शिक्षकको घाँटी रेटेर हत्या
२४ मंसिर २०७७
•
३ मिनेट पाठ
शिक्षकको घाँटी रेटेर हत्या
राजेन्द्रकुमार श्रेष्ठ
मोरङ मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय श्रेष्ठको शव जंगलमा फेला परेको मोरङ प्रहरीले जनाएको छ।  




पाँच–सातजनाको अज्ञात समूहले मंगलबार बिहान श्रेष्ठलाई घरबाटै अपहरण गरी लगभग एक किलोमिटर पर देउढुंगा जंगलमा लगी हत्या गरेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। श्रेष्ठको अपरहण भएको करिब एक घन्टापछि जंगलमा बन्दुकको ठूलो आवाज आएपछि गोली प्रहार गरिएको खबर स्थानीयले दिएको प्रहरीको भनाइ छ। श्रेष्ठको गोली प्रहारबाट नभई धारिलो हतियारले घाँटी रेटेर टाउकोमा लाठी प्रहार गरेर हत्या भएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मेची–कोसी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै हत्याको जिम्मेवारी लिएको छ। विज्ञप्तिमा श्रेष्ठमाथि केही समयदेखि आफूविरुद्ध सुराकी गरेकोरसुरक्षाकर्मी बोलाई कारबाही गराएको आरोप पनि लगाइएको छ। यो घटनाले तत्कालीन माओवादी द्वन्द्वको समयमा लमजुङमा मुक्तिनाथ अधिकारीको हत्या भएको घटनाको झल्को दिएको छ। उतिबेला माओवादीले पनि अधिकारीलाई यसैगरी हत्या गरेका थिए।  

घटनास्थलमा करिब आठ घन्टापछि दिउँसो ३ बजेतिर मात्रै प्रहरी पुगेको थियो। त्यहाँ पुग्दा दुवै हात बाँधी उत्तानो परेकोरआधा भाग घाँटी रेटिएको तथा जमिनमा मडारिएको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो। घटनास्थलमा लाठी, श्रेष्ठले लगाउने टोपी, चप्पलरमोबाइल प्रहरीले फेला पारेको छ। ‘घटनास्थलमा मोरङ प्रहरीको टोली पुगिसकेको छ,’ प्रदेश १ का प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले भने, ‘मृतकको दुवै हात पछाडि बाँधेकोरघाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ। गोली चलेको आवाज सुनेका आधारमा गोली हानेर हत्या भएको जानकारी स्थानीयले दिए पनि मृतकको शवमा गोली प्रहार भएको देखिएन।’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपहरण गरी हत्या भएको सूचना आएको जानकारी दिए।  

‘दिउँसो प्रहरी पुगेर घटनाको अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘हामी विभिन्न समूह बनाएर सबैतिरबाट घटनास्थल पुगेका छौं। घटनामा संलग्नहरूको विशेष तरिकाबाट खोजी कार्य थालेकोरउनीहरू भागेर जान सक्ने सबै नाकामा प्रहरी परिचालन गरेका छौं।’

घटनास्थल पाँचथरको सीमामा रहेको हुँदा त्यसतर्फ भाग्न सक्ने भएकाले त्यहाँ पनि समन्वय गरेर नाकारअन्य स्थानमा विशेष निगरानीको व्यवस्था गरेको एसपी खड्काले बताए।  

२०४६ सालबाट शिक्षण पेसा सुरु गरेका श्रेष्ठ एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य हुन्। श्रेष्ठकी ५३ वर्षीया श्रीमती धनकुमारी श्रेष्ठले आफू बिहानै घरबाट निस्किएर बाख्रालाई घाँसपानी दिनरकाम गर्न गएको अवस्थामा घटना भएको प्रहरीलाई बताएकी छन्। मृतक श्रेष्ठका ३० वर्षीय छोरा छत्रबहादुर मिक्लाजुङको मधुमल्लामा बस्छन् भने २८ वर्षीया छोरी पूजा श्रेष्ठको विवाह भइसकेको छ।  

‘१० वर्षे द्वन्द्वकालपछि भएको शान्ति सम्झौतापछि भूमिगत भएको पार्टीले मोरङमा पहिलोपटक सर्वसाधारणको हत्या गरेको हो,’ प्रहरी स्रोतले भन्यो, ‘मिक्लाजुङको उत्तरी क्षेत्र विकट रहेकाले सहजै सबैको पहुँच नपुग्ने भएकाले पनि भूमिगत भएको नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो गतिविधि यहाँबाटै सञ्चालन गरिरहेको छ।’ त्यो क्षेत्र पाँचथर, इलामरमोरङको सीमा हो। पछिल्लो समय विप्लव समूहले आधार इलाका बनाएर बसेको सूचनाका आधारमा प्रहरी विशेष निगरानी बढाउँदै आएको थियो। प्रहरी स्रोतका अनुसार विप्लव समूहले त्यस क्षेत्रमा तालिमरअन्य विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।  

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कवीन्द्रकुमार कार्कीका अनुसार प्रदेश १ बाट विभिन्न समयमा विप्लव समूहका २ सय ४ जना पक्राउ परेका छन्। ‘सरकारले २०७५ सालमा ‘विप्लव’ समूहलाई प्रतिबन्धित गरेपछि हालसम्म प्रदेशबाट २ सय ४ जनालाई पक्राउ गरी अदालतमा पेस गरेका छौं,’ प्रवक्ता डिएसपी कार्कीले भने, ‘पक्राउ परेका विप्लव समूहका कार्यकर्तालाई विभिन्न मुद्दामा अदालतको आदेशअनुसार हाल २९ जना कारागारमा कैदीबन्दी छन् भने सातजना अनुसन्धानका क्रममा थुनामा छन्। अन्य १ सय ६८ जनामध्ये कैयौंले कैद भुक्तानरकेहीले तत्कालै अदालतबाट भएको आदेशले कैदमुक्त भएका छन्।’ 

हालसम्म ‘विप्लव’ समूहका कार्यकर्ताका साथबाट पेस्तोल १२ थान, भरुवा बन्दुक पाँच थान, एसएलआर एक थान, राइफल एक थान तथा सकेट बमलगायत अन्य विभिन्न विस्फोटक पदार्थ बरामद गरेको डिएसपी कार्कीले बताए।
अर्को समाचार
शिक्षकको घाँटी रेटेर हत्या
३० भदौ २०७८
•
१ मिनेट पाठ
शिक्षकको घाँटी रेटेर हत्या
 दैलेखको गुराँस गाउँपालिका–८ का शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ। प्रहरीका अनुसार स्थानीय मालिका माध्यमिक विद्यालयमा अध्यापनरत बिसीको शव घाँटी रेटेको अवस्थामा विद्यालयकै बरन्डामा फेला परेको हो। शिक्षक बिसीको सोमबार राति १० बजेतिर धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको अनुमान छ।




बिसीको घर विद्यालयदेखि चार सय मिटर टाढा छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार सोमबार बिसी घरमा एक्लै थिए। उनका छोराछोरी र बुवा बाँकेको नेपालगन्जमा बस्छन्। पत्नी जग्गा पास गर्न दैलेख सदरमुकाम गएकी थिइन्। प्रहरीले घरदेखि चार सय मिटर टाढा रहेको विद्यालयमा शिक्षक बिसी हत्या भएको अवस्थामा भेटिनुलाई गम्भीर रूपमा लिएको छ। ‘घटनास्थलबाट बरामद केही प्रमाणका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएका छौं,’ प्रहरी निरीक्षक सुनारले भने, ‘रातिको समयमा घरदेखि चार समय मिटर दुरीमा रहेको विद्यालयमा हत्या हुनु गम्भीर विषय हो।’ प्रहरीले शंकास्पद पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबै एकै घरका हुन्। उनीहरूको बयान लिएपछि थप अनुसन्धान अघि बढ्ने प्रहरीले बताएको छ।

घटनास्थलबाट प्रहरीले मोबाइल र एकजोर चप्पल बरामद गरेको छ। मोबाइल मृतक बिसीको हो। बरामद दुई वटा चप्पलको साइज र रङ फरक छ। ‘हत्या भएको राति घरमा एक्लै हुनु, घरदेखि टाढाको विद्यालयमा हत्या हुनु र घटनास्थलमा फरकफरक रङ र साइजका दुईवटा चप्पल भेटिनुले नजिकैका मानिस हत्यामा संलग्न छन् भन्ने अनुमान लगाउन सकिन्छ,’ प्रहरी निरीक्षक सुनारले भने, ‘शंकास्पदलाई पक्राउ पनि गरेका छौं, अनुसन्धानपछि हत्याको कारण खुल्ला।’

बिसी १३ वर्षदेखि राहत शिक्षकका रूपमा सो विद्यालयमा कार्यरत थिए। हत्या भएको ठाउँदेखि ५० मिटरको दुरीमा खुद्रा पसल र होटल छन्। मंगलबार बिहान दूध पुर्‍याउन आएका मानिसले विद्यालयमा शिक्षक बिसीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस