घान्द्रुकका व्यवसायीको निर्णयः होटल खुलेसँगै आइसोलेसन तयार
१० पौष २०७७
•
३ मिनेट पाठ
घान्द्रुकका व्यवसायीको निर्णयः होटल खुलेसँगै आइसोलेसन तयार
कास्कीको पर्यटकीय गाउँ घान्द्रुक । फाइल तस्बिरः सन्तोष÷नागरिक
कोरोना भाइरस महामारी फैलिने त्रासले गरिएको लकडाउनसँगै गत चैतदेखि बन्द थियो पर्यटकीय गाउँ घान्द्रुक । लकडाउन सुरु भएसँगै होटलमा ताला लगाएर त्यहाँका व्यवसायी चुपचापसँग घरमै बसेका थिए । लकडाउन खुकुलो हुँदै गर्दा केही समयपछि सरकारले सबैतिरका होटल खोल्न अनुमति दियो । त्यही अनुमतिबीच धेरैतिरका पर्यटकीय गन्तव्य खुलिसक्दा पनि गाउँमा संक्रमण फैलने जोखिम रहेको भन्दै घान्द्रुकले होटल खोल्न मानेको थिएन ।  




घान्द्रुकका व्यवसायीको सधैंको गुनासो हुन्थ्यो–‘होटल त खुल्लान, तर, भित्रिएका पाहुनासँगै कोरोना पनि गाउँ पस्यो भने सबैतिर भुसुक्कै पार्छ । त्यसैले गाउँलेलाई जोगाउनका लागि पनि होटल खोल्ने आँट गरिएन ।’ तर, पछिल्लो समय संक्रमण कम हुँदै गएको भन्दै आगामि माघ १ (जनवरी १४) देखि घान्द्रुक खुल्ने भएको छ । घान्द्रुक व्यवसायमा त फर्किदैछ, त्यससँगै गाउँ भित्रिएका कोही पाहुना केहीगरि बिरामी परिहाले के गर्ने भनेर पनि घान्द्रुकले विशेष तयारी पनि गरेको छ । त्यो हो–घर भाडामा लिएर आइसोलेसन बनाउने ।  

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङ भन्छन्, ‘कोरोनाको लक्षण सहित पाहुना वा गाउँले जोसुकै बिरामी परिहालेमा पनि उनीहरुलाई भिन्दै राख्न आइसोलेसन व्यवस्था गर्ने निर्णय गरेका छौ ।’ घान्द्रुकभित्रकै एउटा घरलाई भाडामा लिएर आइसोलेसन बनाउने उनले बताए ।  

‘मासिक ३० हजार रुपैयाँ भाडा तिर्नेगरि घर लिने निर्णय भएको छ । घरपनि खोजी गरिसकेका छौ,’ उनले भने, ‘३–४ वटा वाथरुम भएको घरलाई आइसोलेसन बनाउने निर्णय गरेका छौ ।’ गाउँमा भित्रिएका पाहुना वा गाउँले कसैलाई पनि समस्या भयो भने त्यो घरमा लगेर राख्नेगरि व्यवस्थापन गर्ने उनले बताए । ‘आइसोलेसन घर बनाउने मात्र नभई त्यहाँ स्वास्थ्यकर्मी पनि खटिन्छन,’ उनले भने, ‘कोरोनाको यो जोखिमबीच पाहुना भिœयाउँदा संक्रमणको त्रास भएकोले आइसोलेसन व्यवस्थापन गर्न थालेका हौ ।’  

अध्यक्ष गुरुङका अनुसार गाउँमा भित्रिएका पाहुना वा अरु सर्वसाधारण दिउँसो ४ बजेभित्र बिरामी परेको अवस्थामा एम्बुलेन्स खोजेर पोखरा पठाउने र त्यो भन्दा ढिलागरि बिरामी भएमा त्यही आइसोलेसनमा व्यवस्थापन गर्ने उनले बताए । ‘गाउँमा आएका जो कोही बिरामी परिहालेको खण्डमा चारबजेभित्र नै व्यवस्थापन गर्न सक्ने अवस्थामा एम्बुलेन्स खोजेर पोखरा पठाउँछौ । केहीगरि रातीमा बिरामी परेको खण्डमा भने त्यही घरमा लगेर राख्ने र भोलिपल्ट मात्र पोखरा पठाउने हो,’ उनले भने, ‘बढीमा एकरातका लागि मात्र आइसोलेसनमा राख्ने हो ।’  
आइसोलेसन बनाउने घरमा तीनवटा कोठा छन् । बिरामीलाई खानाको व्यवस्थापन पनि हुने उनले बताए । त्यसबाहेक गाउँपालिकासँग सहकार्य गर्दै स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई पनि आवश्यक परेमा खटाउने गरि व्यवस्थापन गरेको उनले बताए । ‘बरु रातीमा खटिनुपरेको भन्दै ती स्वास्थ्यकर्मीलाई हामी आफैलैले अतिरिक्त भत्ता दिन्छौ,’ उनले भने ।  

सबैतिरका पर्यटकीय गन्तव्य खुलिसक्दा पनि घान्द्रुक नखुल्दा सबैतिर आलोचनाको विषय बनेको थियो । घान्द्रुक कसरी खुल्छ भन्नेमा सबैतिर चाँसो रहँदा स्वास्थ्य सेवाको तयारीका साथ घान्द्रुकले पर्यटक स्वागत गर्न थालेको उनले बताए । ‘सरकारको भर प¥यो भने यहाँका बिरामीले उपचार पाउने अवस्था रहँदैन । त्यही भएर हामी आफै गाउँमा आइसोलेसन बनाउन थालेका हौ,’ उनले भने, ‘होटलमा बसेका जो सुकै पाहुना बिरामी परेको खण्डमा त्यही आइसोलेसनमा राख्नेगरि व्यवस्था गरेका छौ । एकैपटक धेरै बिरामी नपर्ने भएकोले ३ कोठाको आइसोलेसनले पनि माग धान्ने विश्वास छ ।’  

घान्द्रुक अन्नपुर्ण क्षेत्रको प्रमुख पर्यटकीय गाउँ हो । घान्द्रुक हुँदै आन्तरिक तथा बाह्य पर्यटकहरु अन्नपुर्ण आधारशिविर (एबिसी), टाढापानी, घोरेपानीसम्म आउजाउ गर्छन । घान्द्रुक बन्द हँुँदा पर्यटकहरु पदयात्रामा जान रोकिएका थिए । 
अर्को समाचार
घान्द्रुकका व्यवसायी भन्छन्ः भगवान भरोसा होटल खोल्न सक्दैनौ
०७ मंसिर २०७७
•
५ मिनेट पाठ
घान्द्रुकका व्यवसायी भन्छन्ः भगवान भरोसा होटल खोल्न सक्दैनौ
कोरोना भाइरस संक्रमण बढेपछि लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्र गत असोज १ देखि खुलाउन सरकारले स्वीकृति दियो । सरकारी स्वीकृतिपछि धेरैतिरका होटल र रेस्टुरेन्ट संचालनमा पनि आए । आम्दानी नभएपनि व्यवसाय चलायमान बनाउनुपर्ने भन्दै व्यवसायी होटल तथा रेस्टुरेन्ट खोल्न राजी भए । तर, अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको घान्द्रुक क्षेत्रका व्यवसायीले भने होटल खुलाउने आँट गरेनन् ।  




होटल खुलाउन नमानेपछि घान्द्रुक क्षेत्रले धेरैतिरबाट आलोचना समेत खेपिरहेको छ । मुलुककै महत्वपूर्ण पदमार्गमा पाहुना आउन रोकेको भन्दै सहरी क्षेत्रका पर्यटन व्यवसायीले घान्द्रुकको आलोचना गरिरहेका छन् । घान्द्रुक सहित छोमरोङ, घोरेपानी, टाढापानी, अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रका व्यवसायीले संक्रमणको त्रास रहेको भन्दै होटल खुलाउन मानेका छैनन् । सहरमा व्यापक रहेको संक्रमण पाहुनाको आउजाउँसँगै गाउँ भित्रिने त्रास रहेको भन्दै घान्द्रुक क्षेत्रले होटल खुलाउन मानेन । अनिश्चितकालिन समयका लागि होटल बन्द गर्ने निर्णय त्यस क्षेत्रका व्यवसायीले गरिसकेका छन् ।  

धेरैतिरका पर्यटन क्षेत्र चलायमान बनिसक्दा पनि अन्नपूर्ण क्षेत्रको महत्वपूर्ण पदयात्रा गन्तव्यमा पर्ने एबिसीसम्मको पदयात्रा क्षेत्रका व्यवसायी होटल खुलाउन मानेनन् । किन त ? घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायी भन्छन, ‘घुम्न आएका कोही पाहुना यहाँ बिरामी परे ती बिरामीको उद्धार र उपचार गर्ने निकाय छैन । स्वास्थ्य सुरक्षाको सुनिश्चितता नभएकोले होटल खुलाउने आँट नगरेका हौ ।’ घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायी होटल खुलाउने वा नखुलाउने भन्ने बारे बेलाबेला छलफलमा जुट्ने पनि गरेका छन् । तर पछिल्लो समय छलफलमा जुटेका व्यवसायी स्वास्थ्य सुरक्षाको ग्यारेन्टी नभएको भन्दै होटल खोल्न राजी नभएको घान्द्रुक पर्यटन विकास समितिका अध्यक्ष किसम गुरुङले बताए ।  

‘होटल खोल्नैपर्छ भनेर मैले नै अरु व्यवसायीलाई दवाव दिन सक्दिन । किनकी यहाँसम्म घुम्न आएका कोही पाहुना बिरामी परेमा उद्धार र उपचार कसले गर्ने भन्ने नै निकाय छैन,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाको ग्यारेन्टी राज्यले गर्न सकेन । भगवान भरोसा हामी होटल खोल्न सक्दैनौ ।’ उनका अनुसार पदमार्गको माथिल्लो भेगमा अझैसम्म मोटरको पनि पहुँच छैन । अरु बिरामीलाई पनि बोकेरै वा हेलिकप्टरबाट उद्धार गरेर उपचारार्थ अस्पताल ल्याउनुपर्छ । कोरोनाको यो मारमा परेर घुम्न आएका कोही पनि व्यक्ति बिरामी परेमा उद्धार र उपचारमा सकस हुने भएकोले होटल खोलेर जोखिम मोल्न नचाहेको उनले बताए ।  

‘पदयात्रामा आएका कोही पाहुना बिरामी परिहाले उपचार र उद्धार गर्छाै भनेर सरकारले सुनिश्चित गर्नुपर्छ । अनि बल्ल होटल खुल्छन । नत्र भगवान भरोसा होटल खोलेर जोखिम निम्त्याउन चाहन्नौ, उनले भने, ‘अरु पदमार्गका व्यवसायी पनि भगवान भरोसामा चलेका छन् । हामीले पाहुनालाई गाउँमा भित्र्याएर जोखिम मोल्न चाहँदैनौ ।’ उनका अनुसार पाहुना आउँदा दुईखाले जोखिम छन् । एउटा हो, पाहुना आफै बिरामी परेमा उनीहरुको उद्धार र उपचार कसले गर्ने ? अर्काे जोखिम हो, गाउँलेमाझ संक्रमण फैलियो भने कसरी व्यवस्थापन गर्ने । पाहुना र स्थानीयबासिमा संक्रमण भए के गर्ने भनेर जवाफ दिने निकाय नभएकोले होटल खुलाउने आँट नगरेको उनले बताए ।

‘हामी होटल खोल्न तयार छौ । सरकारले भने झैं भौतिक दूरी कायम गरौला, स्वास्थ्यका सबै प्रोटोकल पनि अपनाउँछौ । तर, त्यत्ति गर्दागर्दै पनि कोही पाहुना बिरामी परिहाले भन्ने उद्धार कसले गर्नेे भन्ने जवाफ हामीसँग छैन,’ उनले भने, ‘नत गाउँसम्म एम्बुलेन्स आउँछ, न बोकेरै लिएर जान सकिन्छ । न गाउँमै राखेर उपचार गर्ने अवस्था छ ।’ गाउँको स्वास्थ्य सेवा प्रभावकारी नभएकोले पनि होटल खोल्न आँट नगरेको उनले बताए । ‘पोखरामा त बिरामी लिन एम्बुलेन्स आउँछ, तर, यहाँका बिरामीलाई कसले लैजाने ? २४ सै घण्टा स्वास्थ्यकर्मी यहाँ छैनन । सरकार भएको अनुभूति भएन । अप्ठेरो परेमा हामीले उद्धार र उपचार गर्छाै भनेर आश्वासन दिने कोही भएन,’ उनले भने, ‘यो बेला व्यवसाय खोलेर संक्रमण गाउँमा भित्र्याउन चाहेनौ ।’

स्वास्थ्य जोखिमको यो बेलामा व्यवसाय संचालन गरेर आफ्नै घुँडामा आफै बन्चरो हान्न नचाहेको उनले बताए । ‘पदमार्ग खुलेन भनेर भएन, यो क्षेत्रमा पनि होटलमा करोडौं रुपैयाँ लगानी छ । यो बेला होटल बन्द गर्दा फाइदा कसैलाई छैन,’ उनले भने, ‘स्वास्थ्यका सामान्य पुर्वाधार समेत छैनन । होटल चलाएर मात्र हुने भए चलाउँछौ, तर, स्वास्थ्यको निश्चिन्तता कसले गर्ने भन्ने निश्चित भएन ।’ स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरिदिने हो भने होटल चलाउन सकिने उनले बताए । ‘हामी पनि होटल बन्द हुँदा खर्च धान्न सक्ने अवस्थामा छैनौ,’ उनले भने, ‘पोखरामा होटल चलाउन सहज छ । तर, घान्द्रुकमा उत्ति सजिलो छैन ।’  

गाउँ आएका कोही व्यक्तिलाई कोरोना संक्रमण हुनु भनेको ज्यानै जानु सरह रहेको उनले बताए । ‘होटल चलाउ भन्न पाइन्छ, चलाएनन भनेर आलोचना गर्न पनि पाइन्छ,’ उनले भने, ‘यो बेला हामी आलोचना सहन्छौ, तर, गाउँको लागि आवश्यक परे भोकै बसिन्छ ।’ पोखराबाट ४० किलोमिटर नयाँपुल र त्यहाँबाट थप २० किलोमिटर पर घान्द्रुक छ । घान्द्रुक भन्दा माथि गाडि चल्दैनन् ।

त्यही क्षेत्रमा पर्ने छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ पनि भरपर्दाे स्वास्थ्य संरचना नहुँदा होटल खुलाउने आँट नगरेको बताउँछन् । ‘व्यापार चलाउँदा पाहुनाको आउजाउ हुन्छ । पाहुनाको कारण गाउँमा संक्रमण फैलिन सक्छ,’ उनले भने, ‘जबकी पीसीआर गर्न पनि पोखरासम्म धाउनुपर्ने अवस्था छ । यो बेला जोखिम बढी छ ।’ एबिसीको प्रवेशद्वार नै घान्द्रुक भएकोले घान्द्रुकको ढोका नै नखुलेसम्म अरु गन्तव्य खुलाउन नसकिने उनले बताए ।  

‘स्वास्थ्यकर्मी र अस्पताल नहुँदा अरुखाले बिरामीलाई त उपचार गर्न सकस छ,’ उनले भने, ‘यो बेला त कोही बिरामी परिहाले नजिक पर्न डराउने बेलामा व्यवसाय संचालनको माहोल बन्न सकेन ।’ आमा समुह, युवाक्लव, वृद्धवृद्धाको पनि सुझावलाई मानेर व्यवसाय सुचारु गर्न नचाहेको उनले बताए । ‘बाहिरबाट हेर्दा सरकारले गरेको निर्णय पालना नगरेको देखिन्छ । तर, पालना गर्दा पनि सहज छैन,’ उनले भने, ‘सरकारी निर्णय अवज्ञा गरेका होइनौ । व्यवस्थापन सहज नभएको हो ।’
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस