सुनसरीको इटहरीबाट प्रहरीले बलात्कार गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। मोरङको सन्दुरहरैँचामा एक महिलालाई बलात्कार गरी आठ महिनादेखि फरार रहेको प्रहरीले जनाएको छ।
इटहरी–१ हलगडाका ३५ वर्षीय निरज शर्मा भनिने नजाम अन्सारीलाई प्रहरीले आठ महिनापछि बिहीबार उनकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। बलात्कार गरी आठ महिनादेखि फरार रहेका अन्सारीलाई घर आएको मौकामा पक्राउ गरिएको बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। २०७६ माघ ११ गते सुन्दरहरैँचा–१० स्थित पिनाकी होटलमा २६ वर्षीया महिलालाई अन्सारीले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पीडित महिलाले घटना लगत्तै अन्सारीविरुद्ध बेलबारी प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। पक्राउ परेका अन्सारीले महिलालाई जागिर दिलाइ दिने भन्दै प्रलोभन देखाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिइएको प्रहरीले जनाएको छ। जाहेरी दिए पनि फरार भएका कारण अन्सारीलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन।
प्रहरीकाअनुसार अन्सारीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।