प्रदेश १ मा सोमबार ४ सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशको मोरङमा २ सय ४२, सुनसरीमा १ सय ८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय ९० जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ८९ महिला र १ सय १ पुरुष छन्। मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैँचामा ४, रतुवामाई र धनपालथानमा ३–३, मिक्लाजुङ र कटहरीमा २–२, सुनबर्षी, ग्रामथान र जहदामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ।
त्यस्तै, सुनसरीको धरानमा ८६, इटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहबीमा ३, इनरुवा र गढीमा २–२, कोसी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ३, झापाको दमक र भद्रपुरमा ३–३, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, खोटाङको साकेलामा १, उदयपुरको चौदण्डीगढीमा १, धनकुटामा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ५१ पुगेको छ।
प्रदेशमा ४४ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ४०, विराट मेडिकल कलेजबाट २ र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८ सय ५५ पुगेको छ।
प्रदेशमा सोमबार १ हजार १ सय ७६ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १ सय ८८ महिला र २ सय ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ३८ हजार ६ सय ९२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।