कोरोनाका कारण पछिल्लो चार दिनयता ताप्लेजुङमा दुई शैक्षिक अगुवाहरुले ज्यान गुमाएका छन्।
ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारी जन्मघर भएका ताप्लेजुङका तत्कालिन जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाको गत सोमबार उपचारकै क्रममा काठमाडौंको केएमसी अस्पतालमा निधन भएको हो। निरौला ताप्लेजुङमा दुईपटक जिल्ला शिक्षा अधिकारी भएका थिए।
उता, फुङ्लिङ नगरपालिका वडा नं हाङ्देवा घर भएका स्थानीय जनता माविका तत्कालिन प्रधानाध्यापक पूर्णप्रसाद भट्टराईको बुधबार राती कोरोना संक्रमणका कारण ज्यान गएको छ। लामो समयसम्म शैक्षिक पेशामा आबद्ध रहेका भट्टराई नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङका संस्थापक कोषाध्यक्ष समेत रहेको जनता माविका प्रधानाध्यापक समेत रहेका नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष शरदराज निरौलाले बताए। २०३७ सालबाट शिक्षण पेशामा आबद्ध रहेका भट्टराई र निरौला दुबै केहि समय अघिबाट सेवा निवृत भएका थिए।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले निरौलाको भट्टराईको निधनमा दुःख व्यक्त गर्दै समबेदना प्रकट गरेका छन्। मृतकद्धयलाई शैक्षिक जागरण तथा समाजसेवाका हस्तीको रुपमा चित्रित गर्दै मन्त्री भट्टराईले निरौला र भट्टराईको निधनले ताप्लेजुङको शैक्षिक तथा सामाजिक क्षेत्रमा ग्रहण लागेको भन्दै समबेदना प्रकट गरेका छन्।