२२ दिनपछि जिल्ला प्रशासन कार्यालय रसुवाको नियमित सेवा सुरु भएको छ। जिल्लामा कोभिड–१९ का संक्रमित घटेसँगै कार्यालयले मंगलबारदेखि नियमित सेवा सुरु गरेको हो।
कार्यालयले मंगलबारदेखि नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण, संघसंस्था र पत्रपत्रिका दर्ता तथा नविकरण, राहदानी वितरण तथा अन्य सेवाहरू सुरु गरेको हो। यसअघि सेवा प्रवाह नरोकिएको तर कोरोनाको जोखिमको कारण सेवा प्रवाहमा केही ढिलो हुँदै आएको थियो।
आवश्यक सेवाका लागि प्रक्रिया पूरा गरेर आएका सेवाग्राहीलाई सोही दिन नै सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि कार्यालयले कार्तिक १८ गतेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो। त्यसको केही समयपछि कार्यालयले सेवाग्राहीले ल्याएका कागजपत्र चार दिनसम्म राखेर सेवा दिने गरेको थियो।
जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा बन्द गरिएको थियो।
जिल्लामा हालसम्म १ सय २१ जनामा कोरोना पुष्टि भएको छ। जसमा १२ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा १५ जना, आमाछोदिङ्मोमा १, कालिकामा ४५, उत्तरगयामा ३२, नौकुण्डका ९ र बाहिरी जिल्लाका १९ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जसमा गोसाइँकुण्डमा ३, कालिकामा ३ र उत्तरगयामा ६ गरी १२ जना आइसोलेसनमा रहेका छन्।
नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा अहिले कोरोना संक्रमित छैनन्। जिल्लामा हालसम्म १ हजार ५ सय ६८ वटा स्वाब संकलन गरिएकोमा १ हजार ४ सय १४ नेगेटिभ र १ सय २१ पोजेटिभ आएको थियो।