काष्ठमण्डप पुनर्निर्माण ७५ प्रतिशतः वैशाख १२ मा उद्घाटन
२१ कार्तिक २०७७
•
२ मिनेट पाठ
काष्ठमण्डप पुनर्निर्माण ७५ प्रतिशतः वैशाख १२ मा उद्घाटन
परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम उत्साहजनक रहेको बताएका छन्। निर्माणाधीन सम्पदाको आज अपराह्न अवलोकन गर्ने क्रममा मन्त्री ज्ञवालीले  काष्ठमण्डप पुनः निर्माणले सम्पदा निर्माण गर्दा समुदायको सहभागिता अपरिहार्य रहेको कुरालाई स्थापित गरेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्ने गरी काम भएकाले निर्माण समितिलाई धन्यवाद दिए।  




अवलोकनकै क्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले लक्ष्यानुरुप नै मरुसत पुनः निर्माणको काम सम्पन्न हुन लागेकामा सन्तोष व्यक्त गर्दै पुनः निर्माण हुन बाँकी अन्य सम्पदा निर्माणका क्रममा पनि स्थानीयवासीलाई अनिवार्य सहभागी गराउनुपर्नेमा जोड दिए।    

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले आगामी वर्ष गोरखा भूकम्पका दिन उद्घाटन गर्ने गरी काम भइरहेको जानकारी दिए। प्रदेशसभा सदस्य शाक्यका अनुसार हालसम्म ७५ प्रतिशत काम सकिएको र तिहारसम्ममा ८० प्रतिशत  सक्ने गरी काम भइरहेको छ। निर्माणको कामअन्तर्गत अहिले  दोस्रो र तेस्रो तलामा थाम राख्ने काम भइरहेको छ। नियमित रुपमा करीब ३५ जनाले काम गरिरहेका छन्।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि विसं २०७५ वैशाख ३१ गते क्षमापूजा गरिएको थियो। पुनःनिर्माणका लागि १७ हजार ५८ क्युबिक फिट काठ आवश्यक पर्ने समितिको भनाइ छ। आवश्यक पर्ने काठमध्ये केही यसअघिकै पुराना प्रयोग भए पनि केही नयाँ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ। काष्ठमण्डप एउटै सालको रुखबाट बनेको किंवदन्ती छ।  

एक जात्राका समयमा बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि उनले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो। काष्ठमण्डप शब्द अपभ्रंश भई काठमाडौँको नाम रहेको भनाइ पनि छ।  

मन्त्री ज्ञवाली र श्रेष्ठले आजै वसन्तपुरस्थित हनुमानढोका दरबार हेरचाह अड्डाभित्र रहेका आगमछेँ, मोहनकाली चोक, कालिदमन चोक, सुन्दरी चोक, नासल चोक र मूल चोकका बारेमा जानकारी लिएका थिए। अड्डाका प्रमुख सन्दीप खनालले गोर्खा भूकम्पकै कारण क्षति भएका अन्य निर्माणाधीन सम्पदाका बारेमा अवगत गराएका थिए। रासस
अर्को समाचार
निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन हुदैछ सुनथराली विमानस्थल
११ फागुन २०८०
•
१ मिनेट पाठ
निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन हुदैछ सुनथराली विमानस्थल
कालिकोटको सुनथराली विमानस्थलको फागुन १४ गते परीक्षण उडान हुने भएको छ। 




झन्डै ३८ वर्षदेखि निर्माण सुरु भएको कालिकोटको एक मात्र सुनथराली विमानस्थल यही फागुन १४ गते उद्घाटन हुने भएको छ । यो विमानस्थल निर्माण कार्य २०७९ साल माघ ११ गते सम्पन्न भएको थियो।

निर्माण पूरा भएको डेढ वर्षमा उद्घाटनको मिति तीन पटक तय गरिएको थियो। तीनै पटक उद्घाटनको भाका नाघेपछि चौथो पटक यही १४ गते उद्घाटन हुन लागेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिएका छन्।

उनका अनुसार फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातिद्वारा विमानस्थल परीक्षण उद्घाटन गर्ने कार्यक्रम छ। 

यसका लागि नागरिक उड्डयन प्राधिकरणले नरहरिनाथ गाउँपालिकाको कार्यालयलाई सूचना पठाइसकेको जानकारी दिइएको छ।

कालिकोटको सुनथरालीमा २०४२ सालदेखि विमानस्थल निर्माणको योजना सुरु भएको हो। स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको थियो।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस