तीर्थयात्रीलाई स्वागत गर्न आतुर छ गोसाइँकुण्ड
०५ कार्तिक २०७७
•
४ मिनेट पाठ
तीर्थयात्रीलाई स्वागत गर्न आतुर छ गोसाइँकुण्ड
धार्मिकस्थल गोसाइँकुण्ड । तस्बिरः हिमनाथ/नागरिक
गोसाइँकुण्ड क्षेत्रमा होटल व्यवसाय गरिरहेका सुमन तामाङ दुई साता अघि होटल पुगे। होटल जाँदा दुई पाथी आलु र खाद्यान्न मात्र लिएर गएका थिए। तीर्थयात्रीको आगमन भर्खरै सुरु हुन थालेकाले उनले धेरै सामग्री लगेका थिएनन्।  




विस्तारै तीर्थयात्री आउने क्रम बढ्न थाल्यो। अनि उनले होटलमा चाहिने सामग्री ल्याउन थाले। ‘सुरुमा त तीर्थयात्री आउँछन् कि आउँदैनन् भन्ने थियो,’ उनले भने, ‘त्यसकारण थोरै सामग्री लिएर होटल खोल्न गएको थिए।’  

अहिले त्यहाँ उनको होटल मात्र सञ्चालनमा छ। अर्को होटल सञ्चालनमा आउने चरणमा छ। ‘तीर्थयात्रीको चाप बढ्न थालेपछि अरु होटल पनि सञ्चालनमा आउँछ’, उनले भने, ‘यहाँ आएपछि खान बस्न समस्या छैन।’

चन्दनबारीका होटल व्यवसायी सुब्बा लामालाई सुरुमा होटल सञ्चालनमा ल्याउँदा डर लागेको थियो। कोभिड–१९ को त्रास बढीरहेको अवस्थामा लामो समय होटल बन्द भएको थियो। पछि तीर्थयात्री आउन थालेपछि समस्या भयो। गएका तीर्थयात्री कुनै पनि होटलले राख्न मानेन्।

‘गोसाइँकुण्ड जानका लागि केही तीर्थयात्री आएका थिए’, उनले सुरुका दिन सम्झँदै भने, ‘बल्लतल्ल एउटा होटलले राख्यो।’ तीर्थयात्री फर्किएको कति दिनसम्म व्यवसायीले तीर्थयात्री बसेको कोठामा जान पनि डराउँथे। अहिले त्यस्तो अवस्था छैन। आएका तीर्थयात्रीलाई खान र बस्न समस्या छैन।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गएको पुसदेखि नै स्वदेशी तथा विदेशी पर्यटकको आगमन शुन्यमा झरेको थियो। कोभिड–१९ कै कारण गोसाइँकुण्ड मेला प्रभावित भएको व्यवसायी बताउँछन्। जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलामा यस वर्ष करिब १ हजार तीर्थयात्रीले स्नान गरे। गंगादशहरा मेलामा एक जना पनि तीर्थयात्री आएनन्।  

पदमार्गमा सञ्चालित होटल सञ्चालन

गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटल, लज तथा चिया पसल विस्तारै खुल्न थालेका छन्। कोभिड–१९ का कारण अस्थायी रूपमा बन्द भएका होटल, लज तथा चिया पसल दुई साताअघिदेखि खुल्न थालेका हुन।  

गोसाइँकुण्डमा जाने तीर्थयात्रीको संख्या बढ्न थालेपछि पदर्मागमा सञ्चालनमा रहेका होटल खुल्न थालेका चन्दनबारीका होटल व्यवसायी सुप्पा तामाङले बताए। ‘अहिले दैनिक १६ जनासम्म तीर्थयात्री आइरहेका छन्’, उनले भने, ‘तीर्थयात्रीको आगमन सुरु भएसँगै व्यवसायी उत्साहित भएका छन्।’  

अहिले गोसाइँकुण्ड जाने तीर्थयात्रीमा नेपाली छन्। कोभिड–१९ का कारण विदेशी आउन पाएका छैनन्। गोसाइँकुण्ड पदमार्गको खेन्दी, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डमा होटलहरू सञ्चालनमा रहेका छन्।  

पहिले मेलामा मात्र तीर्थयात्री आउँथे  

केही वर्ष अघिसम्म गंगादशहरा र जनैपूर्णिमामा मात्र तीर्थयात्री गोसाइँकुण्डमा पुग्थे। पछिल्लो समय गोसाइँकुण्डमा हिउँ पर्ने समयमा भन्दा बाहेक अन्य समयमा तीर्थयात्री जान थालेका छन्। यहाँ वार्षिक १८ हजार भन्दा बढी तीर्थयात्री पुग्ने गरेका गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाको तथ्यांक छ।  

रसुवा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलले सरकारले पर्यटन प्रवद्धनमा करोडौं लगानी गर्नुभन्दा पनि आउने पर्यटकका लागि सहज वातावरण बनाउने र कोभिड–१९ त्रास कम गराउन सकेमा मात्र होटल तथा पर्यटन व्यवसाय पुनः पुरानै लयमा फर्कने बताए।  

तीर्थयात्रीलाई स्वागत गर्न आतुर छ गोसाइँकुण्ड  

गोसाइँकुण्डमा विस्तारै तीर्थयात्रीको आगमन हुन थालेको छ। वार्षिक हजारौं तीर्थयात्री पुग्ने यस कुण्डमा यसपाली कमै तीर्थयात्री पुगेका छन्। गोसाइँकुण्ड वरपर अन्य १६ वटा कुण्ड पनि रहेका छन्। यी सबै कुण्ड तीर्थयात्रीलाई स्वागत गर्न आतुर छन्। गोसाइँकुण्ड वरपर रहेका कुण्डमा सरस्वतीकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, गणेश कुण्ड, चन्द्रकुण्ड, क्युमाछोकुण्ड, रक्तकुण्ड, बतासकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, रानीकुण्ड, ब्रदकुण्ड लगायतका कुण्ड छन्।  

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्। त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ। काठमाडौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो।  

काठमाडौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ। त्यसपछि काठमाडौँ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी मार्गबाट तीर्थयात्री जाने गरेका छन्। धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन।  

कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्।  

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ।
अर्को समाचार
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
१४ भदौ २०८०
•
२ मिनेट पाठ
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
जनैपूर्णिमा  पर्वका अवसरमा  गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा  आराधना गरिरहेका छन्।




समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आराधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए। अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन् । थोर बहुतयात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए।

गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप  गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ।

गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले  चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको  प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

समग्रको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यात्रुले ल्याएका सवारी साधनको पार्किङ व्यवस्था गोसाइँकुण्ड गाउँपालिकाले गरेको छ ।  
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस