ताप्लेजुङमा एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका सबै मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत रहेको पाइएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिए। त्यहाँ कार्यरत रहेका ४५ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो।
पाथीभरा याङ्वरक गाउँपालिकामा रहेका १० जना संक्रमित भने निको भएर डिस्चार्ज भएका छन्। अब ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ। यो भनेको मध्य तमोर जलविद्युत आयोजनाबाट पठाइएको स्वाब परीक्षण रिपोर्टबाट थपिएका नयाँ १३ कोरोना संक्रमितसहितको संख्या हो।
सोमबार फेरि १ सय ३४ जनाको स्वाब लिइ परीक्षणका लागि पठाइएको समेत प्रजिअ चापागाँइले जानकारी दिए।