वृद्ध र अशक्तलाई वडाध्यक्षले घरमै पुगेर नागरिकता दिने, प्रशासनले चलायो घरदैलो अभियान
१९ मंसिर २०७७
•
४ मिनेट पाठ
वृद्ध र अशक्तलाई वडाध्यक्षले घरमै पुगेर नागरिकता दिने, प्रशासनले चलायो घरदैलो अभियान
तस्बिहरु : खगेन्द्र/नागरिक
समन्वय गर्ने गाउँपालिका, सिफारिस गर्ने वडापालिका र प्रकृया पुगेपछि सदर गर्ने जिल्ला प्रशासनको असल मनशाय कर्तव्यमा प्रकट हुने हो भने दुर्गम गाउँका बासिन्दाले वर्षौदेखि खेपीरहेको नागरिकताको अभाव छिनभरमै पूर्ति हुने रहेछ। यहिँ असल मनशायको परिणाम स्वरुप अहिले ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रका १५ जना नागरिकले घरमै बसीबसी नागरिकता पाएका छन्।  




फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपको घुन्साकी मिङ्माकिपा शेर्पाले ८४ वर्षमा नागरिकता पाइन्। नागरिकताकै अभावमा उनको बिगत १४ वर्षदेखिको जेष्ठ नागरिक भत्ता गुमिरहेको थियो। सरकारले ७० वर्ष उमेर पुगेका नेपाली नागरिकलाई प्रतिमहिना तीन हजार रुपैयाँका दरले जेष्ठ नागरिक भत्ता दिँदै आएको छ। बोली नआउने र शरीर पनि नचल्ने ग्याब्लाकी फुपुलकी शेर्पाका हातमा अब घरमै नेपाली नागरिकताको प्रमाण पत्र पुग्ने छ।  

फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष छोवाङ(चन्द्र) शेर्पाले दुर्गम गाउँ घुन्सा, फले, ग्याब्ला र अम्जिलेसाका मिङ्माकिपा र फुफुकलीसहित १५ जना नागरिकलाई घर–घरमै पुगेर नागरिकताको प्रमाण पत्र थमाइदिने छन्। नागरिकता बाहकलाई नागरिकता प्रमाण पत्रको पछाडिपट्टिको मलहमा ल्याप्चे(दाँयाबाँया बुढी औंठाको सहिछाप)गराएर वितरण गर्नेगरी सबै प्रकृया पुर्‍याएर जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष शेर्पालाई एकमुष्ट रुपमा नागरिकता वितरण गर्नेगरी १५ जनाको नागरिकता प्रमाण पत्र जिम्मा लगाएको छ। ‘अब घर–घरमै पुगेर जिम्मेवारी अनुसारको काम पूरा गर्ने छु’शेर्पाले भने।  

उनका अनुसार यस्तो नागरिकता पाउने १५ मध्ये चारजना त जेष्ठ नागरिक भत्ता पाउन योग्य छन्। नागरिकताकै अभावमा उनीहरुले अहिले सम्म सामाजिक सुरक्षा भत्ता पाएका थिएनन्। पूर्ण अपाङ्ग रहेकी फुपुकली पनि अब सरकारले दिने सहुलियत र सुबिधा पाउन चाहिने पहिलो आधार नागरिकतासहितको नेपाली नागरिक भएकी छन्। नागरिकता प्राप्तिमा समस्या खेपीरहेका स्थानीयका अवस्थाबारे गाउँपालिका अध्यक्ष सरोज एभेङ, वडाध्यक्ष शेर्पा र स्थानीय अगुवा मिङ्माडण्डु शेर्पाबीच परार्मश चल्यो।  

फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङलाई समेत संगै लिएर उनीहरु समस्या समाधान खोज्न ताप्लेजुङ प्रशासन कार्यालय पुगे। ‘उहाँहरुले अवस्था बताएर अब के गर्न सकिन्छ भन्नुभयो’प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले भने, ‘त्यो समस्या टार्न केहि उपाय खोजौंला भनेको थिएँ, अहिले त्यसको उपाय नतिजा समाधानकै रुपमा आएको छ।’ उत्तरी दुर्गम गाउँका वृद्ध, अशक्त र अपाङ्ग अवस्थाका व्यक्तिहरुले नागरिकता नपाउँदाको समस्या टार्न प्रशासन कार्यालयले उपया खोजी गर्न थाल्यो। त्यहिँ बेला ८ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको घुन्सा भ्रमणको तालिका तोकियो।  

राष्ट्रिय अपाङ्गता दिवस पनि नजिकै आइरहेको थियो। सो दिवस र त्यहिँ बीचमा प्रधानमन्त्री ओली घुन्सा आउने कार्यक्रमका लागि प्रमुख जिल्ला अधिकारी चापागाँइसहितका जिल्ला सुरक्षा अधिकारी त्यहाँ जाने कार्यक्रममा उनले प्रशासन कार्यालयका नागरिकता फाँटका कर्मचारी कुलमणि दाहाललाई पनि उनले संगै लिएर गए। दाहालले वडाध्यक्ष शेर्पा, वडासचिव पवनकुमार देव र स्थानीय अगुवा मिङ्माडण्डुको सहयोगमा नागरिकता पाउन योग्य वृद्ध, अशक्त र अपाङ्गता भएकाहरुको घरघरमै गएर वास्तविकता बुझे। वडाध्यक्षको सिफारिस अनुसार नागरिकता पाउन योग्यहरुको सूची तयार भएपछि ढड्डामा कैद गर्नुपर्ने सबै प्रकृया पूरा गरेर सदरमुकाम फर्किए।  

प्रिन्ट लगायतका समस्याका कारण त्यहिँ नागरिकता वितरण सम्भव थिएन। प्रशासन कार्यालयमा आएपछि संकलित बिवरणलाइ थप अद्यावधिक गर्ने तथा राष्ट्रिय परिचय पत्रलाई समेत सहज हुने गरी प्रशासन कार्यालयबाट कम्युटर प्रणालीमा प्रबिष्ट गरी अन्तिम रुप दिने काम भयो। यहिँ आधारमा नागरिकता प्रमाण–पत्र तयार भयो। तयार भएको नागरिकता ल्याप्चे लगाएर वितरण गर्नेगरी वडाध्यक्ष शेर्पालाइ हस्तान्तरण गरिएको छ। गृह मन्त्रालयले अहिले जनताका घरआँगनबाटै वितरण हुने सरकारी सेवा प्रवाहको रुप घुम्ति शिविर सञ्चालन गर्न रोक लगाएको छ।  

यो अवस्थामा सदरमुकामसम्म आउन नसक्नेलाई कसरी सहज र सरल ढंगबाट सुबिधा प्रदान गर्ने भन्ने विषय नै महत्वपूर्ण थियो। ‘यो महत्वपूर्ण कामबाट जनताले घर–घरमै सेवा पाउने मात्र होइन, असहज अवस्थामा पनि कसरी सुरक्षित ढंगले जनतालाई सेवा प्रवाह गर्न सकिदो रहेछ भन्ने मेसो पनि खुलेको छ’स्थानीय अगुवा मिङ्माडण्डुले भने। प्रमुख जिल्ला अधिकारी चापागाँइले वर्षौदेखि नागरिकताको अभाव खेपीरहेका नागरिकलाई यस्तो कार्यले घुम्ति शिविरकै अनुभूति दिलाएको बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस