सुकेटार विमानस्थलको स्तरवृद्धि आउँदो चैतभित्रै पूरा हुने
२३ असोज २०७७
•
३ मिनेट पाठ
सुकेटार विमानस्थलको स्तरवृद्धि आउँदो चैतभित्रै पूरा हुने
ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलमा जारी स्तरवृद्धिका सबै काम आउँदो चैत मसान्तभित्र सक्ने कार्ययोजना तयार भएको छ। नागरिक उड्डयन प्राधिकरण ताप्लेजुङ स्टेशन प्रवन्धक सूर्यबहादुर खत्रीले जारी स्तरवृद्धिका सबै कार्य २०७७ भित्रै पूरा गर्ने कार्ययोजनासहितको विवरण पर्यटनमन्त्री योगेशकुमार भट्टराइलाई बुझाएका छन्। ‘मन्त्री ज्यूले कामलाई तीव्रता र गुणस्तरीयतालाई बिशेष ध्यान दिन भन्नु भएको छ’ प्राधिकरणका ताप्लेजुङ स्टेशन प्रवन्धक खत्रीले भने।  




उनका अनुसार स्तरवृद्धिका क्रममा टर्मिनल भवनमा रंङरोगन गर्ने कार्य असोज मसान्त भित्रै पूरा हुने छ। जारी रहेको ग्याबिङको काम कात्तिक दोस्रो साताभित्र र डाँडा काट्ने कार्य मंसिर मसान्तभित्र सक्ने गरी कार्ययोजना बनेको खत्रीले जानकारी दिए। निर्माण कम्पनीका कृष्ण–बंगलामुखी जेभी कन्स्ट्रक्सनका प्रतिनिधिसंग कामको प्रगतिका आधारमा थप कार्ययोजना तयार भएको उनले जानकारी दिए।  

कार्ययोजना कै सीमाभित्र रहेर प्रगति हुने गरी काम गर्न आफूहरुले निर्माण कम्पनीलाई समयसीमा दिएको र त्यो अवधिमा पूरा गर्नेगरी कार्य प्रगति भइरहेको खत्रीको भनाइ छ। थप १ सय ५० मिटर धावनमार्गको लम्बाइ कालोपत्रे गर्ने कार्य समेत पूरा भइ नयाँ वर्षबाट विमानस्थल नयाँ रुपले सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरण ताप्लेजुङ स्टेशनले बिश्वास लिएको छ। धावन मार्गको लेवलिङ र माटो कटानको काम सकिएको तथा बेस र सव–बेसका लागि चाहिने सामग्री निर्माणस्थलमा आइसकेकोले पुस मसान्तसम्ममा बेस र सव–बेसको सम्पूर्ण कार्य पूरा गर्ने कार्ययोजना बनेको छ।  

चिसोका कारण कालोपत्रे गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकोले चैत मसान्तसम्मको पर्खाइ गरी कार्य सम्पन्न गर्ने कार्ययोजना तयार भएको खत्रीले जानकारी दिए। तारबार तथा नालीको कार्य भने सुरु नभएको प्राधिकरणले जनाएको छ। यद्यपी यो कार्य मध्य फागुनसम्ममै पूरा भइसक्ने कार्ययोजना बनेको छ। स्तरवृद्धिका सबै कार्य चैत मसान्तभित्र पूरा गरी निर्माण कम्पनीले नागरिक उड्डयन प्राधिकरणलाई अन्तिम प्रगति प्रतिबेदन प्रस्तुत गरिसक्ने कार्ययोजना तयार भएको हो।  

आर्थिक वर्ष ०७६/७७ मा विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्ण–बंगलामुखी जेभी कन्स्ट्रक्सनले ८ करोड ९९ लाख ५० हजार ३४९ रुपैयाँमा ठेक्का पारेको थियो। आयोजनाका प्रमुख इन्जिनियर हरि अधिकारीका अनुसार अघिल्लो वर्षको असोजबाट विमानस्थल स्तरवृद्धिको कार्य सुरु भएको हो। 

काम सुरु भएको दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि सम्झौता अवधि भन्दा ६ महिना अघि नै कार्य सम्पन्न हुने अवस्था देखिएको अधिकारीले जानकारी दिए। सदरमुकाम फुङलिङबाट करिव ८ किलोमिटरको दूरीमा रहेको विमानस्थलको अहिलेको लम्बाइ ७ सय मिटर र चौडाइ २० मिटर कायम हुनेगरी कालोपत्रे (पिच) गरिएको थियो।  

अहिलेको स्तरवृद्धिले हाल कायम रहेको लम्बाइ डेढसय मिटर बढेर ९ सय मिटर हुने छ। नालासहितको धावनमार्गबाहेक यात्रु प्रतिक्षालय, सुरक्षा जाँचका लागि व्यवस्थित कक्ष निर्माणका कार्यहरु यहिँ बजेटबाट पूरा हुने छ। चालू आर्थिक वर्षमा पनि सुकेटार विमानस्थल स्तरोन्नतीका लागि चार करोड रुपैयाँ बजेट छ। विमानस्थल स्तरवृद्धिका लागि चाहिने जग्गा अधिग्रहण गर्न थप दुई करोड रुपैयाँ विनियोजन भएपनि यो रकम भने पर्याप्त हुने बताइन्छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस