यस वर्षको मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार ताप्लेजुङका पत्रकार आनन्द गौतमलाई प्रदान गरिएको छ। मानवअधिकार मञ्च नेपालले १ नम्बर प्रदेशका उत्कृष्ट पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने पुरस्कार यो वर्ष गौतमलाई दिइएको हो।
बिहीबार बिहान सदरमुकाममा आयोजित समारोहमा १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले गौतमलाई पुरस्कार प्रदान गरे। पत्रकारिताको माध्यमबाट मानवअधिकार संरक्षणमा योगदान गर्ने पत्रकारलाई मञ्चले पुरस्कृत गर्ने गरेको छ। १५ वर्षयता पत्रकारितामा सक्रिय गौतम कान्तिपुर मिडिया ग्रुपमा आबद्ध छन्।