कोरोना संक्रमण नियन्त्रणको नाममा आठ महिनादेखि नेपाल–भारत सीमा वारिपारि औपचारिक आउजाउमा रोक लगाइएको छ। आउजाउमा रोकका कारण सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेको भन्दै व्यापारीदेखि सर्वसाधारणमा उकुसमुकुस बढेको छ।
सीमा वारिपारिको सम्बन्धमा लगाइएको रोकले दैनिक जीवनमा प्रभाव परेको भन्दै सीमा क्षेत्रमा आक्रोश बढ्न थालेको छ। सिरहा, सर्लाही, महोत्तरी र रौतहटमा सीमाको ब्रेक खुलाउन राजनीतिक दल तथा व्यापारीहरु धर्ना बसेका छन्। सर्वसाधारणहरुले त सरकारी रोकको अवज्ञा गर्दै सीमा वारपार गर्न थालिसकेका छन्।
पारिको बजारमा यताभन्दा सस्तोमा सामान किन्न अभ्यस्त बनेका सीमावर्ती क्षेत्रका बासिन्दाहरुलाई लामो समयको सीमा ब्रेकले मर्का परेको छ। सिरहा माड्रका स्थानीय नरेशकुमार बरबरियाले भने। जीविकोपार्जनका लागि रासन खरिददेखि पेसा व्यवसायसम्मका लागि दुईतर्फी आउजाउ गरिरहने मानिसलाई नियमित कामकाज रोकिँदा समस्या भएको छ। सीमामा औपचारिक आउजाउ रोकिएपछि तस्करी, चोरी पैठारी मौलाएकै छ उनले भने,‘सीमामा रोकाबटले सर्वसाधारणलाई मात्र सकस भएको छ।’
सीमा खुलाउनुपर्ने मागमा राजनीतिक दल, सीमा क्षेत्रका पालिका प्रमुख र सांसदहरू एकमत देखिएका छन्। जिल्ला समन्वय समिति सर्लाहीका संयोजक मेथुर चौधरीको संयोजकत्वमा सीमा खुलाका लागि दबाब दिन सर्वदलीय संघर्ष समिति बनाइएको छ।
संघर्ष समितिको नेतृत्वमा सर्लाहीसँग भारतीको सोनवरसा नाका जोडिने भन्सार क्षेत्रमा दबाबमुलक धर्ना कार्यक्रम गरिएको छ। औपचारिक नाका बन्द भइरहँदा सवारीसाधनबाट मानिसको ओहोरदोहोर हुन सकेको छैन। जनता समाजवादी ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष नविनकुमार यादवले महिनौं सीमा बन्द गरेर सरकारले सीमावर्ती क्षेत्रका बासिन्दाबीच फाटो ल्याउने काम गरेको बताए। वारिका बजार पूर्णरूपमा खुलेका छन्। पारि पहिलेदेखि नै खुला छन्। सीमापारि बिहारमा भर्खरै चुनावसमेत सम्पन्न भएको छ। पारिको सीमा खुल्ला गरिसकिएको छ। वारिको दशगजा क्षेत्रमा मात्र रोकले कोरोना संक्रमण नियन्त्रण हुन्छ भन्ने सोच गलत भएको उनले बताए।
सीमा बन्दले यस भेगका नागरिकको परस्पर सम्बन्ध मात्र हैन, यस औषधि उपचार गराउनदेखि किनमेल समेत प्रभावित भएको छ। सीमा क्षेत्रका बासिन्दा भारतीय बजारमाथि निर्भर थिए।
औपचारिक नाका बन्द हुँदा यस भेगमा तस्करी मौलाएको छ। सीमामा लगाइएको भनिएको ब्रेकले तस्करले प्रश्रय पाएको छ। सीमा क्षेत्रका अधिकांश सर्वसाधारणा तस्करीमा जोडिन थालेका छन्। रोजगार गुमाएका कतिपय युवा वारिका व्यापारीका लागि तस्करीका समान ढुवानी गर्ने भरिया बनेका छन्। प्रहरीका घुमुवाहरुलाई लाइन बुझाएर सीमा क्षेत्रमा मदिरा, मटर, छोकरा, इलाइची, स्याउ, दैनिक उपभोग्य सामान, कपडाको तस्करी बढेको सिरको सीमावर्ती बरहरीका देवनारायण यादवले बताए।
तस्करी बढ्दा सीमा क्षेत्रमा प्रहरीका घुमुवाहरुको बिगबिगी पनि बढेको छ। घुमुवाहरु अनुचित लाभ लिएर तस्करीलाई बढावा दिइरहेको रौतहटका एक जनप्रतिनिधिले बताए। तस्करले घुमुवालाई रकम बुझाएर सामान वारपार गराउने गरेको उनले बताए। उनका अनुसार बन्द रहेको मुख्य नाकाको बिकल्प चोरबाटो पनि घुमुवाले नै बताइदिने गरेका छन्।
सरकारले कोरोना नियन्त्रणका लागि गत चैत ११ गते देशव्यापी लकडाउन तथा सीमा बन्द गरेयता प्रदेश २ का आठवटै जिल्लाका औपचारिक नाका सर्वसाधारणको आउजाउका लागि खोलिएका छैनन्। सीमा नाका बन्द गरिए पनि कोरोना संक्रमणको फैलावट रोकिएको छैन। ‘दुवैतिर लकडाउन भइरहेको अवस्थामा अर्कै थियो’ ठाढी नाका रामबाबु साहले भने,‘ दुवैतिर सबै खुलिसक्दा सीमा मात्रै बन्द गर्नुको औचित्य रहँदैन।’
सरकारले देशैभर भारतबाट नेपाल प्रवेशका लागि पछिल्लो समय १० वटा नाकालाई मात्रै अनुमति दिएको छ।