कोभिड-१९ अझै कायम रहेको र फैलन सक्ने भन्दै बाणगंगा नदीमा लाग्ने रामघाट र लक्ष्मणघाट मेला नलगाउन प्रशासनले निर्देशन जारी गरेको छ। भीडभाडले कोरोना फैलन सक्ने भन्दै कार्तिक पूर्णिमाका दिन लाग्ने गरेको मेला यस वर्ष नलगाउन प्रशासनले सूचना जारी गरेको हो।
रामघाट मेला मंसिर १५ गते परेको छ। प्रजिअ दीर्घनारायण पौडेलले यस वर्ष कोरोनाको उच्च जोखिम रहेकोले भीडभाडका कुनै पनि कार्यक्रमहरु नगर्न आग्रह गरे। सूचना अवाज्ञा गर्नेलाई संक्रमण ऐन २०२० अनुसार कारबाही प्रकृया अघि बढाइने प्रशासनले जनाएको छ। रामघाट जिल्ला कै सबै भन्दा पुरानो र ठूलो मेला हो। यस दिन बाणगंगा नदीको रामघाट, लक्ष्मणघाट, बर्गदीघाट, हदौना लगायतका स्थानमा स्नानपछि मेला लाग्ने गर्दछ।
भगवान राम वनबास जानेक्रमा प्यास लागेपछि बाणले हाने पछि पानी आएको थियो। त्यही बेला बाणगंगा नदीको उत्पत्ति भएको किमदन्ती छ। प्रशासनले निर्देशन दिए पनि रामघाट क्षेत्रमा स्नानका लागि सयौ श्रद्धालुहरु आइतवार राति नै ठाउँ ठाउँबाट पुगी सकेका छन्।
महराजगंज नगरपालिकाद्वारा सार्वजनिक बिदा
कार्तिक पूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी महराजगंज नगरपालिकाले मंसिर १५ गते सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सूचना जारी गरी कार्तिक पूर्णिमामा एक दिन नगरपालिका र सबै वडा कार्यालय बन्द रहने जनाएको छ। मेयर अब्दुल कलाम खाले जिल्ला कै सबै भन्दा पुरानो मेला र कपिलवस्तु कै महान पर्व रहेकोले नगरपालिकामा स्थानीय बिदा गरिएको बताए। कोभिडको अवस्था रहेकोले सुरक्षित र स्वास्थ्य मापदन्ड पालना गर्न उनले आग्रह गरेका छन्।