ताप्लेजुङ फेरि कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ। शनिवार प्राप्त १० जनाको रिपोर्ट मध्ये यसअघि संक्रमित २ जनाको रिपोर्ट पनि नेगेटिभ आएसंगै ताप्लेजुङ कोरोना संक्रमण मुक्त जिल्ला बनेको हो। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले पछिल्लो नतिजासंगै ताप्लेजुङ संक्रमण शुन्य जिल्ला बनेको जानकारी दिए।
संक्रमण घट्दो दरमा रहेको र अधिकारवाला संस्थाले भवन खाली गरिदिन अनुरोध गरेको भन्दै गत आइतवारबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघका रहेको संस्थागत क्वारेन्टिन पनि खाली गरिएको छ। यसअघि पनि पटक–पटक ताप्लेजुङमा संक्रमण शुन्य हुँदै फेरि थपिँदै गएका थिए।