कोरोना भाइरस संक्रमित थप १ जनाको मृत्युसँगै पछिल्लो २४ घण्टामा विराटनगरका ३ जनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–४ का ८५ वर्षीय वृद्धको आइतबार बिहान १० बजेतिर होम आइसोलेसनमै मृत्यु भएको महानगरपालिकाले जनाएको छ। महानगर प्रहरीका निरीक्षक राजन पौडेलका अनुसार असोज २८ गते पोजेटिभ रिपोर्ट आए पनि वृद्धलाई घरमै राखिएको थियो। कोरोना पुष्टि हुँदा वृद्धको अवस्था सामान्य रहेको र एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लैजाने तयार गर्दैगर्दा होम आइसोलेसनमै मृत्यु भयो, पौडेलले भने।
यसअघि विराटनगर–७ का ८६ वर्षीय वृद्ध पुरुष र विराटनगर–१२ का ५५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो।
यससँगै विराटनगर क्षेत्रभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ महिला र २५ पुरुष गरी ३२ जना रहेको महानगरपालिकाले जनाएको छ।