रुख कटान र बिक्री वितरणमा लागेको प्रतिबन्ध फुकुवा गर्न माग
१७ मंसिर २०७७
•
२ मिनेट पाठ
रुख कटान र बिक्री वितरणमा लागेको प्रतिबन्ध फुकुवा गर्न माग
सहायक प्रजिअ गायत्रा अधिकारी खड्कालाई ज्ञापन पत्र बुझाउँदै सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा । तस्बिर: खगेन्द्र/नागरिक
सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले रुख कटान तथा बिक्री वितरणमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गरेको छ। संघले रोकिएका काठ कटान, ओसारपसार र बिक्री वितरण तत्काल खुल्ला गरी यसअघि गठित उच्चस्तरीय छानबिन समितिको प्रतिबेदन कार्यान्वयन गर्न समेत माग गरेको छ।  




बुधवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ९ बूँदे ज्ञापन पत्र पेश गर्दै महासंघले सामुदायिक वन उपभोक्ता समूहको बिधान र कार्ययोजनामा उल्लेख भए बमोजिम र साधारणसभाले गरेको निर्णय अनुसार वन सम्वद्र्धनका कार्यक्रम निर्वाध रुपमा सञ्चालन गर्न पाउनुपर्ने भनेको छ। महासंघका जिल्ला अध्यक्ष सुरज ओझाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा २०७७ साल जेठ १५ गतेबाट लागेको रुख कटान तथा बिक्री वितरणमाथिको प्रतिबन्ध खुल्ला गर्ने सहमति भएपनि खुल्ला नभएको भन्दै सरकारको ध्यानाकृष्ट गरिएको छ।  

साल बाहेकका काठमात्र भनेर खुलाइको कटान तथा बिक्री वितरणले उपभोक्ताहरु मारमा परेको संघको निश्कर्ष रहेको छ। महासंघका अनुसार ताप्लेजुङमा मात्रै १ सय २३ वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन्। सालका काठको कटान रोक्का भएबाट समुदायका उपभोक्ता घरगोठ बनाउन समेत बञ्चित भएको महासंघको निश्कर्ष रहेको छ। यो रोक्का प्रकृयाले सामुदायिक वनले स्थानीय गरिव र बिपन्न वर्गलाई गर्दै आएको सहयोग समेत रोकिँदा ति वर्गको चाडपर्व समेत खल्लो भएको स्मरण महासंघले सरकारलाई गराएको छ।  

महासंघले कोरोना सन्त्रासका कारण समस्यामा परेका स्थानीय गरिव र बिपन्न समुदायले उपभोग गरिरहेको अधिकार कटौति भएको भन्दै सहयोग गर्नुपर्ने बेलामा पुनःरुख कटान तथा बिक्री वितरण रोक्का कायम राखेर सरकारले झन् समस्यामा परेको दावी गरेको छ। महासंघको ज्ञापन पत्रमा सामुदायिक वनले गर्ने उद्यम, पर्यापर्यटन तथा कृषिवनका कार्यक्रममा उपभोक्तालाई सहयोग गर्न, वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्न, प्रदेश सरकारद्वारा चालू वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रोकी त्यसमा रहेको बजेट सामुदायिक वन व्यवस्थापन कार्यमा लगाउन समेत वन उपभोक्ता महासंघले सरकारको ध्यानाकृष्ट गरेको छ।  

वन क्षेत्रको बजेट तथा कार्यक्रम लैंिगक मैत्री बनाउन, उद्यम सञ्चालनका क्रममा सामुदायिक वन संग कायम रहेको बिद्यमान दूरी हटाउने उपाय र कार्यक्रम तर्जुमा गर्न र वन उपभोक्ता समूहमा शुसासन र क्षमता अभिबृद्धिका लागि सामुदायिक वन उपभोक्ता महासंघसंग सहकार्य गर्न समेत संघले सरकार समक्ष आग्रह गरेको छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैंगिक समानता र सामाजिक समाबेशीकरणलाई ध्यानमा राखी दिगो वन व्यवस्थापन योजना तय गर्न सकिने सुझाव पनि सामुदायिक वन उपभोक्ता महासंघले सरकार समक्ष पेश गरेको छ।  

काठ कटान तथा बिक्री वितरण सम्वन्धमा २०७७ साल असोज ११ गतेको निर्णय पश्चात बनेको छानबिन समितिको प्रतिबेदन समेत कार्यान्वयन नगरेर सरकारले सामुदायिक वन क्षेत्रमा निरन्तर प्रहार गरिरहेको वन उपभोक्ता महासंघले सरकारलाई आरोप लगाएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस