सिरक फाट्यो सरकार
२६ मंसिर २०७७
•
३ मिनेट पाठ
सिरक फाट्यो सरकार
डेढ दशकअघि पाएको सिरकसँगै तस्बिर खिचाउँदै परसवाका मुसहर समुदाय (फाइल तस्बिर)। तिनैमध्येको फाटेको सिरक देखाउँदै पलटीदेवी माझी। तस्बिर: उपेन्द्र/नागरिक
पार्टी फुट्को आशंकाले राजधानीको राजनीति गर्माएको छ। वीरगन्ज–३२ परसवा टोलका तुला माझीलाई भने सिरक फाटेको चिन्ताले सताएको छ। बुधबार तराईमा अचानक चिसो बढेंसँगै ७४ वर्ष कटेका माझीलाई कठ्यांग्रिने डरले सताएको हो।  




‘सुकुल ओढेर सुत्दै आएका हामीले धेरै वर्ष पहिला सिरक पाएका थियौं,’ उनले भने, ‘अहिले त्यही सिरक धुजाधुजा भएर फाटेको छ।’ डेढ दशकअगाडि प्रकाशित ‘सिंगो गाउँमा एउटा सिरक’ समाचार पढेपछि दाताले करिब सय घर मुसहर र चमार समुदायलाई सिरक र कम्बल उपलब्ध गराएका थिए। तिनै सिरक ओढ्नै नमिल्ने गरी फाटेका छन्।  

‘सिरकको तातोमा हामीले धेरै रात काट्यौं,’ माझीले भने, ‘अहिले हाम्रो न्यानो फाँटेको छ।’ गरिबीको चपेटामा रहेका मुसहर समुदाय ओढ्नेको अभावमा आगो तापेर रात कटाउने गरेका छन्। पराल ओछ्याएर सुत्ने उनीहरू चिसो रातमा सुकुल ओढेर रात कटाउनुपर्ने अवस्थामा छन्।  

डेढ दशक अवधिमा मुलुकमा धेरै परिवर्तन भए, धेरै कुरा फेरिए। तर भूमिहीन मुसहर समुदायले सिरकसमेत फेर्न सकेका छैनन्। उनीहरूको बस्ने घर केही फेरिएको छ तर त्यसभित्रको गरिबी उस्तै देखिन्छ। सुत्ने कोठामा ओछ्यान हैन, पराल र सुकुलको थुप्रो भेटिन्छ। ‘स्थानीय सरकार पनि आयो तर हामीले केही पनि राहत महसुस गरेका छैनौं,’ स्थानीय सहदेव माझी भन्छन्, ‘केटाकेटी र बुढाबुढीलाई अझै पनि न्यानो कपडाको अभाव छ।’ अरूको मजदुरी गरेर जीविका चलाउदै आएका उनीहरू कमाइ बिहानबेलुकाको छाक टार्दैमा सकिने सुनाउँछन्।  

गाउँका बुढापाकालाई हरेक वर्ष अन्य बिमारीको भन्दा पनि जाडोकै चिन्ताले सताउने गर्छ। त्यसैले कोरोनाको कहरमाझ पनि उनीहरूले ओढ्ने कुराको चिन्ताले नै सताउन गरेको छ। ‘यी जाडमे ना मरेम् तो एक साल और जियम (यो जाडोमा मरिनँ भने अर्को एक वर्ष बाँच्छु)’ भन्ने बुढापाका तराईमा थुप्रै भेटिन्छन्।  

तुला र सहदेवजस्तै तराई क्षेत्रका थुपै गरिब समुदायले चिसोको समयमा यस्तै समस्या बेहोर्दै आएका छन्। तराईमा हरेक वर्ष शीतलहरले ज्यान गुमाउनेको संख्या बढ्दैछ। सरकारले सुरुमै न्यानो कपडा वितरण गर्ने तर्फचासो देखाउने गरेको छैन। विगतमा सर्वोच्च अदालतले समेत जाडोको समय तराईमा चल्ने शीतलहरका कारण ज्यान गुमाउने नागरिकको रक्षाका लागि तत्काल उचित व्यवस्था गर्न सरकारका नाममा निर्देशात्मक आदेश जारी गरेको थियो। तर त्यो अझैसम्म पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।  

शीतलहर कहिलेबाट सुरु भएको यकिन नभए पनि दुई दशकदेखि यो चर्चामा आउन थालेको सरकारी अधिकारी बताउँछन्। जलवायुविज्ञ ङमीन्द्र दाहालका अनुसार हिउँदमा सिँचाइ गर्दा त्यो पानी छिटो वाष्पीकरण भएर वायुमण्डलमा जान्छ। त्यही वाष्पयुक्त हावामा औद्योगिक कलकारखानाबाट निस्केका धुवाँ, धुलो र अन्य प्रदूषणले बाक्लो तह बनाउँछ। यही बाक्लो तहले घाम छेक्ने हुँदा तराईको तापक्रम चिसो हुने दाहालले बताए।

सरकारले शीतलहरलाई विपद्को सूचीमा राखेको एक दशक भइसक्यो। अहिलेसम्म विपद् व्यवस्थापनमा खासै चासो लिएको भने पाइँदैन। ‘हामीले चिसोको समयमा कतैबाट पनि राहत पाउने गरेका छैनौं,’ जानकीदेवी माझी भन्छिन्, ‘केटाकेटीले समेत राम्रोसँग ओढ्ने कुरा पाएका छैनन्।’ आर्थिक अभावका कारण न्यानो कपडा किन्न कहिल्यै नसकेको उनी सुनाउँछिन्।  

विपद व्यवस्थापनसम्बन्धी क्षेत्रमा कार्यरत रामचन्द्र न्यौपाने शीतलहरलाई मौसमीभन्दा गरिबीसँग जोडिएको मुद्दा मान्छन्। यो समस्यासँग जुध्न सरकारले दीर्घकालीन समाधानको उपाय अपनाउनुपर्ने उनको सुझाव छ।’ जोखिम घटाउनभन्दा क्षतिपूर्ति दिनेतर्फ सरकारको बढ्ता ध्यान छ, समस्या बल्झनुको कारण यो पनि एउटा हो,’ उनले भने। जिउ तताउने बाक्लो कपडा र खानेकुराबाट वञ्चित रहनुपर्ने गरिब समुदाय नै शीतलहरबाट बढी पीडित हुने भएकाले तत्काललाई राहतस्वरूप ‘न्यानो नाना र खाना’ दिनुपर्छ।’
अर्को समाचार
मुसहरले सिरक पाए
२१ पौष २०७७
•
१ मिनेट पाठ
मुसहरले सिरक पाए
सिरक पाएपछि खुसी हुँदै परसवाका मुसहर समुदाय। तस्बिर: उपेन्द्र /नागरिक
चिसोले कठ्यांग्रिँदै आएका पर्सा परसवाका मुसहरले नयाँ सिरक पाएका छन्। नागरिक दैनिकमा प्रकाशित  ‘सिरक फाट्यो सरकार’ समाचार पढेपछि दाताहरूले सिंगै गाउँका लागि ६० वटा थान फाइबर सिरक उपलब्ध गराएका थिए। सिरक किन्नका लागि काठमाडौं क्षेत्रपाटीका समाजसेवी स्व.कृष्णगोपाल श्रेष्ठको नाममा उनका परिवारका सदस्यले सहयोग गरेका छन्।  




त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–६ का बलराम गजुरेल, लक्ष्मीराम लामिछाने, विकाश सापकोटा, रघुनाथ लामिछाने, उपेन्द्र लामिछाने ररामप्रसाद लामिछाने तथा काभ्रे कामीडाँडाका श्रीकृष्ण तिमल्सिनाले पनि रकम उपलब्ध गराएका थिए।

सिरक पाएपछि मुसहर समुदाय खुसी भएका छन्।चिसो समयमा ओढ्ने कपडाको अभावमा हरेक वर्ष यो समुदायले संकट झेल्दै आएको छ। अरूको जमिनमा मजदूरी गरेर जीविका चलाउने भूमिहीन मुसहर समुदायलाई जाडो महिना कष्टकर हुने गर्छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस