कपिलवस्तुको बाणगंगा नगरपालिका–१० स्थित पटनाको ढेकही भन्ने स्थानबाट ५५ किलो बदेलको मासुसहित तीनजना पक्राउ परेका छन्। बदेललाई काटेर दुईवटा मोटरसाईलमा २ बोरामा राखेर बिक्रीका लागि लैजानेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुमा सुद्धोदन गाउँपालिकाको हरनामपुरका हरिप्रसाद थारु र श्रवणकुमार चौधरी तथा बाणगंगा नगरपालिका–११ का छठीराम पासी रहेको जिल्ला वन कार्यालयका सूचना अधिकारी मदनमोहन स्यान्डील्यले बताए। सुराकीका अधारमा प्रहरीले लु ३९ प ३४३० र युपी ५५ एबी २०२७ नम्बरको मोटरसाईलमा बदेलको मासुसहित उनीहरुलाई पक्राउ गरि डिभिजन वन कार्यालय पिपरा पठाएको थियो।
पक्राउ परेकाहरुले आफूहरुले सो बदेल भारतीय ब्यापारीबाट चाकरचौडामा ७ हजार भारतीय रुपैयाँमा किनेर ल्याएको दाबी गरे। पक्राउ परेकाहरुमाथि वन्यजन्तु ऐन अनुसार कारबाही प्रकृया अघि बढाइएको स्यान्डील्यले बताए। अदालतबाट कसुर ठहर भए ६ महिना कैद र २० हजार जरिवाना लाग्ने कानुनी प्रावधान छ। बरामद गरिएको मासुलाई स्थानीयवासी र पत्रकारको रोहोवरमा डिभिजन वन कार्यालयमा गाडेर नष्ट गरिएको छ।