महिला हिंसाविरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न
१५ मंसिर २०७७
•
२ मिनेट पाठ
महिला हिंसाविरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आदिवासी जनजाति महिला हिंसाविरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरेको छ।




कोभिड–१९ को महामारीले आदिवासी जनजाति महिलामाथि भएका हिंसाका विषयलाई लिएर 'लैङिगक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति,समाज र सबैको ऐक्यबद्धता' नाराका साथ शुक्रबार नयाँ बानेश्वरको अल्फा हाउसमा महासंघले परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका सल्लाहकार यशोकान्ती भट्टचन र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले कार्यपत्र प्रस्तुति गरेको थिए।

हिंसामा परेका महिलाहरुलाई उत्थान गर्न सरकारले बिभिन्न कार्यक्रम संचालनमा ल्याएको कार्यक्रमका प्रमुख अथिति, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बताए। साथै हिंसाको शिकारमा पर्न नदिन सरकारले उद्यमशिलता, वित्तिय पहुँच, स्वास्थ सेवा, तालिम लगाएत सचेतना मुलक कार्यक्रमहरु गरेको र निरन्तरता दिन प्रतिबद्ध रहेको पनि सचिव खतिवडाले बताए।

कार्यपत्र प्रस्तुत गर्दै कोरोना भाइरस महामारीका काराण लकडाउन भएपछि महिलामाथि विभिन्न क्षेत्रमा दुर्व्यवहार, घरेलु तथा अन्य बिभिन्न प्रकारका संरचनागत हिंसा भएको महासंघका सल्लाहकार भट्टचनले बताए। हिंसारहित समाज निमार्णका लागी स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म सम्पूर्ण संघ संस्था, नागरिक समाज, सरकारी निकाय बीचको सहकार्य आवश्यक रहेको पनि उनले बताए।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको उपाध्यक्ष छिङ चिप्पा ल्होमीको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति युवा संघ, आदिवासी जनजाति चलचित्र महासंघ, आदिवासी जनजाति महिला अपाङ्ग संघ, महिला कानुनि सचेतना समूह, राष्ट्रिय  आदिवासी महिला मञ्च, संस्थापक सदस्यहरु, पूर्व पदाकारीहरु, संघीय परिषदका सदस्य एवम् महिला महासंघमा आबद्ध जातिए संस्थाका प्रतिनीधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम समापनको क्रममा उपस्थिति सम्पूर्णलाई धन्यवाद दिँदै महिला हिंसाको विरुद्धमा सबै पक्ष एबम् निकाय एकजुट भएर प्रतिबद्धताका साथ अगाडि बढ्न पर्ने महासंघका उपाध्यक्ष छिङ चिप्पा ल्होमीले बताए।
अर्को समाचार
नजर नपुगेको अपराध ‘महिला हिंसा’ !
२८ जेष्ठ २०८०
•
३ मिनेट पाठ
नजर नपुगेको अपराध ‘महिला हिंसा’ !
जिल्ला प्रहरी कार्यालय रोल्पा। तस्बिर: दिनेश/नागरिक
रोल्पामा महिला हिंसाका घटना निरन्तर रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ३ सय ७७ घरेलु हिंसाका उजुरी दर्ता भएको छ। तथ्यांकअनुसार अधिकांश उजुरी श्रीमान्बाट हिंसा भएको देखिन्छ। सासु, ससुराबाट हुने हिंसा पनि ठूलो संख्यामा छ। घरेलु हिंसा जस्तै सामाजीक हिंसा पनि धेरै रहेको तथ्यांकले देखाएको हो।  




आर्थिक वर्ष २०७७/०७८ मा १ सय ४० उजुरी दर्ता भएकोमा ८२ श्रीमानबाट र २४ सासु ससुराबाट हिंसा भएको छ। त्यसैगरी २०७८/०७९ मा दर्ता भएका उजुरीमध्ये श्रीमान्बाट ७४ र सासुससुराबाट २३ वटा हिंसा भएको छ। यो आर्थिक वर्षमा ९४ हिंसाका उजुरी दर्ता भएकोमा ५४ श्रीमान् र १७ सासुससुराबाट हिंसा भएको तथ्यांक छ।  

त्यसैगरी बलत्कारका घटना पनि डरलाग्दो रहेको देखिन्छ। २०७७/०७८ मा १७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएकोमा २०७८/०७९ मा १९ वटा जबरजस्ती करणीका थिए। यो आर्थिक वर्षमा १६ वटा बलत्कारका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसाल अघिल्ला दुई आर्थिक वर्षमा भन्दा यस वर्ष घटना कम भएको बताउँछन्। ‘यो वर्ष हिंसाका घटना अलि घटेको देखिएको छ,’ उनले भने, ‘जनचेतनाको माध्यमबाट घरेलु र सामाजिक हिंसाका घटना न्यूनीकरण गर्न सकिन्छ। जनस्तरमा जागरण हुनुपर्छ। चेतनाको अभावमा कतिपय घटना हामीकहाँ आउँदैनन्।’  

रोल्पामा आत्महत्या र भवितव्य घटना पनि बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। यो आर्थिक वर्षमा मात्रै ५७ जनाले आत्महत्या गरेका छन् भने भवितव्यमा परी २६ जनाले ज्यान गुमाएका छन्। प्रहरीको तथ्यांकअनुसार २०७४/०७५ यता हालसम्म ३ सय ९५ जनाले आत्महत्या गरेका छन् भने १ सय २६ जनाले भवितव्यबाट ज्यान गुमाएका छन्।  

गाउँका समस्या सिंहदरबारबाट देखिएन भन्दै घरछेउमा खडा भएका स्थानीय सरकारले महिला हिंसा, आत्महत्या जस्ता गम्भीर अपराधमा चासो दिने गरेको पाइँदैन। नीति कार्यक्रममा समेत गतिलो स्थान नपाउने यी विषयबारेमा कतिपय जनप्रतिनिधि नै उदार देखिँदैनन्। ‘महिलाले पनि अति गर्छन् र कुटाइ खान्छन्। घरमा मिलेर बस्नु प¥यो नि ?,’ एक वडाध्यक्ष भन्छन्, ‘श्रीमान् विदेश गएपछि यहाँ महिला छाडा हुन थालेका छन्।’ यी जस्तै केही जनप्रतिनिधिले खुला कार्यक्रममै पनि महिलाकै कारण हिंसा बढेको बताउने गर्छन्।  

सरकार सञ्चालन गर्न आएका जनप्रतिनिधि नै महिलाका सवालमा नकारात्मक देखिएपछि हिंसाका घटना घट्न नसकेका हुन्। सशक्तीकरण, शिक्षा र स्वास्थ्य जस्ता गम्भीर सवालमा राज्यका तर्फबाट आममहिलासम्म कुनै कार्यक्रम र योजना पुग्ने गर्दैन। मानसिक समस्या बढ्दै जाँदा आत्महत्याको संख्या वृद्धि हुनुले जनप्रतिनिधिलाई खासै फरक परेको पाइँदैन।  

केन्द्र र प्रदेश सरकार अनि सो मातहतका कार्यालयले स्थानीय सरकारतिर देखाएर पन्छिने र स्थानीय सरकार रनभुल्लमा पर्नु पनि सामाजिक समस्या समाधान हुन नसक्नुको एउटा पाटो हो। ‘जनप्रतिनिधिलाई सडक र पानी धारा मात्र विकास हो भन्ने लाग्छ।’ स्थानिय तहका एक कर्मचारी भन्छन् ‘सामाजिक र मानवीय विकासका सवालमा कसैलाई चासो नै छैन।’  

घर छेउँमा सरकार आएको ६ वर्षभन्दा बढी भइसक्दा पनि स्थानीयका समस्या पहिचान हुन नसक्नु दुखद् भएको स्थानीयको बुझाइ छ। त्यसो त रोल्पालगायत देशैभर महिला हिंसाका सवालमा उल्टै नकारात्मक कलंक बोक्नुपर्ने भएपछि धेरै घटना बाहिर आउँदैनन् भने बलात्कार जस्ता गम्भीर अपराधसमेत गाउँमा पञ्चभलादमी बसेर छलफल र दबाबबाट मिलाउने गरिन्छ।  
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस