कपिलवस्तुका बिभिन्न नाकामा तिहारलाई लक्षित गरी भित्राइएका डेढ लाख बढी मूल्यका पटाका बरामद गरिएको छ। सीमा क्षेत्रमा रहेका प्रहरी युनिटले चेकजाँचकाक्रममा सो पटाका बरामद गरेको हो। लुकिछिपी बिभिन्न नाकाबाट भित्र्याइएका पटाका बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। ६७ हजारको झिरझिरे, ३० हजारको भुईचम्पा, आतिजबाजी ३१ हजार आलु बम २१ हजार गरी कुल डेढ लाख बढी मूल्यका पटाका बरामद गरिएको थियो।
बरामद पटाकालाई तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा पत्रकार सम्मलेनपछि गाडेर नष्ट गरिएको थियो। बढी नाफा पाउने भएकाले ब्यापारीहरुले बिशेष गरी तिहारको समयमा चोर नाकाबाट पटका भित्र्याउने गरेका छन्। यसैबीच कपिलवस्तुको महाराजगंज नगरपालिकाको हर्दौना बिओपी पोस्टले २० हजार मूल्यको पटका बरामद गरेको छ। बरामद गरेको पटका पत्रकारहरुको राहोबरमा गाडेर नष्ट गरिएको बिओपीको प्रहरी निरीक्षक अशोक अधिकारीले बताए।