बेपत्ता भएका कपिलवस्तु नगरपालिका–६ तिलौरीका १३ वर्षीय बाल पथ प्रदर्शक राहुल साहानी २४ दिनपछि फेला परेका छन्। घरमा बुवा रिन्कुसंग विद्यालय जाने विषयमा सामान्य कुरामा रिसाएर गत कार्तिक १७ गते भारतको मुम्बई भागेर गएका थिए। नेपालका बिभिन्न संचारमाध्यममा राहुल हराएका कुरा बाहिर आएपछि मुम्बईमा बस्ने मानिसले उनलाई शोरहतगढसम्म पुर्याएका थिए।
त्यहाँबाट बुधबार बिहान उनलाई प्रहरी कार्यालय ल्याइएको छ। प्रहरी उपरिक्षक धर्मराज भण्डारीले राहुल मर्यादपुर क्षेत्रमा भेटिएको बताए। भेटिएका राहुललाई परिवारको जिम्मा लगाइएको उनले बताए। बुद्धको क्रिडास्थल प्राचिन तिलौराकोट दरबारमा पथ प्रदर्शकको काम गर्ने गर्थे। तौलिहवा स्थित सिद्धार्थ बोर्डिङ स्कुलमा घरबाट बिहान पढ्न हिँडेका उनी गत कार्तिक १७ गते बिहानबाट सम्पर्कविहीन भएका थिए। २४ दिनपछि छोरा भेटिएमा राहुलकी आमा खुसी छन्।
बुवा रिन्कुले छोरा भेटिएकामा निकै खुसी लागको बताए। छोरा खोज्न मद्दत गर्ने संचारकर्मी र प्रहरीले धरै सहयोग गरेको बताए। कपिलवस्तु नगरपालिका–६ तिलौरीका उनले अंग्रजी, नेपाली, अवधी लागतयका विदेशी भाषामा पर्यटकहरुलाई बुद्धस्थलबारे जानकारी गराउने गर्थे। विदेशका प्रायः सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए।
१३ वर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो। उनले पर्यटकहरुलाई तिलौराकोट लगायत बुद्धस्थलबारे जानकारी दिए बापत केही रकम कमाउने गर्थे। त्यही पैसाले उनले आफ्नो कापी किताब किन्ने गर्थे।