सुरक्षामा खटिने प्रहरी नै असुरक्षित
१२ पौष २०७७
•
३ मिनेट पाठ
सुरक्षामा खटिने प्रहरी नै असुरक्षित
जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न नसक्दा महँगो भाडा तिरेर कामकाज सञ्चालन गर्दै आइरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भाडामा लिइएका ५ सय ६३ वटा प्रहरी कार्यालयको वार्षिक भाडादर १० करोड २९ लाख रुपैयाँ तिनुपर्छ । हरेक वर्ष करोडौं भाडा तिर्न सके पनि स्थायी भवन बनाउनतिर चासो नराख्दा प्रहरी संगठन झन् कमजोर हुँदै गएको छ ।




एकातर्फ आफ्नै कार्यालय नहुँदा साँघुरो ठाउँबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता र अर्कातर्फ महँगो भाडा तिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले कुनै कदम चालेको देखिँदैन । प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले प्रहरी कार्यालयहरूको भाडा महँगो भएकाले आफ्नै भवन भए राज्यको खर्च बच्ने बताए । उनले भने, ‘भाडाका भवनबाट कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता प्रहरीलाई छ, अझ कति प्रहरी कार्यालय त साँघुरा छन्, त्यस्तो ठाउँबाट सेवा प्रवाह गर्न प्रहरीलाई कठिनाइ भइरहेको छ ।’ उनका अनुसार देशभर प्रहरीका सबैजसो कार्यालयको संख्या १ हजारको हाराहारीमा छ । तीमध्ये आधाभन्दा बढी कार्यालय भाडाका भवनबाट सञ्चालन हुने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रदेश १ का ६४, प्रदेश २ का ४२, वाग्मती प्रदेशका ८१, गण्डकीका ८३, लुम्बिनीका ९४, कर्णालीका ९८, सुदूरपश्चिमका ६५ वटा कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । त्यस्तै महानगरीय प्रहरी र केन्द्रीय प्रहरी मातहतका ३२ वटा कार्यालय भाडाका घरबाट सञ्चालन भइरहेका छन् । सरकारले सरकारी जग्गा भए पनि प्रहरी भवन बनाउन चासो नदेखाउँदा उपत्यकाबाहिरका प्रहरी कार्यालयहरूले जोखिम मोलेर सुरक्षा दिइरहेका छन् । कतिपय प्रहरी कार्यालय अझै पनि टेन्टबाट सञ्चालन भइरहेका छन् । काठमाडौं उपत्यकाभित्र मुख्य प्रहरी कार्यालयका केही शाखा पनि पालमुनि सञ्चालनमा छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र भक्तपुरले भवन साँघुरो भएका कारण केही शाखा पालमुनि सञ्चालन गरिरहेका छन् । त्यस्तै महानगरीय अपराध महाशाखाको कार्यालय पनि भाडाको भवनबाट सञ्चालन हुँदै आइरहेको छ । उपत्यकाभित्रकै प्रहरी कार्यालयसमेत भाडाका घरबाट सञ्चालन भइरहँदा बाहिरका प्रहरी कार्यालयहरूको अवस्था झन् चिन्ताजनक छ । प्रहरी प्रधान कार्यालयले ५ सय ६३ वटा कार्यालयको भाडा तिर्न २ सय ४२ वटा युनिटमार्फत भाडा बुझाउने गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशभित्रका प्रहरी कार्यालयहरू भाडाका भवनबाट सञ्चालन हुँदै आइरहेका छन् ।  

भूकम्पमा भत्किएका ९८ भवन बने  

२०७२ सालको भूकम्पमा नेपाल प्रहरी बसोबास गर्दै आएका १ सय ५ वटा प्रहरी कार्यालय ध्वस्त भएका थिए । तीमध्ये ९८ वटा प्रहरी कार्यालयको पुनर्निर्माण सकिएको छ । भूकम्पपछि टेन्ट र जस्तामुनि बसेर शान्तिसुरक्षा प्रदान गर्दै आइरहेको प्रहरीलाई भवन बनेपछि केही सहज भएको छ । प्रहरी प्रधान कार्यालयभित्रका दुईवटा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको एउटा भवन बनिसकेका छन् । त्यस्तै महानगरीय प्रहरी कार्यालयअन्तर्गतका पाँचवटा प्रहरी कार्यालय पनि निर्माण भइसकेका छन् ।

प्रदेश १ मा पर्ने एउटा, बागमती प्रदेशभित्रका ६२ वटा, गण्डकी प्रदेशका ११ वटा र लुम्बिनी प्रदेशको एउटा भवन पुनर्निर्माण सकिएर सञ्चालनमा आइसकेका छन् । सातवटा भवन निर्माण कार्य भने अझै अन्योलमा छ । यसबाहेक अझै ५ सय ६३ वटा प्रहरी कार्यालय सरकारले निर्माण गर्न सके प्रहरीलाई शान्तिसुरक्षा प्रवाह गर्न सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् । 

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले प्रहरीलाई अझै पनि भौतिक पूर्वाधारको कमी भइरहेको बताए । ‘हामी सधैं प्रहरीमाथि प्रश्न उठाइरहन्छौं तर प्रहरीले कस्तो संरचनामा बसेर शान्तिसुरक्षा दिएको छ भन्नेबारे सोच्दैनौं,’ उनले भने । उनले प्रदेश ५ का ९४ वटा प्रहरी कार्यालय भाडाको भवनबाट सञ्चालन भइरहेको बताए ।
अर्को समाचार
प्रहरी हिरासत नै असुरक्षित
२६ असोज २०७८
•
३ मिनेट पाठ
प्रहरी हिरासत नै असुरक्षित
भैसि चोरेको आरोपमा प्रहरीले सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय युवक धनबहादुर रानालाई आइतबार कैलाली लम्की चुहा–५ बाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राख्यो। राना सोमबार बिहान हिरासतको शौचालयमा मृत फेला परे।




राना शौचालयको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन्। बिहान ६ बजेतिर अर्को एक थुनवाले शौचालयको भेन्टिलेसनको जाली च्यातिएको र झ्यालको फलामे डण्डामा झुण्डिएको अवस्थामा उनलाई देखेको उनले बताए। ‘सिसी क्यामेरामा हेर्दा राना रातमा धेरैपटक शौचालय जाने–आउने गरेको देखिन्छ, बिहान ५.३२ मिनेटमा शौचालयमा उनी प्रवेश गरेपछि फर्केनन्, ६ बजेतिर अर्का थुनुवा शौचालय जाँदा उनले झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरे,’ प्रहरी उपरीक्षक अधिकारीले भने। उनी आफ्नै सेती गन्जीले झुण्डिएको उनले बताए। बिहान ड्युटीमा रहेका प्रहरी पनि झण्डा उठाउने प्रक्रियामा सहभागी हुन गएका बेला घटना घटेको उनको भनाइ छ।

प्रहरीको हिरासत भित्रै थुनुवाको मृत्यु हुनुमा केही कमजोरी रहेको उनले स्वीकारे। प्रहरीको हिरासतभित्रै युवकको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक सागर बोहराको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको उनले बताएका छन्। विस्तृत कुरा छानबिन समितिले बाहिर ल्याउँला। तर कैलालीमा प्रहरी हिरासतमा पटकपटक मृत्यु हुने गरेकोमा स्थानीयको, मानवअधिकारकर्मी र नागरिक समाजले हिरासत असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

विसं. २०७७ भदौ २१ गते पसलवाट मोबाइल चोरीको आरोपमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राख्यो। भदौ २६ गते बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको मृत्यु भयो। बिहान वाथरुमामा आफूले लगाएको सर्ट फुकालेर झुण्डिँदा ती युवकको ज्यान गएको प्रहरीको भनाइ थियो। युवकको शव हेर्दा नाकबाट रगत बगेको, निधारमा, आँखामा र मुखमा पनि चोट लागेकोले आफन्तले हत्या भएको भन्दै विरोध प्रदर्शनसमेत गरेका थिए।

यसैगरी विसं २०७७ साउन २९ मा धनगढी उपमहानगरपालिका १४ फुलबारीका अमरबहादुर चन्द प्रहरी चौकीको हिरासतमा रहेका बेला शौचालयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले छेउमा ब्लेड पनि फेला परेकोले ब्लेडले घाटी आफैं रेटेर आत्महत्या गरेको दाबी गरेको थियो। यसरी पटकपटक एकपछि अर्को हिरासतभित्र हुने मृत्युका घटनाले प्रहरी हिरासत नै असुरक्षित देखिएका छन्।

जनताको जिउधनको सुरक्षाको जिम्मा लिएको प्रहरीकै नियन्त्रणमा रहेका बेला हिरासतमा युवकको ज्यान जानु दुःखद् र चिन्ताजनक रहेको इन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले बताएका छन्। ‘मान्छेलाई सुरक्षाको लागी र अप्रिय घटना नघटाओस् भनेर हिरासतमा राखिने हो, हिरासतभित्रै मृत्यु हुनुले प्रहरी हिरासत सुरक्षा प्रबन्धमाथि प्रश्न उब्जेको छ,’ उनले भने, ‘यो गम्भीर लापरबाही हो, राज्य जिम्मेवार र जवाफदेही बन्नुपर्छ।’

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मोहन जोशीले प्रहरीको नियन्त्रणमा रहेको व्यक्ति सुरक्षित हुनुपर्नेमा हिरासतमै मृत्यु हुने अवस्था गम्भीर रहेको बताए। ‘प्रहरीको नियन्त्रणमा रहेको व्यक्ति नै बेला बेलामा मृत्यु हुने घटना भइरहेका छन्। प्रहरीको नियन्त्रणमा रहेका बेला नै मृत्यु भएर प्रहरी हिरासतभित्रै असुरक्षित हुने अवस्थाको सुधार गर्न ध्यान दिइनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगले पटकपटक हिरासतको सुरक्षाका लागि नीतिगत रूपमै सुधार गर्न भनेको छ।’
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस