चुनावले होइन अभावले छोएको छ
१७ पौष २०७७
•
२ मिनेट पाठ
चुनावले होइन अभावले छोएको छ
सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ। ‘धानमा पनि मल हाल्न पाएनौं,’ उनले भने, ‘अहिले गहुँमा उस्तै समस्या भोग्दै छौं।’ सरकारले पर्याप्त मल ल्याउन नसकेपछि सीमावर्ती सहरबाट आफैं मल ल्याउँदा पनि समस्या भोगेको उनले सुनाए। ‘कृषिप्रधान देशको सरकार किसानसँग पैसा लिएर मलसमेत बेच्न सक्दैन,’ उनले भने, ‘अब सकारबाट अरू के आस गर्ने ?’




ग्रामीण भेगका किसानलाई भोट हाल्ने विषयले होइन, बालीमा मल कसरी हाल्ने भन्ने चिन्ताले छोएको छ। गरिब बस्तीका मुसहरलाई चुनावले होइन, पुसको चिसोले छोएको छ।  
उनको जस्तै भोगाइ छ, पर्सा परसवाका तुला माझीको पनि। १५ वर्ष पुरानो बूढो सिरक फाटेकाले उनलाई चुनावले होइन, चिसोले छोएको छ। ‘जाडोबाट बाँच्ने–मर्ने ठेगान छैन,’ घरअगाडि घुर (वरिपरि जम्मा भएर आगो ताप्ने) ताप्दै गरेका माझीले भने, ‘भोट हाल्नेभन्दा पनि जाडोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ।’ नागेन्द्र र तुलाको मात्र होइन, मध्य तराईका सर्वसाधारणको साझा समस्या यस्तै हो। बाक्लो कुहिरोमा परालको आगो ताप्दै जिउ तताउने यहाँका सर्वसाधारणलाई न त संसद् भंग भएको पीडा छ न त चुनावमा भोट हाल्ने उत्साह नै। पटकपटक भोट हालेर पनि दिनप्रतिदिन आफैंसँग पराजित हुँदै छन्।  

पहिला पहिलाको चुनावताका यहाँका घुरमा राजनीतिक चर्चा बाक्लै हुने गथ्र्याे। कुन पार्टीले राम्रो गर्ला ? कसले विकास गर्ला ? भन्ने चर्चा हुन्थ्यो। तर अहिले घुरमा समस्या र अभावका कुरा सुनिन्छन्। ‘ठूला भनेका सरकारबाट जनताका ससाना समस्या पनि समाधान हुन सकेन,’ अम्रुल्ला अन्सारी भन्छन्, ‘त्यसैले उनीहरू राजनीतिबाट निराश छन्।’ फरक समयमा फरकफरक पार्टीलाई भोट हालेका उनीहरूले सबै दलमा साझा समस्या देखेको बताउँछन्। ‘भोट माग्न गाउँ आउने, जितेपछि हराउने’ चलनबाट उनीहरू आजित छन्।  

‘यहाँका जनताले सूर्य, रूख, हँसियाहथौडा, हलो सबैतिर भोट हाले,’ वीरगन्ज–३१ का दीपक श्रेष्ठले भने, ‘न जाडोमा न्यानो पाएँ न त गर्मीमा शीतलता नै महसुर गरें।’ गरिबीको अभावमा रहेका किसानले हँसियाले समस्या छिमोल्न नसकेको अनि भूमिहीन किसानले जमिन जोत्न नपाएको उनी सुनाउँछन्।  

तराईवादी पार्टीबाट जीवनमा केही परिवर्तन हुने आशा गरेका उनीहरूको विश्वास पनि हराउँदै गएको उनको बुभाइ छ। ‘सरकार जनताको मन जित्नेभन्दा पनि चुनाव जित्ने दाउमा मात्र छ,’ श्रेष्ठले भने, ‘चुनावमा जुन दललाई जिताए पनि जनता आफैं भने सधैं पराजित छन्।’  

यहाँका सर्वसाधारणले धेरै सरकार देखे तर जीवनमा खासै परिवर्तन आउन नसकेको सामाजिक अगुवा नागेश्वर जैसवाल बताउँछन्। ग्रामीण भेगका सर्वसाधारणले पटकपटक भोट हाले पनि उनीहरूको हालत नसुध्रिएको उनको बुझाइ छ। ‘यहाँका जनतालाई चुनावले होइन, सदियौंदेखि अभावले छोएको छ,’ उनले भने, ‘पटकपटकको धोकापछि उनीहरू निराश हुन थालेका छन्।’ सरकारी कार्यालयमा हुने ढिलासुस्ती, भिडभाड र घुस लिने चलनबाट उनीहरू झनै आजित छन्। 

‘जमिनको नियमबद्ध काम पूरा गराउन पनि मालपोत कार्यालयमा दलालको सहारा लिनुपर्छ,’ उनले भने, ‘वर्षौंदेखि दलालको हातमा पैसा बुझाएपछि काम हुने अवस्थामा रहेका सर्वसाधारणले नयाँ बन्ने सरकारबाट के आस गर्ने ?’
अर्को समाचार
चुनाव आउँदैछ, देशभक्तलाई जनादेश दिनुस्: प्रधानमन्त्री
२० माघ २०७७
•
३ मिनेट पाठ
चुनाव आउँदैछ, देशभक्तलाई जनादेश दिनुस्: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको ‘अब शाकाहारी आन्दोलनको काम छैन’ भन्ने अभिव्यतिप्रति लक्षित गर्दै उनले आदमखोर आन्दोलन गर्न चाहेको तर नेपालमा अब त्यो सम्भव नभएको बताएका छन्।




नेकपा ओली समूहका अध्यक्षसमेत रहेका ओलीले भने, ‘उहाँ (दाहाल) ले चिकेन चिल्ली खान खोज्या हो ? त्यसो त पक्कै होइन होला। उहाँ मांसाहारी मात्र होइन, आदमखोर आन्दोलन, मान्छे मार्ने आन्दोलन गर्न खोज्दै हुनुहुन्छ। म उहाँलाई भन्न चाहन्छु, अब नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन, कुनै धृष्टता नगर्नुहोला। हिजोको जमाना यो होइन। हिजो केपी ओली प्रधानमन्त्री थिएन, झुक्याइयो होला, झुक्याउन सफल हुनुभयो होला। जनतालाई सुन्दर सपना देखाएर अलमल्याउनुभयो होला। अब कोही अलमलिनेवाला छैनन्, त्यो कुरा बुझे हुन्छ।’ उनले अगाडि थपे, ‘आदमखोर आन्दोलन अब चल्न सक्दैन। त्यसकारण तपाईंले साग खानुको अर्को विकल्प छैन। अब सागै खानुपर्छ। अर्कोतिर नसोचे हुन्छ।’

प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन हुने बताए। स्व. हेमनारायण यादवको १७औं स्मृतिसभालाई सोमबार सम्बोधन गर्दै ओलीले निर्वाचन तोकिएको मितिभन्दा एक दिन पनि पर नसर्ने ठोकुवा गरे। उनले भने, ‘प्रदेश २ मा वैशाख १७ गते नै चुनाव हुन्छ। चुनावको तयारीमा लागिहाल्नुस्।’ उनले चुनाव तयारीमा निर्वाचन आयोग लागेकाले वैशाखमा तोकिएको चुनाव कुनै पनि हालतमा पर नसर्ने बताए। देशविरुद्ध षड्यन्त्र गर्ने र भ्रष्ट तत्वलाई आगामी निर्वाचनबाट बिदा गर्नुपर्ने पनि उनले बताए।

प्रधानमन्त्री ओालीले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएको भन्दै चित्त दुखाए। ‘केपी ओली मधेसीविरोधी हो भनेर कानकानमा पुर्‍याएका होलान्। अत्यन्त प्रतिकूल समयमा पनि तराईमधेसले हामीलाई माया गर्‍यो,’ उनले भने, ‘हामीलाई राम्रो मत दिएर मधेसका जनताले जिताए। अहिले त तराईमधेस जागेको छ, जुरमुराएको छ। यहाँका बासिन्दाले देश बनाउने र बिगार्ने को हो भन्ने बुझिसकेका छन्। म तराईमधेसका जनतालाई सलाम भन्न चाहन्छु। यो मधेस २००७ साल, २००९ साल, २०१५ साललगायतका आन्दोलनमा हरदम सरिक भएको छ। यो मधेस आज फेरि जागेको छ, म प्रशंसा गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले आफूले नै मधेसको विकास गर्ने बताए। ‘केपी ओलीले नै मधेस बनाउँछ, बाटो, ढल र सिँचाइ, अस्पताल, स्कुल सबै बनाउँछ। तराईमा सिँचाइ गर्न पहाड छेडेर सुनकोसी मरिन डाइभर्सन ल्याउँदैछाैं। अब तुरुन्तै शिलान्यास हुँदैछ। निजगढमा ठूलो विमानस्थल बनाउँदैछौं। द्रुत मार्गको कामसमेत तीव्र गतिमा अघि बढिरहेको छ। मधेसको समग्र विकासका लागि यो सरकार प्रतिबद्ध छ।’ ओलीले हुलाकी राजमार्ग पनि छिट्टै सम्पन्न हुने बताए।

ओलीले मधेस अन्नको भण्डार भएको बताए। उनले भने, सिँचाइको भरपर्दो प्रबन्ध गर्ने हो भने अन्न आयात होइन, निर्यात गर्न सक्छौं।’ उनले आफू नेतृत्वको सरकार र पार्टीले नै देखि विकास गर्ने दाबी गर्दै भने, ‘हामी नवलपरासीमा ठूलो फलाम खानी स्थापना गर्दैछौं। अब हाम्रै देशमा रड, छड, औजार उपकरण उत्पादन हुन्छ। हामी कृषि मल कारखाना स्थापना गर्दैछौं। हामी दैलेखमा पेट्रोल डिजेल खानीको अध्यन सुरुवात गर्दैछौं। हामीलाई खपत हुने खपत गर्छौै, बाँकी निर्यात गर्छौं। चुनाव आउँदैछ, तपाईंहरू देशभक्तलाई जनादेश दिनुस्।’ ओलीले तीन वर्षदेखि सिथिल भएको पार्टी केही मानिस पाखा लागेपछि जुरमुराएको दाबी गरे।

ओलीले प्रतिनिधिसभा विघटन संविधानअनुसार गरिएको दाबी गरे। उनले भने, ‘विघटन संवैधानिक छ, चुनाव हुन्छ। सांसद किनबेच गरेर नक्कली सरकार बनाउने काम अब हुँदैन। अब जनताको जनादेशबाट सरकार बन्छ। किनबेचबाला सरकार अब बन्दैन।’ कार्यक्रममा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद् पुनस्र्थापना कुनै पनि हालतमा नहुने बताए।

देशकै ठूलो सबस्टेसन उद्घाटन

धनुषाको ढल्केवरमा सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको देशकै ठूलो ४ सय केभीको सब–स्टेसनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। सबस्टेसन उद्घाटनपछि प्रधानमन्त्री ओलीले भने, ‘अब नेपाल ऊर्जामा आत्मनिर्भर बन्दै गएको छ। यो सबस्टेसनको सञ्चालनले देश जलविद्युत्मा आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने हैसियमा पुगेका छौं। अब भारत–नेपाल विद्युत् आदानप्रदानको आधारशिला तयार भएको छ।’ उनले एकदुई वर्षभित्रै जुनसुकै सिजनमा पनि नेपाल विद्युत्मा आत्मनिर्भर हुने बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस