नाम जस्तै काम भएका ज्वलन्त
१८ मंसिर २०७७
•
३ मिनेट पाठ
नाम जस्तै काम भएका ज्वलन्त
मैवाखोला माविमा छात्रावास बन्ने भएपछि विद्यालय प्रशासनसंग सामूहिक फोटोमा खिचिंदै । साथमा ज्वलन्त । तस्बिर/नागरिक
कसै–कसैको नाम त उसको पछिको कामबाट पुष्टि हुनेगरी जुर्दो रहेछ। पुर्ख्यौली घर इलामको सन्दकपुर भएका ४५ वर्षीय ज्वलन्त गुरुङ नाम जस्तै काम गरेर ज्वलन्त बनेका छन्। उपत्यकाको लाजिम्पाट स्थायी घर भएका ज्वलन्त कोरोना प्रभावपछि अमेरिका जान नपाउँदा घरमै खुम्चिएनन्। बरु उनले दुर्गम क्षेत्रका विद्यालयहरुमा सहयोग गर्ने मनशाय राखे। त्यहिँ मनशायलाई उनले तथ्यगत पुष्टि गर्दै अहिले ताप्लेजुङका दुईवटा विद्यालयमा भौतिक संरचना बनाउन सहयोेगी मन लिएर फुङ्लिङ आइपुगेका छन्। उनकै संयोजन र अगुवाइमा यहाँका दुई पालिकाका दुईवटा विद्यालयमा छात्रावास बन्ने प्रकृया सुरु भएको छ। त्यसका लागि उनले फुङ्लिङ नगरपालिकाको वडा नं ९ हाङ्देवास्थित जनता मावि र मैवाखोला गाउँपालिका वडा नं २ ढुङ्गेसाँघुस्थित मैवाखोला मावि तेम्बेलाई छनौट गरेका छन्। यि दुईवटा विद्यालयमा छ–छ कोठाको छात्रावास बन्ने भएको छ।  




अमेरिकामा बसेर कमाएको पैसा नेपालका दुर्गम क्षेत्रमा लगानी, भन्छन्ः खानपुग्ने भन्दा बढी पैसा समाजका लागि लगाएकै राम्रो‘
सन् २००६ मा अमेरिका गएका उनी बर्षेनि नेपाल–अमेरिका आउजाउ गर्छन्। कोरोना प्रभावपछि नेपाल आएका उनी त्यसपछि भने अमेरिका गएका छैनन्। यहिँ अवधिमा उनले अमेरिकी नागरिक र त्यहाँ रहेका नेपालीको समन्वयमार्फत केहि तथा ठूलो हिस्सा स्व–लगानी शिक्षा क्षेत्रमा खर्चने योजना बनाए। ज्वलन्तलाई ताप्लेजुङमा ल्याउन भने उनका मामा शिव गुरुङले प्रोत्साहित गरेका छन्। लामो समय विद्यार्थी राजनीति गरेका शिवको पहिलो रोजाइ नै शिक्षा क्षेत्र बन्यो। ‘मामाकै अगुवाइ र सुझावबाट अहिले छात्रावास बन्ने योजना अघि बढेको हो’ ज्वलन्तले सुनाए।  

जन्मघर फुङ्लिङको हाङ्देवा घर भएका शिव अहिले राजधानीमा बसोबास गर्छन्। एमबीए तहको पढाइ पूरा गर्न अमेरिका पुगेका ज्वलन्तलाई त्यो शैक्षिक उपाधि प्राप्तिपछि आफ्नो देशका पहाडी र दुर्गम क्षेत्रको शैक्षिक विकासमा केहि सहयोग गर्न सकिने मन पलायो। त्यहिँ भएर उनले तीनचूली नेपाल नाम रहेको संस्था स्थापना गरे। त्यहिँ संस्थाको मुख्य उद्देश्य नेपालका दुर्गम र पहाडी क्षेत्रहरुका बालबालिकाहरुको शैक्षिक प्रगतिका लागि सहयोग गर्नु थियो। उनले संस्थाको उद्देश्य बुझाए, लगानीका लागि प्रोत्साहित र उत्प्रेरित बनाए र आफ्नै लगानी पनि त्यहिँ खर्चिए। ‘बिगतमा पनि थुप्रै काम भएका छन्’उनले कामको फेरीहस्त खोल्दै भने। उनका अनुसार भूकम्प पीडित गोरखा, रामेछाप, खोटाङ र दोलखाका ५० अति बिपन्न र अति प्रभावित परिवारको स्थानीय संरचना अनुसारको घर बनाइदिन समेत तीनचूलीमार्फत उनले सहयोग गरेका रहेछन्। गोरखाको बारपाक भन्दा माथिको गाउँ सिङ्ला, रामेछापको बाम्ति, दोलखाको जुनबेसीं र खोटाङको ऐसुलुखर्क नजिकको बादेलका भूकम्प पीडितका घर समेत उनले व्यक्तिगत समन्वयबाटै बनाइदिएको जानकारी दिए।  

उनले यसअघि ताप्लेजुङका उत्तरी हिमाली बस्तीहरु यासाङ्, मार्गेम, सोत्लिमा र नेफु गाउँका विद्यालय भवन बनाइदिन समेत सघाएका छन्। उनले फक्ताङ्लुङ गाउँपालिकाको हेल्लोकमा रहेको बाल विकास केन्द्रको स्थापना गर्ने देखि अहिले त्यहाँ कार्यरत जनशक्ति समेतको पारिश्रमिकमा समेत सहयोग गर्दै आएको जानकारी दिए। आफ्ना बुवा पर्यटन व्यवसाय क्षेत्रमा संलग्न हुँदा नेपालमा हिमाली र पहाडी क्षेत्रका अति बिपन्न परिवारको जीवन शैली र रहनसहन बारे हुने गरेका ब्याख्याका कारण आफ्नो मन शैक्षिक विकामा सहयोग गर्न उत्प्रेरित भएको उनले जानकारी दिए। फुङ्लिङ नगरपालिका र मैवाखोला गाउँपालिकामा बन्न लागेका भभवनका लागि प्रतिकोठा सातसय रुपैयाँका दरले लगानी गर्नेगरी प्रारम्भिक लागत योजना बनेको छ।  

यद्यपी बिस्तृत परियोजना प्रतिबेदनले लगानी अझ थप हुने आधार देखाएमा लगानीमा कमी हुन नदिने योजनामा आफू रहेको ज्वलन्तले बताए। उनले खान पुग्ने भन्दा बढी पैसा अनावश्यक सञ्जय गर्नुभन्दा समाज सेवामै लगाएको राम्रो हुने देखेर आफ्नै लगानी खर्चिन तयार भएको उनले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५६ सेकेन्ड अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस