थापाले भने। तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे लेक पदयात्राका सौखिनका लागि उपयुक्त गन्तव्य मानिन्छ।

पर्यटकलाई लक्ष्य गरी केही वर्षअघि टेउवा हुँदै घुम्टे जोड्ने पदमार्गसमेत निर्माण भइसकेको छ। गलकोट नगरपालिका–७ मल्म हुँदै जोड्ने अर्को पदमार्ग पनि अहिले निर्माणाधीन अवस्थामा छ। वडा नं १० पाण्डवखानी र ताराखोला गाउँपालिका–३ हिलदेखि पनि पैदल घुम्टे चढ्न सकिन्छ। हिलबाट पनि सडक मार्ग पुर्याउने योजना अघि बढाइएको छ। गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टे धार्मिक, प्राकृतिक एवं जैविक महत्वका दृष्टिले धनी छ। घुम्टेमा रहेका सिद्ध र भैरवको मन्दिरमा बर्सेनि वैशाखे पूर्णिमामा विशेष पूजाआजा हुन्छ। त्यहाँ भाकल गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

यस्तै नयाँ वर्षमा गुराँस उत्सव आयोजना गरिन्छ। मनोरम भू–बनोट, हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको अवलोकनका लागि घुम्टे आकर्षक गन्तव्य मानिन्छ। बागलुङ सदरमुकामदेखि ४५ किमी गाडीको यात्रापछि गलकोट पुगिन्छ। गलकोट हटियाबाट कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ। टेउवाबाट पैदल अढाइ÷तीन घण्टामा घुम्टे चढिन्छ। घुम्टेलाई गन्तव्य बनाउँदा त्यस आसपासका पर्यटकीयस्थल गाईघाट झरना, गलकोट दरबार, खुला आधुनिक मूर्तिकला सङ्ग्रहालयसमेत घुम्न सकिन्छ।रासस
अर्को समाचार
सडकले जोड्दै पर्यटकीय लेक घुम्टे
१९ पौष २०७७
•
३ मिनेट पाठ
सडकले जोड्दै पर्यटकीय लेक घुम्टे
पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ। गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्‍याउन तीन वर्षअघि काम थालिएको थियो। करिब तीन किमी सडक बनेको र दुई किमीमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ। पहिलो वर्ष गलकोट नगरपालिकाको आठ लाख रुपैयाँ बजेटबाट एक हजार ७०० मिटर सडक खनिएको थियो।  




गत वर्ष सङ्घको पर्यटन मन्त्रालयबाट आएको १३ लाख रुपैयाँ बजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए। चालु आवमा पनि सोही मन्त्रालयकै सात लाख रुपैयाँ  बजेटबाट काम भइरहेको उनको भनाइ छ। “अहिले कडा चट्टानयुक्त पहरा परेकाले मार्ग खोल्न ढिलाइ हुने र बजेट पनि अपुग हुने देखिएको छ”, अध्यक्ष बस्नेतले भने, “स्थानीयदेखि प्रदेश र सङ्घ सरकारको थप सहयोग चाहिएको छ, बजेट भए सडक चाँडै बन्छ।”

टेउवासम्म विसं २०६४ मै सडक पुगे पनि घुम्टे जोड्ने सडक योजना धेरैपछि बनेको हो। एकै वर्षमा सकिने काम भए पनि बजेटको सीमितताका कारण निर्माण अवधि लम्बिरहेको छ। दुई वर्ष लगाएर टेउवास्थित नेटाको पोखरीबाट तल्लो देउरालीसम्म मार्ग खोलिएको थियो। त्यहाँदेखि अघि पहरा परेकाले बजेट पनि बढी लाग्ने भएको छ। उपल्लो देउरालीसम्म सडक जोडिँदा घुम्टे चढ्ने पर्यटकको यात्रा छोटिने छ। देउरालीभन्दा माथि भने झण्डै एक घण्टाको पदयात्रामा घुम्टे पुग्न सकिन्छ।

धुरीमै सडक लैजाँदा घुम्टेको प्राकृतिक सौन्दर्य पनि नासिने र मौलिकता पनि गुम्ने हुँदा देउरालीसम्म मात्रै सडक पुर्‍याउने योजना छ। “पर्यटकलाई त यसै सुविधा हुन्छ, माथि धेरै संरचना बनाउनुपर्ने छ, गाडी पुग्यो भने सामग्री पुर्‍याउने पनि सहज हुन्छ”, अध्यक्ष बस्नेतले भने। यसअघि खच्चडलाई निर्माण सामग्री बोकाएर घुम्टेको शीरमा रहेका मन्दिर, पदमार्गलगायतका संरचना बनाइएको थियो। नजिकमा बस्ती नभएका कारण मजदुरले वनमै बास बसेर काम गरेका थिए।

सडक सुविधा पुग्नासाथ घुम्टे चढ्ने पर्यटक/भक्तजनको सङ्ख्या ह्वात्तै बढ्ने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए। उनका अनुसार घुम्टे पुग्न पदमार्ग र सडक दुवै विकल्प प्रयोग गर्न सकिने छ। तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे लेक पदयात्राका सौखिनका लागि उपयुक्त गन्तव्य मानिन्छ।

पर्यटकलाई लक्ष्य गरी केही वर्षअघि टेउवा हुँदै घुम्टे जोड्ने पदमार्गसमेत निर्माण भइसकेको छ। गलकोट नगरपालिका–७ मल्म हुँदै जोड्ने अर्को पदमार्ग पनि अहिले निर्माणाधीन अवस्थामा छ। वडा नं १० पाण्डवखानी र ताराखोला गाउँपालिका–३ हिलदेखि पनि पैदल घुम्टे चढ्न सकिन्छ। हिलबाट पनि सडक मार्ग पुर्याउने योजना अघि बढाइएको छ। गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टे धार्मिक, प्राकृतिक एवं जैविक महत्वका दृष्टिले धनी छ। घुम्टेमा रहेका सिद्ध र भैरवको मन्दिरमा बर्सेनि वैशाखे पूर्णिमामा विशेष पूजाआजा हुन्छ। त्यहाँ भाकल गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

यस्तै नयाँ वर्षमा गुराँस उत्सव आयोजना गरिन्छ। मनोरम भू–बनोट, हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको अवलोकनका लागि घुम्टे आकर्षक गन्तव्य मानिन्छ। बागलुङ सदरमुकामदेखि ४५ किमी गाडीको यात्रापछि गलकोट पुगिन्छ। गलकोट हटियाबाट कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ। टेउवाबाट पैदल अढाइ/तीन घण्टामा घुम्टे चढिन्छ। घुम्टेलाई गन्तव्य बनाउँदा त्यस आसपासका पर्यटकीयस्थल गाईघाट झरना, गलकोट दरबार, खुला आधुनिक मूर्तिकला सङ्ग्रहालयसमेत घुम्न सकिन्छ। रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस