खोटाङमा कोभिड–१९ बाट संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १ हजार ८८६ जनाको पिसिआर परीक्षण गर्दा हालसम्म ३३ जनालाई कोरोना संक्रमण भएको हो। संक्रमितमध्ये २७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ६ जना उपचारमा रहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ।
जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ७४६ जनाको पिसिआर परीक्षणमा पठाइएकामा १७ जनालाई संक्रमण भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये १० जना प्रहरी जवान छन्।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाबाट २८० जनाको नमूना पिसिआर परीक्षणमा पठाइएकामा ४ जना, खोटेहाङ गाउँपालिकाबाट १३३ जनाको पिसिआर परीक्षणमा पठाइएकामा ४ जना, जन्तेढुंगा गाउँपालिकाबाट १२३ जनाको पिसिआर परीक्षणमा पठाउँदा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट १४६ जनाको पिसिआर परीक्षणमा पठाउँदा १ जना, साकेला गाउँपालिकाबाट १९८ जनाको पिसिआर परीक्षणमा पठाउँदा ३ जना, ऐसेलुखर्क गाउँपालिकाबाट ७३ जनाको पिसिआर परीक्षणमा पठाउँदा १ जना, बराहपोखरी गाउँपालिकाबाट ५७ जनाको पिसिआर परीक्षणमा पठाइएकामा १ जनालाई संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ।
संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ जना, साकेला गाउँपालिकाका २ जना, जन्तेढुंगा गाउँपालिकाका २ जना र जन्तेढुंगा गाउँपालिकाका २ जना हाल उपचारमै छन्। हालसम्म केपीलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन्। केपीलासगढी गाउँपालिकाका ८३ जना र रावाबेँसी गाउँपालिकाका ४७ जनाको पिसिआर परीक्षण गरिसकिएको छ।
लकडाउन खुलेपछि र लामो तथा छोटो दूरीको सवारी साधन सञ्चालन सुरु भएपछि आवागमन बढ्दा जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ। तर, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा बेवास्ता बढिरहेको छ।