कोरोना भाइरस (कोभिड-१९)का संक्रमित प्रदेश १ मा मंगलबार ३ सय ३० थपिएका छन्। प्रदेशमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो। पछिल्लो २४ घण्टामा चार जना पुरुष संक्रमितको मृत्यु भएको छ।
प्रदेश १ को मोरङमा २ सय १०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जनामा संक्रमण रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १ सय ५० जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन्। मोरङकै सुन्दरहरैँचामा १३ महिला ८ पुरुष, कटहरीमा ७ महिला १२ पुरुष, बुढीगंगामा १ महिला ४ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुनसरीको धरानमा २८ महिला २६ पुरुष, इटहरीमा ६ महिला १२ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, रामधुनीमा २ महिला २ पुरुष, बर्जुमा १ महिला ३ पुरुष, दुहबी,भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला २ पुरुष, झापाको भद्रपुरमा १ महिला ५ पुरुष, विर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बाह्रदशी, अर्जुनधारा, बुद्धशान्तिमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
त्यसैगरी संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १–१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा संक्रमण देखिएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ५ पुगेको छ।
प्रदेशमा मंगलबार ३२ जना डिस्चार्ज भएका छन्। जिल्ला अस्पताल संखुवासभाबाट ३०, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १ सय २२ पुगेको छ।
प्रदेशमा मंगलबार ६ सय ६६ जनाको पिसिआर परीक्षण भएको छ। परीक्षण गरिएका मध्ये १ सय ३५ पुरुष र १ सय ९५ महिला रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म १ लाख २७ हजार ५ सय ५६ जनाको पिसिआर परीक्षण गरिएको छ।
त्यसैगरी, कोरोना संक्रमति विराटनगर–११ का ८८ वर्षीय वृद्ध पुरुषको सोमबार राति ११ बजेतिर होमआइसोलेनमा मृत्यु भएको हो। त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको मंगलबार बिहान ३ बजेतिर नोबेल अस्पतालमा मृत्यु भएको थियो। त्यसैगरी, मोरङकै रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय पुरुषको नोबेल अस्पतालमै मंगलबार बिहान २ः३० बजेतिर मृत्युु भएको छ भने अर्का संक्रमित सुनसरीको धरान–३ का ६४ वर्षीय वृद्धको मंगलबार बिहान ४ः२० बजेतिर बिपी प्रतिष्ठानमा मृत्यु भएको हो।
यससँगै प्रदेश १ मा हालसम्म २३ महिला र ६२ पुरुष गरी ८५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।