ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ८ दोखुको बेजम्बुमा शनिबार अपरान्ह भएको आगलागीमा एकैघरका दाजुभाइका दुईवटा घर जलेर नष्ट भएको छ। आगलागीले यसकुमार गुरुङ र देउमानका घरहरु जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटी दोखु शाखाका सभापति कमलप्रसाद भट्टराईले जानकारी दिए। नजिकै घर भएका ति दाजुभाइको घरमा कसरी आगो लाग्यो भन्ने केहि खुलेको छैन।
एकाघरका दाजुभाइ छुट्टिएर बस्दै आएका दुबै घर जलेर ध्वस्त भएको जानकारी आफूले पाएको भट्टराईले बताए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए। उनले घटनाको पूर्ण बिवरण आउन केहि समयम लाग्ने समेत जानकारी दिए।