रुघाखोकी र ज्वरोसहितका कोरोना शंकास्पद बिरामी, स्वाब लिएका र संक्रमितको नजिकको सम्पर्कमा रहेकाहरु अब सार्वजनिक स्थलमा भेटिए सिधै ताप्लेजुङको फुङ्लिङस्थित संस्थागत क्वारेन्टिनमा राखिने भएको छ। यति मात्र होइन कोरोना परीक्षण गर्दा उनीहरु र उनीहरुसंगको नजिकमा रहेकाहरुमा संक्रमण फेला परे कोरोना सार्न सघाए बापत लखर–लखर हिँड्नेलाई सार्वजनिक स्थलमा ल्याएर माला लगाउने नीति अख्तियार गरिने भएको छ।
कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन गएको ताप्लेजुङ उद्योग बाणिज्य संघको टोलीलाई प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले सामूहिक प्रयासबाट कोरोनाविरुद्धको लडाँइमा लागौं भन्ने आग्रह गरेका छन्। चापागाँइले शंकास्पद अवस्था, स्वाब लिएका र पोजेटिभ रिपोर्ट आएकाहरुले एकान्तबास बाहेक सार्वजनिक स्थलमा जाने हर्कत गरेको भए सो जानकारी प्रशासनलाई दिन ताप्लेजुङ उद्योग बाणिज्य संघमार्फत समुदायका सदस्यलाई आग्रह गरेका छन्।
उनले त्यो सूचना पाउनासाथ प्रशासनले नियन्त्रणमा लिएर संक्रामक रोग नियन्त्रण ऐन अनुसार कार्बाही गर्ने प्रतिबद्धता पनि प्रजिअ चापागाँइले जनाए। अहिले ताप्लेजुङमा ३५ जना सक्रिय संक्रमित छन्। ति मध्ये पाथीभरा याङ्वरकका नौ, सिरिजङ्घाका दुई र फुङ्लिङ भित्रका बाँकी २४ जना छन्। सिरिजङ्घाका दुईसहित फुङ्लिङमा २६ र पाथीभरा याङ्वरकमा नौजना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ। ताप्लेजुङ उद्योग बाणिज्य संघले स्वाब संकलन भएका व्यक्तिहरुले नतिजा प्राप्त नभएसम्म र नतिजा पोजेटिभ आए स्वास्थ्य लाभ नभएसम्म होम क्वारेन्टिनमा बस्नुपर्ने कुरालाई कडाइका साथ पालना गर्ने÷गराउने प्रकृयामा प्रशासनको सहयोग मागेको छ।
जिल्ला प्रशासन कार्यालयलाई आठ बुँदे ज्ञापनङ पत्र बुझाउँदै बाणिज्य संघले शंकास्पद व्यक्तिहरु होम क्वारेन्टिनमा नबसी सार्वजनिक रुपमा हिड्डुल गर्ने कार्यले कोरोना संक्रमण बढाउन भूमिका खेलेको भन्दै नियन्त्रणका लागि प्रशासनलाई भनेको छ। उसले राजनीतिक दल तथा भातृ संगठनहरुले समुदायमा छिरेर गर्ने बिभिन्न कार्यक्रमहरुका कारण पनि संक्रमण जोखिम बढेको औंल्याएको छ। यो कार्यमा दलहरुसंग सहजीकरण गरिदिन उसले प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो। ताप्लेजुङ उद्योग बाणिज्य सघका कार्यवाहक अध्यक्ष दिनेश अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा धार्मिक, साँस्कृतिक, खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रममा हुने अनावश्यक भीड नियन्त्रण गर्न तथा अत्यावश्यक काम बाहेक हिड्डुल नगरी घरमै बसिदिन स्थानीय समुदायलाई अनुरोध गरिएको छ।
यस्तै उद्योग व्यवसाय सञ्चालनको क्रममा मास्क, सेनिटाइजरसहितका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग अनिवार्य गर्न र भौतिक दूरी कायम गरी व्यापार व्यवसाय सञ्चालन गर्न समेत आफ्ना व्यवसायी सहकर्मीहरुको ध्यानाकर्षण गरिएको छ। संक्रमण खोज पड्ताल(कन्ट्रयाक ट्रेसिङ) लगायतका कार्यहरु बढाउन तथा कोरोनाविरुद्धको सामाजिक चेतना प्रवाह गर्ने कार्यलाई अझ बढी प्रभावकारी बनाउन ताप्लेजुङ उद्योग बाणिज्य संघले ताप्लेजुङका सबै स्थानीय तहलाइ आग्रह समेत गरेको छ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका पूर्व तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सन्तोष खतिवडाले अब मास्क बेगर आउने सेवाग्राहीलाई पहिलो पटकका लागि व्यवसायी आफैंले दिने र त्यसपछि मास्क, सेनिटाइजरसहितको प्रयोगलाई अनिवार्य गर्ने÷गराउनेतर्फ व्यवसायीले समेत सोच अघि सार्ने गरी योजना बनाउन लागेको जानकारी दिए।