चुल्हो नै नबल्ने भएपछि भारत जानेको भिड
०७ मंसिर २०७७
•
४ मिनेट पाठ
चुल्हो नै नबल्ने भएपछि भारत जानेको भिड
गौरिफन्टा नाकामा भारततर्फ जान लागेका नेपालीहरु । तस्बिर : दिलबहादुर छत्याल
सुदूरपश्चिमका नाकामा मजदुरी गर्न भारत जानेको भिड बढेको छ। दशै र तिहारको मुखमा समेत भारततिर जाने लाम नरोकिएको सुदूरपश्चिमका मुख्य दुई नाका त्रिनगर र गड्डाचौकीमा चाडपर्व सकिएपछि मजदुरी गर्नेको भिड अझ बढेको हो। स्वदेशमा कुनै रोजगार र आम्दानीको श्रोत नहुँदा चल्हो नै बल्न बन्द भएपछि ठूलो संख्यामा मजदुरीको लागि भारततिर जान बाध्य भएका हुन्।




भारततिर जाने सवैको एउटै जवाफ छ, ‘याहाँ रोजगारी छैन, बालबच्चा भोकै त मर्नु दिनु भएन, त्यही भएर वाध्यताले मजदुरी गर्न जादै छुँ।’

बिश्वव्यापी महामारी रुपमा फैलिएको कोरानाको संक्रमण देखिन थालेसँगै भारतका बिभिन्न शहरमा मजदुरी गर्ने दशौ हजार ‘मरेपनि आफै भूमिमा मरुलाु भनेर घर फर्केका थिए। त्यतिवेला नाकामा घर फर्कनेहरु सवैको मुहारमा उत्साह देखिन्थ्यो। तीन तहका सरकार भएका वेला स्वदेशमै दुई छाक टार्नको लागि मात्र भएपनि कुनै रोजगार कसो नपाईएला भन्ने आशा उनीहरुमा थियो।

तर केहि महिनामै आफ्नौ ठाउँमा कुनै रोजगार र आम्दानीको उपाय नलागेर भोकभोकै हुनुपर्ने भएपछि मरेपनि आफ्नै भूमिमा मरुला भनेर आएकाहरु हतास भएका छन्। बालबच्चा, आफू भोकै मर्नुभन्दा ‘उतै जस्तो भएपनि भोगुला’ भन्दै निरास भएर मजदुरीका लागि भारततर्फ जान लागेका हुन। ‘यि बालबच्चा पाल्ने उपाय भए किन जान्थे, वालबच्चासहित म पंजाव जादै छुँ’तीन बालबच्चा र महिलासहित भारतजान लागेका डोटीका हर्क भुलले भने,‘उता जस्तो दुःख र समस्या भएपनि भोग्नु छँदैछ।’ उनी लकडाउनपछि ४ महिना अघि नेपालमा आएका थिए।  

बालबच्चा समेत संगै लगेर महिला पुरुष मजदुरीका लागि भारततिर जाने गरेका छन्। ‘खानु त चाहिन्छ, के खाएर बाच्ने? श्रीमान र म दुवै मजदुरीका लागि हरियाणा जादै छौं’धनगढी देवरियाकी रंजिता चौधरीले भनिन्। कुखुरा फर्ममा काम गर्ने चौधरी दम्पति पनि भारतमा कोरोना संक्रमण फैलिएर लकडाउन भएपछि स्वदेशमै केही रोजगार गरेर बस्ने सपना साँचेर घर आएका थिए। ‘त्यतिवेला रोगले मरेपनि आफ्नै माटोमा मरुला भनेर घर फर्केका थियौं, केहि रोजगार पनि पाइएन, वाध्यताले उतै जानु पर्‍यो’सन्तराम चौधरीले भने। पेट सेमत पाल्न सामान्य आम्दानीको रोजगार समेत नपाएर पिडा सहित भारत फर्कने सयौ जनाको प्रत्येक दिनको लामले गरिवि र बेरोजगारीको कहाली लाग्दो अवस्था देखाउनुका साथै देशमा रहेका तीन तहका सरकारलाई गिज्याईरहेको छ। 

‘खान नपाएर सयौ युवायुवती आशु चुहादै भारततिर जाने दृष्यले परिवर्तनले जनताको जिवनमा कुनै परिवर्तन आउन नसकेको झल्काएको छ ’नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्,‘संविधानमा लेख्ने तर त्यो पुरा गर्ने जिम्मेवारी बहन नगर्ने शासकहरुका कारण यो देशकै लागि लाजमर्दो भएको छ।’ संविधानमा प्रत्येक नागरिकलाई रोजगारीको अधिकार हुने उल्लेख गरिएपनि निराश र उदास मुहार बोकेर प्रत्येक दिन भारततिर गैरहेका सयौ युवायुवती पिडा प्रति तीन तहका सरकारले ध्यान नदिएको उनी बताउँछन्।

भारतमा कोरोनाको संक्रमण शुृरु भएसँगै त्रासले फागुनको अन्तिम सातादेखि नेपालीहरु घर फर्कन थाले। फागुनको अन्तिम सातादेखि सरकारले अन्तरराष्ट्रिय सीमा बन्द गरेर प्रवेश निषेध गरेको चैत ११ गतेसम्म भारतका बिभिन्न ठाउँवाट मजदुृरी गरि घर फर्कने लाम देखिन्थ्यो। पछि नाका प्रवेश खुला गरेपछि जेठ र असार महिनामा पनि घर फर्कनेको लर्को नै थियो। कुनै आम्दानीको श्रोत र रोजगार नभएर भोकमरी हुने अवस्था भएपछि भदौ महिनादेखि पुन भारततिर जान थालेका हुन्।

आफूसँग भएको जमिनको उव्जनीले ३,४ महिना पनि खान नपुग्ने र अन्य आयश्रोत पनि नभएपछि सुदूरपश्चिमवाट भारतका बिभिन्न ठाउँमा गएर सस्तोमा श्रम बेच्ने गरेका छन्। सस्तोमा श्रम बेच्ने गरेकाले १०, १५ वर्षदेखि भारतमा मजदुरी गरिरहेकाहरु समेत ३, ४ महिनामै बालबच्चाको पेट कसरी पाल्ने भन्ने समस्यामा परेर भारततिरै जान वाध्य भएका छन्।

प्रत्येक दिन करिव १५ सय २ हजार जना सुदूरपश्चिमवाट भारततर्फ गैरहेका छन्। शुक्रवार गड्डाचौकी र गौरिफन्टा नाकाबाट मात्र १९ सय ८३ जना र शनिवार १६ सय ७५ जना भारततर्फ गएका कंचनपुर प्रहरी कार्यालयका प्रहरी नयाव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन्।

सुदूरपश्चिमका बिभिन्न जिल्ला, बर्दिया, बाँके लगायतका मजदुरीका लागि सुदूरपश्चिमको नाका भएर भारततर्फ गरहेका छन्।  

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भदौ महिना यतामात्र सुदूरपश्चिमबाट ६० हजार जना मजदुरीका लागि भारत तर्फ गएको बताएका छन्।  

भारतमा अहिले पनि कोरोनाको संक्रमण डरलाग्दो गरि फैलिरहेको छ। ९० लाखभन्दा बढी संक्रमित भएका छन् भने १ लाख ३३ हजार भन्दा बढीको ज्यान गैसकेको छ।

आयश्रोत नभएको र आफूसँग भएको जमिनको कमाईले ३,४ महिना पनि खान नपुग्ने भएकाले सुदूरपश्चिमका करिव ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। उनीहरु भारतमा सस्तोमा श्रम बेच्ने गरेका छन्। कोरोनाको संक्रमण फैलिएसँगै फागुन यता ३ लाख बढी नेपालीहरु घर फर्केका थिए।  भारतबाट फर्केकालाई भोकभोकै हुन नदिन राहातका कार्यक्रम र दिर्घकालिन रुपमा स्वरोजगार सृजना गर्ने कार्यक्रममा ल्याउन सरकार चुकेको पर्यटन व्यवसायी कृष्णबहादुर महरा बताउँछन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस