नेपाल बार एसोसिएसन केन्द्र र सर्वोच्च अदालत बारले सर्वोच्च अदालतले मागेको एमिकस क्युरी (अदालतका सहयोगी) पठाउने निर्णय गरेको छ। सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आवश्यक राय लिन सर्वोच्चले माग गरे बमोजिम केन्द्र बार र सर्वोच्च बारले पाँचजना वरिष्ठ अधिवक्ता पठाउने निर्णय गरेको हो। नेपाल बार एसोसिएसनको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले तीनजना वरिष्ठ अधिवक्ता पठाउने निर्णय गरेको थियो।
एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई पठाउने निर्णय गरेको बारका महासचिव लिलामणि पौडेलले बताए। कार्की पूर्व महान्यायाधिवक्ता हुन्। खरेल नेपाल बारका पूर्वमहासचिव र मैनाली बारका पूर्व कोषाध्यक्ष हुन्। सर्वोच्च बारको शुक्रबार बसेको बैठकले वरिष्ठ अधिवक्ताहरू खगेन्द्र अधिकारी र पूर्णमान शाक्यलाई एमिकस क्युरीको रूपमा पठाउने निर्णय गरेको छ। अधिकारी सर्वोच्च बारका निवर्तमान अध्यक्ष हुन् भने शाक्य भर्खरै निर्वाचित अध्यक्ष हुन्।
सर्वोच्च अदालतले जटिल मुद्दामा निर्णय दिँदा विज्ञको राय लिनको लागि वरिष्ठ अधिवक्ता, अधिवक्तामध्येबाट एमिकस क्युरी मगाउने चलन छ। त्यसै अनुसार नेपाल बार एसोसिएनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसिएसनबाट २ जना वरिष्ठ अधिवक्ता र अधिवक्तामध्येबाट अदालतको सहयोगी मागेको थियो।