अब ताप्लेजुङको फुङ्लिङमा मंगलबार र शनिबार गरी साताको दुई दिन स्वाब संकलन गरिने भएको छ। निश्चित दिनलाई आधार मानेर स्वाब संकलन गर्दा कन्ट्रयाक ट्रेसिङसहितको कार्य पूरा हुने र स्वाब संकलन कार्य पनि व्यवस्थित हुने भएकोले साताको दुई दिन मात्र स्वाब संकलन गर्ने तयारी गरिएको हो। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले सातामा अनिवार्य दुई दिन स्वाब संकलन गनुपर्ने अवस्था बाहेक सातामा एक दिन मात्र स्वाब संकलन गरिने जानकारी दिए।
‘शंकास्पद अवस्थामा वा स्वाब संकलन गर्नैपर्ने अवस्थामा साताका मंगलबार र शनिबार स्वाब संकलन गरिन्छ’प्रजिअ चापागाँइले भने। ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले दिनै तोकेर सातामा दुई दिन स्वाब संकलन गर्ने हो भने संकलन तथा व्यवस्थापन सहज हुने बताए। कन्ट्रयाक ट्रेसिङसहितका सबै कार्य पूरा गरी स्वाब लिनैपर्ने अनिवार्य अवस्थाका लागि मात्र स्वाब संकलन गरिने भएको छ।
डाक्टर लामाका अनुसार संक्रमितको नजिकको सम्पर्कमा रहेकाहरु र कोरोना मिल्दोजुल्दो लक्षण देखिएकाहरुले अब अनिवार्य कम्तिमा १० दिन होम आइसोलेसनमा बस्नुपर्ने छ। सो अवधिमा शरीरमा कुनै समस्या देखा परेमा वा कोरोनासंगको हुबहु लक्षण मिल्दोजुल्दो देखिएमा मात्र त्यस्ता व्यक्तिको स्वाब परीक्षणका लागि संकलन गरिने भएको छ।
यहाँ संकलन गरिएको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइन्छ। अब उप्रान्त संक्रमण खोज पड्तालको सम्पूर्ण कार्य स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्नुपर्ने भएको छ। संक्रमण व्यवस्थापनका लागि जनसम्पर्क र परार्मश सेवाको प्रमुख दायित्व समेत स्वास्थ्य कार्यालयले लिनुपर्ने गरी मौखिम सहमति बनेको प्रजिअ चापागाँइले बताए।